२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

प्रविधी र यातायातले हुलाक सेवा खस्कदो

२९ भाद्र २०७२, मंगलवार ११:१६

दान बहादुर बुढा/भदौ २९, मुगु । कुनै बेला चिठी पत्र र पुलिन्दा घर घरमा पु¥याउन भ्याई नभ्याई हुने हुलाक तथा त्यस मातहतका कर्मचारीहरु पछिल्ला दिनहरुमा तिव्र रुपमा भएको सुचना प्रविधी तथा हवाई र स्थलगत यातायातको विकास खस्कदो छ ।

हुलाकीमा काम गर्न थालेको २५ बर्ष पुगेको बताउने माग्ले शाही विगतको काम सम्झदा भन्छन राज्यले यातायातको सहज पहुच नभएकाले हुलाकी नाम दिएर मानव यातायात बनाएको रहेछ भन्छन ५० ६० केजीका पुलिन्दा बोकेर घरघरमा पुराउन जानु प¥थ्यो ।

घाम र पानी नभनी समय मै चिठी तथा पुलिन्दा सम्वन्धित ठाँउमा पु¥याउनु पथ्यो त्यो बेलाका दुख्खका कुरा गरेर साध्य छैन भन्छन तर पछिल्ला दिनहरुमा मोवाईल,ईन्टरनेट,फयाक्स जस्ता संचार प्रविधीको विकासले चिठी पत्र बन्ध भएका र यातायातको सहज पहुच जिल्लामा पुगेकाले सामानहरु गाडी तथा हवाईजहाजबाट पुग्न तथा पठाउन थालिएपछि फुर्सद मिलेको अर्थात प्रविधीले सुखी बनायो भन्छन ।

जिल्ला हुलाक कार्यालयका खरिदार तिलक बहादुर मल्ल विगत बर्षहरुमा कार्यालयमा हुने गरेको कामको चाप सम्झदै भन्छन विभिन्न कार्यालय,व्यक्तिका नाममा आएका तथा पठाउनु पर्ने चिठी पत्र तथा पुलिन्दाहरुको दाखिला र चलानी गर्दा गर्दा औलाहरु थाकेर काम गर्न नै सकिदैनथ्यो तर पाँच बर्ष यता जिल्लामा नेपाल टेलिकमले मोवाईल ,लेनलाईन र मेल सेवा विस्तार गरेसंगै क्रमश चिठी पत्रहरु कम आउन थालेको र पुलिन्दा त ठ¥याम्मै बन्ध भएका छन । व्यक्तीका सामान तथा चिठी पत्र आउन छाडेपनि सरकारी चिठी पत्रहरु मात्र आउने तथा पठाउने काम भएको उनले बताए ।

खरिदार मल्लले भने झै अहिले जिल्ला भरीमा रहेका हुलाक कार्यालयका कर्मचारीहरु फुर्सदिला भएका छन । कार्यालयमा आउनु भनेको औपचारिकता निभाउने काम मात्र भएको छ । चिठी पत्र नआए पनि खाली चलानी भएपनि पठाउनु पर्ने प्रावधान भएकाले हुलाकीले काम भने गरिरहेका छन यती मात्र फरक हो की पहिला चिठी र सामान भरिएका पुलिन्दा सहितको भारी चलानी चलान गर्नु पथ्यो तर अहिले ति सामान नभएको खाली रित्तो चलानी चलान गर्नु पर्छ जिल्ला हुलाक कार्यालय मुगुका निर्मित कार्यालय प्रमुख नागमल शाही बताए ।

मुगु जिल्लामा रहेका १ जिल्ला हुलाक कार्यालय,७ ईलाका हुलाक कार्यालय र १७ अतिरिक्त हुलाक कार्यालयमा विभिन्न तहका गरि १७५ जना कर्मचारीहरुको दरबन्धि रहेपनि हाल जिल्ला हुलाक कार्यालयमा १३ जना, ईलाका हुलाकमा हुलाकी ३४ जना र अतिरिक्त हुलाकमा हुलाकी १७, पत्र वितरक १७ र डाक वाहक हुलाकी ३३ जना गरि जिल्ला भरिमा कुल जम्मा ११४ जना कर्मचारी कार्यरत रहेको जिल्ला हुलाक कार्यालय मुगुले जनाएको छ ।
सरकारले परिवर्तित समयसंगै हुलाक सेवालाई पनि परिमार्जित गदै लैजानु पर्ने सम्वद्ध कर्मचारीहरु बताउछन । विना काम गरेर तलब खानु पर्दा आफुहरुलाई अप्ठेरो महशुस हुने भएपनि विगतका दिनहरुको दुख्खको फल पाएको ठानेर तलब भत्ता लिने गरेको कर्मचारीहरु बताउ छन उनीहरु भन्छन सरकारले परिवर्तित विश्वमा चलेको हुलाक सेवा अनुसारको तालिम र काम देओस आफुहरु त्यो काम गर्न तयार छौ ।

विश्वमा हुलाक सेवाको परिमार्जित रुपको अनुशरण गरेर नेपालमा पनि यो सेवालाई अगाडी बढाउनु पर्ने सरोकारवालाहरु बताउछन । उसो त सरकारले केही बर्ष अघिबाट प्रत्र्यक जिल्लामा रहेका हुलाक कार्यालयहरुलाई टेलिसेन्टरमा परिवर्तित गदै सेवा दिने कामको थालनी गरेपनि मुगुमा संचालित सेलिसेन्टर दक्ष प्राविधिकहरुको कमी र बजारमा भन्दा महन्गो सेवा शुल्कका कारण प्रभावकारी हुन सकिरहेको छैन भने जिल्ला बाहिरका कार्यालय हाल खाली चलानी काट्ने र घरभाडा बुझाउने कामका लागी मात्र प्रयोग हुदै आएका छन त पत्र मन्जुसाहरुमा माकुराले जालो लगाएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला