२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मन्दिरको जग्गा अतिक्रमण गरि निजी प्रयोग गरिदै

१० आश्विन २०७२, आईतवार ०७:५७

दान बहादुर बुढा, असोज १०, मुगु / जिल्ला सदरमुकामा गमगढीको मुटुमा रहेको कालिका मालिका मन्दिरको जग्गा केहि व्यक्तिहरुले अतिक्रमण गरि प्रयोग गदै आएको सार्वजनिक भएको छ ।
बेला बेलामा मन्दिरको नाममा रहेको गमगढी स्थित श्रीनगर ४ ख किर्ता नम्बर १२ क्षेत्रफल २२४८ वर्गमिटर को जग्गा अतिक्रमण भएको चर्चा हुने गरेपनि अतिक्रमितहरुको डरले सहि तरिकाले नाप नहुदा अतिक्रमित जग्गा पत्ता लगाउन सकिएको थिएन तर शनिबार जिल्ला स्थित प्रमुख राजनैतिक दलका प्रमुखहरु,सरोकारवाला, मन्दिरका पुजारी र मन्दिर ब्यबस्थापन समितीका पदाधिकारीहरुको रोहभरमा जिल्ला नापी कार्यालयले मन्दिरको जग्गा नाप नक्सा जाँच गर्दा अतिक्रमित जग्गा पत्ता लागेको हो ।
अतिक्रमणमा परेको जग्गामा कसैले घर लगाई सकेका छन,कसैले घर निमार्ण गदै छन कसैले टहरा बनाएका छन,कसैले आफनो शौचालय बनाएका छन त कसैले रक्सी बनाउने भट्टी बनाएर जग्गाको प्रयोग गरिरहेका छन । मन्दिर सो्रतका अनुसार प्रारम्भिक नक्सा जाचमा मन्दिरको पुर्वमा मन्जन कार्कीले पश्चिममा मिन्जु लामा उत्तरमा प्रदिप रावल,गगन शाही,जंगलाला बुढा र जनक बुढाले जग्गा अतिक्राण गरेको पाईएको छ । अतिक्रमित जग्गामा गगन शाही र जंगलाल बुढाले घर बनाएका छन,जनक बुढा घर बनाउदै छन,प्रदिप रावलले अस्थायी भान्सा,मन्जन कार्कीले शौचालय र मिन्जु लामाले बारी र रक्सी बनाउने भट्टीको रुपमा प्रयोग गरेको पाईएको पुजारी लक्ष्मी प्रसाद चौलागाईले बताउनु भयो ।
२०५१ सालमा जिल्लामा नापी चल्दा तत्कालिन समयमा वडा अध्यक्ष रहेका टोप बहादुर हितान,मन्दिर स्थापना काल देखि आफना कुल देवता मानी पुज्दै आएका श्रीनगर गाँउका जित बहादुर मल्ल,पुर्व शिक्षा राज्यमन्त्री हस्तबहादुर मल्ल,धर्म बहादुर शाही,प्यारीलाल काफले,चक्र बहादुर मल्लहरु समेत नापीमा संलग्न भएकाहरु यो चोटीको नक्शा जाचमा पनि संलग्न भएपछि मन्दिरको जग्गा छुटाउन सजिलो भएको ब्यबस्थापन समितीका अध्यक्ष चक्र बहादुर मल्ल बताउ छन उनी भन्छन विगतमा पटक पटक नक्सा जाँच गर्न लाग्दा अतिक्रमिकहरुले बाधा पार्ने गाली गलौज गर्ने गर्नाले नक्सा जाँच प्रभावित हुदै आएको थियो ।
अध्यक्ष मल्ल भन्छन चैते दशै लगतै पुन कसले कती क्षेत्रफल बराबर जग्गा अतिक्रमण गरेको छ त्यो पत्ता लगाउन पुनः विस्तृत जग्गा नाप जाँच गर्ने र त्यसको रिर्पोट तयार पारेर अतिक्रमितहरुलाई बोलाएर जग्गा छोडन आग्रह, पत्रचार गरिने त्यसो गर्दा पनि जग्गा छाडन नमाने नक्शा उत्तार,प्रतिवेदन सहित आवश्यक जानकारी र कारवाहीका लागी स्थानीय प्रशासन,संस्कृती मन्त्रालय,राष्टिय गुठी सस्थान लगायत सम्वद्घ निकायहरुमा पठाउने योजना छ ।

कालिका मालिका भगवतीलाई मुगु जिल्लाको श्रीनगर गाउ विकास समिती बडा नम्बर १,२ र ३ मा रहेका मल्लहरुले परापुर्वकालमा मुगु आउदासंगै लिएर आएको बताईन्छ । यो मन्दिरमा चैते दशै र दशैमा बली दिने भक्तजनहरुको भिड लाग्ने गर्छ आफुले मागेको मनोईच्छा पुरा हुने विश्वासले यो मन्दिरमा बली दिईन्छ ।
अतिक्रमण गर्नेहरु मन्दिरले यसअघि आफनो जग्गाको खोजी निती नगर्दा र नापी कार्यालयले निश्चत विन्दु विना नै नाप जाँच गर्दा आफुहरुले थाहा नै नपाई मन्दिरको जग्गा आफु भित्र परेको बताउ छन हाम्रो गल्ली विना नै मन्दिरको जग्गा आफनो जग्गा भित्र परेकोले आफुहरुले बनाएको संरचनाहरुको लागत दिएमा अतिक्रमित जग्गा छोडन आफु तयार छौ भन्छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता