२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

संविधान घोषणा भएको दोस्रो दिन भब्य रुपमा मनाईयो

४ आश्विन २०७२, सोमबार १२:१३

दान बहादुर बुढा/असोज ४, मुगु । २०१५ साल देखि नेपालीहरुले संविधान सभाबाट देशको संविधान बनाउने चाहना पुरा भएर संविधान घोरणाको आईतबार बेलुकी सरकारले घोषणा गरेपछि संविधान घोषणा भएको खुसीयालीमा मुगुको सदुमुकाम गमगढी कजारमा दोस्रो दिन भब्य रुपमा मनाउनकोलागी सर्वसाधारण,पेशागतस संघ सस्था,राजनैतिक दल र उद्योग व्यापारीहरु को संयुत्त स्पमा भब्यका साथमनाई रहेका छन् ।

गाँउ बस्ती टोल टोल बाट खुसीयाली सहीत नारा जुलुसमा अएका स्थानिय बासीहरुले गमगढीकोको महाँकाली उच्च मा.बिको फिल्डमा स्थानिय देउडा ,नाच गान,भेष भुसमका साथ नयाँ आएको संबिधान २०७२ लाई मुभकामना साथा सुभ—याली गरी संबिघानको शुभकामना साटासाट गरेका छन भने मुगालीहरु धेरौ कुशु ब्याक्त गदा छन् ।

जिल्ला भरी असोज ३ ,४ गते दिपावली सहित नयाँ संविधानलाई स्वागत गर्ने तयारी भै रहदा अघिल्ला पुस्ताका अविभावक भने नयाँ संविधान अनुसार देश चल्नु पर्ने पछिल्ला पिडीहरुलाई सुझाई रहेका छन ।

काकीवाडा गाविस स्थित भामवाडा गाँउका ८३ बर्षीय बौधे भाम संविधान सभाबाट संविधान बनेकोका खुशीको सिमा नरहेको र आफनो ईच्छापनि यही भएकाले अब कालले लगेपछि आफुलाई पछुतो नभएको तर देशमा संविधान,कानुन अनुसार नचली व्यक्ति अनुसार चल्ने चलन चलेकाले नयाँ संविधान लागु भएपछि संविधान अनुसार देश चलोस भनेर भन्छन । श्रीनगर १ का ८७ बर्षिय हंश बहादुर मल्ल दलहरुको झगडा र देशका विभिन्न ठाँउमा भैरहेका आन्दोलनका विच संविधान आउला भन्नेमा आफुलाई विश्वास लागेको थिएन भन्छन यस्तो परिस्थितीका विचमा पनि संविधान ल्याएकोमा दलहरुलाई धन्यवाद दिन्छन उनी ।

मल्ल र भाम मात्र हाईन संविधान परित भएकाले मुगु जिल्ला बासी सबै हर्सित छन । अहिले संविधानका धाराहरु दुई तिहाई भन्दा बढी मतले पारित गदै संविधान सुनिश्चित गरेपछि पछिल्ला दिनहरुमा जनस्तरबाट दलहरुको खस्कदै गएको साख फर्किएको छ । यस बेला दलहरु धन्यवादका पात्र भएका छन भने संविधान पारित भएपछि मुगु जिल्लाका युवा,किसान तथा व्यापारीहरुपनि खुशी व्यक्त गर्दछन ।

२०६२०६३ को आन्दोलनताका मुगुमा भएको आन्दोलनमा टाउकोमा चोट लागेर गम्भिर घाईते भै लखनउमा उपचार पछि सन्चो भएका खगेन्द्र मल्ल संविधान जारी हुने दिनको तिव्र प्रतिक्षामा छन ।

उनी भन्छन लोकतान्त्रिक गणतन्त्र सहितको संविधान सभाबाट बन्ने संविधानका लागी बलिदान दिने सहिद र घाईतेहरुको ईच्छा पुरा भएको छ संविधान त अमृत कागजको किताब मात्र हो यसमा भएका धारा उपधाराहरुको अक्षरत पालना गर्नु पर्ने हामीहरुले हो संविधान त बन्यो तर यस अनुसार बनेका नियम,कानुन बमोजिम देश चलेन नचली पुरानै शक्ति,हुलदन्गा र धनको भरमा देश चलाउने बानीमा हाम्रा राजनैतिकहरुको बानीमा परिवर्तन नआउने हो भने यो संविधानले पनि केही हुदैन देशमा, त्यसैले नयाँ संविधानको स्वागतमा जुन खुशीले अहिले हामी नेपालीहरु रमाईरहेका छौ त्यो खुशी अबका दिनहरुमा सबल,सक्षम,सम्वृद्घ नेपाल बनाउनमा खर्चीनु पर्ने बताउनु हुन्छ ।

रोवा गाविस रोवा गाँउका कुषक राम बहादुर बुढा संविधान लागु भएपछि देशमा शान्ति होस र सधैका लागी बन्ध हडताल नहोस र आफना खेत घरमा फलेका अन्नपात सहजै विक्री वितरण गर्न पाईयोस । नियम कानुन अनुसार देश चलोस भन्छन भने पुलु गाविस पुअ गाँउकी साग्मु लामा संविधानमा सबै जाती,धर्मलाई समेटेर संविधानमा धर्मनिरपेक्ष र महिलाका अधिकार राखेकोमा खुशी लागेको बताउदै ३ र ४ गते आफनो घर तथा छरछिमेकीलाई दिपावली गर्न लगाउछु भन्छिन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान