२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा १७ बर्षीय किशोरीले आत्महत्या गरी अकालमै ज्यान गुमाइन

१९ आश्विन २०७४, बिहीबार ०६:१०

लोकेन्द्र प्रशाद जोशी/असोज १९, दार्चुला । दार्चुलामा एक किसोरीले झुन्डिएर आत्महत्या गरेकी छन । 

जिल्लाको मालीकार्जुन गाउँपालीका २ भगवति घरभएकी अन्दाजि १७ बर्षीय तुल्सी धामीले आत्महत्यागरी ज्यान गुमाएकि हुन ।

धामी बुधबार बेलुकी खर काट्न गएको र अबेरसम्मपनि घर नफर्केपछि खोजी गर्दैजादा बिहिबार बिहान घरभन्दा ३ किलोमिटरजति टाढाको जंगलमा झुन्डीएको अबस्थामा सब फेला परेको मृतकका आफन्तले बताएका छन ।

किसोरी मृत फेला परेको खबर पाएपछि अनुसन्धानकालागी प्रहरी निरिक्षकको टोली घटनास्थलतर्फ खटिएको र आत्महत्याका कारणभने अहिलेसम्म खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । दार्चुलामा चालु आर्थीक बर्षको हालसम्ममात्रै यो घटनासंगै ८ जनाले आत्महत्यागरी ज्यान गुमाइसकेका छन । 

र यो पनि 
दार्चुलामा जारी टी-ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगिताका खेलहरु जारी

बिजयादशमी २०७४ को अवसरमा शान्तिद्धिप युवा क्लब असिगडाले महाकाली नगरपालीका ७ धापमा आयोजना गरेको खुल्ला आमन्त्रण टि ट्वान्टि क्रिकेट प्रतियोतितामा बुधबारसमेत ३ ओटा खेलहरु सम्पन्न भएका छन । 

बुधबार दत्तु किलर भर्सेज प्रयास युवा समाज धम्पनेरा ए टिम, दत्तु टाइगरस भर्सेज श्रिबगड र किम्तडि करेन्ट भर्सेज प्रयास युवा समाज धम्पनेरा बि बिच तिनओटा खेलहरु सम्पन्न भएका हुन । दत्तु किलर र प्रयास युवा समाज धम्पनेरा ए टिमबिच भएको खेलमा धम्पनेरा ए ४० रनले बिजयि भएको छ । धम्पनेराले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याउँने क्रममा दत्तु किलर १ सय ४ रनमा सबै विकटे गुमाएपछि धम्पनेरा ए बिजयि भएको हो । 

यस्तै दत्तु टाइगरलाइ हराउँदै श्रिबगड १५ रन अन्तरले बिजयि भएको छ । श्रीबगडले दत्तुलाइ दिएको १ सय ७५ रनको लक्ष्य पुरा गर्ने क्रममा दत्तु १ सय ५९ रनमै समेटिएको छ । बुधबारको तेस्रो खेलमा किम्तडि करेन्टर्ला हराउदै प्रयास युवा समाज धम्पनेरा बि टिम विजयी भएको छ । धम्पनेरा २६ रन अन्तरको विजयी भएको हो । धम्पनेरा बि टिमले दिएको १ सय ५१ रनको लक्ष्य पुरा गर्ने क्रममा किम्तडि १ सय २४ रनमै समेटियो ।

यसैगरी अपि हिमाल गाउँपालिकाको खात्तीमा भइरहेको टि ट्वान्टी क्रिकेट प्रतियोगिता पनि आज ३ वटा खेल सम्पन्न भएका छन् । जसअनुसार पहिलो खेल खत्तोली र अपि नाम्पा पर्यटन विकास क्रिकेट टिम बीच भएको खेलमा अपि नाम्पा पर्यटन विकास क्रिकेट टिम विजयी भएको छ । पहिले व्याटिङ गरेको खत्तोली ९६ रनम समेटिएको थियो । उक्त लक्ष्य पर्यटन विकास क्रिकेट टिमले ११ ओभरमै भेट्टयो । 

पर्यटन विकास क्रिकेट टिमको लागि गौरब बोहरा म्यान अफ द म्याच घोषित भए । यस्तै दोस्रो खेल घाजिर र नौपाटा बीच भएको खेलमा नौपाटा विजयी भएको छ । पहिले व्याटिङ गरेको घाजिर १४ दशमलव २ ओभरमा ५७ रनमै सबै विकेट गुमायो भने जवाफी व्याटिङमा उत्रिएको नौलो विहानी नौपाटाले १० ओभरमै जीत हासिल गरयो नौपाटाको लागि योगेश ठेकरे म्यान अफ द म्याच घोषित भएका छन् । 

त्यस्तै तेस्रो खेल छविस र न्यू नाम्पा घुसा बीच भएको छ । पहिले व्याटिङ गरेको छविसले २० ओभरमा १ सय ६४ रनको लक्ष्य दिएकोमा घुसार १८ ओभरमा ८४ रनमै समेटियो । छविसको लागि लक्की कार्की म्यान अफ द म्याच घोषित भएका छन् ।

सनराइज युवा क्लव खण्डेश्वरीको आयोजनामा भइरहेको क्रिकेट खेलमा जम्मा २२ ओटा टिमले सहभागिता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला