२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मन्दिरको जग्गा अतिक्रमण गरि निजी प्रयोग गरिदै

२०७२, १० आश्विन आईतवार ०७:५७

दान बहादुर बुढा, असोज १०, मुगु / जिल्ला सदरमुकामा गमगढीको मुटुमा रहेको कालिका मालिका मन्दिरको जग्गा केहि व्यक्तिहरुले अतिक्रमण गरि प्रयोग गदै आएको सार्वजनिक भएको छ ।
बेला बेलामा मन्दिरको नाममा रहेको गमगढी स्थित श्रीनगर ४ ख किर्ता नम्बर १२ क्षेत्रफल २२४८ वर्गमिटर को जग्गा अतिक्रमण भएको चर्चा हुने गरेपनि अतिक्रमितहरुको डरले सहि तरिकाले नाप नहुदा अतिक्रमित जग्गा पत्ता लगाउन सकिएको थिएन तर शनिबार जिल्ला स्थित प्रमुख राजनैतिक दलका प्रमुखहरु,सरोकारवाला, मन्दिरका पुजारी र मन्दिर ब्यबस्थापन समितीका पदाधिकारीहरुको रोहभरमा जिल्ला नापी कार्यालयले मन्दिरको जग्गा नाप नक्सा जाँच गर्दा अतिक्रमित जग्गा पत्ता लागेको हो ।
अतिक्रमणमा परेको जग्गामा कसैले घर लगाई सकेका छन,कसैले घर निमार्ण गदै छन कसैले टहरा बनाएका छन,कसैले आफनो शौचालय बनाएका छन त कसैले रक्सी बनाउने भट्टी बनाएर जग्गाको प्रयोग गरिरहेका छन । मन्दिर सो्रतका अनुसार प्रारम्भिक नक्सा जाचमा मन्दिरको पुर्वमा मन्जन कार्कीले पश्चिममा मिन्जु लामा उत्तरमा प्रदिप रावल,गगन शाही,जंगलाला बुढा र जनक बुढाले जग्गा अतिक्राण गरेको पाईएको छ । अतिक्रमित जग्गामा गगन शाही र जंगलाल बुढाले घर बनाएका छन,जनक बुढा घर बनाउदै छन,प्रदिप रावलले अस्थायी भान्सा,मन्जन कार्कीले शौचालय र मिन्जु लामाले बारी र रक्सी बनाउने भट्टीको रुपमा प्रयोग गरेको पाईएको पुजारी लक्ष्मी प्रसाद चौलागाईले बताउनु भयो ।
२०५१ सालमा जिल्लामा नापी चल्दा तत्कालिन समयमा वडा अध्यक्ष रहेका टोप बहादुर हितान,मन्दिर स्थापना काल देखि आफना कुल देवता मानी पुज्दै आएका श्रीनगर गाँउका जित बहादुर मल्ल,पुर्व शिक्षा राज्यमन्त्री हस्तबहादुर मल्ल,धर्म बहादुर शाही,प्यारीलाल काफले,चक्र बहादुर मल्लहरु समेत नापीमा संलग्न भएकाहरु यो चोटीको नक्शा जाचमा पनि संलग्न भएपछि मन्दिरको जग्गा छुटाउन सजिलो भएको ब्यबस्थापन समितीका अध्यक्ष चक्र बहादुर मल्ल बताउ छन उनी भन्छन विगतमा पटक पटक नक्सा जाँच गर्न लाग्दा अतिक्रमिकहरुले बाधा पार्ने गाली गलौज गर्ने गर्नाले नक्सा जाँच प्रभावित हुदै आएको थियो ।
अध्यक्ष मल्ल भन्छन चैते दशै लगतै पुन कसले कती क्षेत्रफल बराबर जग्गा अतिक्रमण गरेको छ त्यो पत्ता लगाउन पुनः विस्तृत जग्गा नाप जाँच गर्ने र त्यसको रिर्पोट तयार पारेर अतिक्रमितहरुलाई बोलाएर जग्गा छोडन आग्रह, पत्रचार गरिने त्यसो गर्दा पनि जग्गा छाडन नमाने नक्शा उत्तार,प्रतिवेदन सहित आवश्यक जानकारी र कारवाहीका लागी स्थानीय प्रशासन,संस्कृती मन्त्रालय,राष्टिय गुठी सस्थान लगायत सम्वद्घ निकायहरुमा पठाउने योजना छ ।

कालिका मालिका भगवतीलाई मुगु जिल्लाको श्रीनगर गाउ विकास समिती बडा नम्बर १,२ र ३ मा रहेका मल्लहरुले परापुर्वकालमा मुगु आउदासंगै लिएर आएको बताईन्छ । यो मन्दिरमा चैते दशै र दशैमा बली दिने भक्तजनहरुको भिड लाग्ने गर्छ आफुले मागेको मनोईच्छा पुरा हुने विश्वासले यो मन्दिरमा बली दिईन्छ ।
अतिक्रमण गर्नेहरु मन्दिरले यसअघि आफनो जग्गाको खोजी निती नगर्दा र नापी कार्यालयले निश्चत विन्दु विना नै नाप जाँच गर्दा आफुहरुले थाहा नै नपाई मन्दिरको जग्गा आफु भित्र परेको बताउ छन हाम्रो गल्ली विना नै मन्दिरको जग्गा आफनो जग्गा भित्र परेकोले आफुहरुले बनाएको संरचनाहरुको लागत दिएमा अतिक्रमित जग्गा छोडन आफु तयार छौ भन्छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ