२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

संविधान घोषणा भएको दोस्रो दिन भब्य रुपमा मनाईयो

२०७२, ४ आश्विन सोमबार १२:१३

दान बहादुर बुढा/असोज ४, मुगु । २०१५ साल देखि नेपालीहरुले संविधान सभाबाट देशको संविधान बनाउने चाहना पुरा भएर संविधान घोरणाको आईतबार बेलुकी सरकारले घोषणा गरेपछि संविधान घोषणा भएको खुसीयालीमा मुगुको सदुमुकाम गमगढी कजारमा दोस्रो दिन भब्य रुपमा मनाउनकोलागी सर्वसाधारण,पेशागतस संघ सस्था,राजनैतिक दल र उद्योग व्यापारीहरु को संयुत्त स्पमा भब्यका साथमनाई रहेका छन् ।

गाँउ बस्ती टोल टोल बाट खुसीयाली सहीत नारा जुलुसमा अएका स्थानिय बासीहरुले गमगढीकोको महाँकाली उच्च मा.बिको फिल्डमा स्थानिय देउडा ,नाच गान,भेष भुसमका साथ नयाँ आएको संबिधान २०७२ लाई मुभकामना साथा सुभ—याली गरी संबिघानको शुभकामना साटासाट गरेका छन भने मुगालीहरु धेरौ कुशु ब्याक्त गदा छन् ।

जिल्ला भरी असोज ३ ,४ गते दिपावली सहित नयाँ संविधानलाई स्वागत गर्ने तयारी भै रहदा अघिल्ला पुस्ताका अविभावक भने नयाँ संविधान अनुसार देश चल्नु पर्ने पछिल्ला पिडीहरुलाई सुझाई रहेका छन ।

काकीवाडा गाविस स्थित भामवाडा गाँउका ८३ बर्षीय बौधे भाम संविधान सभाबाट संविधान बनेकोका खुशीको सिमा नरहेको र आफनो ईच्छापनि यही भएकाले अब कालले लगेपछि आफुलाई पछुतो नभएको तर देशमा संविधान,कानुन अनुसार नचली व्यक्ति अनुसार चल्ने चलन चलेकाले नयाँ संविधान लागु भएपछि संविधान अनुसार देश चलोस भनेर भन्छन । श्रीनगर १ का ८७ बर्षिय हंश बहादुर मल्ल दलहरुको झगडा र देशका विभिन्न ठाँउमा भैरहेका आन्दोलनका विच संविधान आउला भन्नेमा आफुलाई विश्वास लागेको थिएन भन्छन यस्तो परिस्थितीका विचमा पनि संविधान ल्याएकोमा दलहरुलाई धन्यवाद दिन्छन उनी ।

मल्ल र भाम मात्र हाईन संविधान परित भएकाले मुगु जिल्ला बासी सबै हर्सित छन । अहिले संविधानका धाराहरु दुई तिहाई भन्दा बढी मतले पारित गदै संविधान सुनिश्चित गरेपछि पछिल्ला दिनहरुमा जनस्तरबाट दलहरुको खस्कदै गएको साख फर्किएको छ । यस बेला दलहरु धन्यवादका पात्र भएका छन भने संविधान पारित भएपछि मुगु जिल्लाका युवा,किसान तथा व्यापारीहरुपनि खुशी व्यक्त गर्दछन ।

२०६२०६३ को आन्दोलनताका मुगुमा भएको आन्दोलनमा टाउकोमा चोट लागेर गम्भिर घाईते भै लखनउमा उपचार पछि सन्चो भएका खगेन्द्र मल्ल संविधान जारी हुने दिनको तिव्र प्रतिक्षामा छन ।

उनी भन्छन लोकतान्त्रिक गणतन्त्र सहितको संविधान सभाबाट बन्ने संविधानका लागी बलिदान दिने सहिद र घाईतेहरुको ईच्छा पुरा भएको छ संविधान त अमृत कागजको किताब मात्र हो यसमा भएका धारा उपधाराहरुको अक्षरत पालना गर्नु पर्ने हामीहरुले हो संविधान त बन्यो तर यस अनुसार बनेका नियम,कानुन बमोजिम देश चलेन नचली पुरानै शक्ति,हुलदन्गा र धनको भरमा देश चलाउने बानीमा हाम्रा राजनैतिकहरुको बानीमा परिवर्तन नआउने हो भने यो संविधानले पनि केही हुदैन देशमा, त्यसैले नयाँ संविधानको स्वागतमा जुन खुशीले अहिले हामी नेपालीहरु रमाईरहेका छौ त्यो खुशी अबका दिनहरुमा सबल,सक्षम,सम्वृद्घ नेपाल बनाउनमा खर्चीनु पर्ने बताउनु हुन्छ ।

रोवा गाविस रोवा गाँउका कुषक राम बहादुर बुढा संविधान लागु भएपछि देशमा शान्ति होस र सधैका लागी बन्ध हडताल नहोस र आफना खेत घरमा फलेका अन्नपात सहजै विक्री वितरण गर्न पाईयोस । नियम कानुन अनुसार देश चलोस भन्छन भने पुलु गाविस पुअ गाँउकी साग्मु लामा संविधानमा सबै जाती,धर्मलाई समेटेर संविधानमा धर्मनिरपेक्ष र महिलाका अधिकार राखेकोमा खुशी लागेको बताउदै ३ र ४ गते आफनो घर तथा छरछिमेकीलाई दिपावली गर्न लगाउछु भन्छिन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा