२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा खडेरीले २१ करोड बराबरको अन्नवाली नष्ट, खाद्यान्न संकमा हुने खतरा

२०७२, १२ आश्विन मंगलवार ०८:०५

दान बहादुर बुढा/असोज १२, मुगु । यो वर्ष लामो खडेरी सुरु भए पछि जिल्लाभरी नै २१ करोड बढिको अन्नबाली नष्ट भएको छ । धान, कोदो, सिमी, मकै लगायतका बाली पसाउने बेला खडेरी सुरु भए पछि जिल्ला भरि नै कृषकले खेतवारीमा लगाएको बाली घान, मकै, कादो, फापर, आलु, लगायत अन्य तरकारी नष्ट भएको छ ।

mugu khaderi1 copy

भेग क्षेत्र र सेवा केन्द्र स्तरमा खटिएका प्राविधिकले ल्याएको प्रतिवेदन तथा जिल्ला दर रेट अनुसार मुल्याकंन गर्दा खडेरीले जिल्ला भरी २१ करोड ७९ लाख ७४ हजार १ सय ७६ रुपैयाँको अन्न बाली क्षति बनाएको जिल्ला कृषि विकास कार्यालयले प्रारम्भिक तथ्याकं सार्वजनिक गरेको छ ।

गमभेगमा रहेको सेतीवाडा सेवा केन्द्र अन्तरगत पर्ने पाँच वटा गाविसको कुल ३ हजार ६ सय ५९ दशमलव २९ हेक्टर क्षेत्रफलमा लगाईएको अन्नवाली खडेरीले डढाए पछि करिब ६ करोड ६१ लख २५ हजार १ सय रुपैयाँ बराबरको अन्न बाली क्षेती भएको कार्यालयले जनाएको छ । त्यस्तै कार्यालयको सोरुकोट सेवा केन्द्र अन्र्तगत पर्ने सातवटा गाविसको कुल ३ हजार १ सय ६३ दशमलव ८६ हेक्टर क्षेत्रफलमा लगाईएको अन्नवाली सात करोड १८ लाख ५० हजार क्षति अनुमान गरिएको छ ।

त्यस्तै पश्चिम खत्याड भेग स्थित श्रीकोट सेवा केन्द्र अन्र्तगतका सात वटा गाविसमा ३ हजार ३ सय ३ दशमलव ९१ हेक्टर क्षेत्रफलको अन्नवालीको प्रारम्भिक क्षेती ५ करोड ४५ लाख २५ हजार ५ सय रहेको र पुर्वी करान भेगको पुलु सेवा केन्द्रमा पर्ने पाँच गाविसमा २ हजार १४ दशमलव १४ हेक्टर क्षेत्रफलमा २ करोड ५४ लाख ३५ हजार ९ सय रुपैयाँ बरावरको अन्नवाली क्षेती भएको जिल्ला कृषि विकास कार्यालयका बागवानी शाखाका प्राविधिक सहायक तेज विक्रम मल्लले जानकारी दिए ।

mugu khaderi copy

साउन र भदौमा पानी पर्ने समय भए पनि यो वर्ष अन्नवाली पसाउने बेला सुरु भएको खडेरी हाँलसम्म पनि जारी रहनु यो पहिलो घटना रहेको श्रीनगर गाविसका स्थानीयवासी नन्द बहादुर मल्लले बताए । अहिलेसम्म आफुले यस्तो कहिले पनि नदेखेको र जलवायु परिवर्तनका कारण यस्तो प्रभाव देखा परेको हुन सक्ने उनले बताए ।

खडेरीले सवै भन्दा बढि जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु भेगका गाविसमा प्रभाव पारेको छ भने सबै भन्दा कम सिचाई योग्य जमिन रहेको पश्चिम खत्याड भेग र सिचाई योग्य र उत्पादन योग्य जमिन नरहेको पुर्वी करान भेगमा कम असर देखिएको जिल्ला कृषि विकास कार्यालयको भनाई छ । अघिल्लो वर्षको कार्तिकमा पनि परेको असिना पानीले कृषकको पाकेको धान लागायत अन्य अन्नवाली समेत नष्ट गर्दा १३ करोड बराबरको क्षति भएको थियो ।

यो वर्ष अघिल्लो वर्ष भन्दा बढि क्षति भएको र आउने दिनमा जिल्लामा खाद्य संकट उत्पन्न हुने देखिएको कार्यालयले पुर्वानुमान गरेको छ । दशै नजिकिदै आए पनि खेतवारीमा रोपेको अन्नबाली खडेरीले सखाप बने पछि दशै मनाउन त के परिवार पाल्न नै समस्या पर्ने चिन्ता रहेको भिई गाविसका स्थानीयवासी सिह घामीले बताए । अन्य बाली सुके पनि सिमी उत्पादनको भण्डार मानिने सोरु भेगमा सिमी र मास समेत फुल्न नै नपाई सुके पछि अधिकाँश स्थानीयवासी कृषकले रोजी रोटीको विकल्प खोज्न थालेको जैसीले बताए ।

मुगु जिल्लमा रहेका २४ बटा गा.बि.स मध्य धेरौ खडेरी भएका गाबिसहरु भिई, जिमा, फोतु, नार्थपू, कालौ, रुगा, माग्री, रारा, सेरी, श्रीनगर, कार्कीबाडा, पिना, किम्री, पुलु, श्रीकोट, लगायतका गाबिस उच्च कडेरीमा परेका छन । यो बर्ष ३,४ महिना सम्म खेति गरेको अन्नले खाना नपुग्ने भएको चिन्ता गछन मुगुका कृषकहरुको ठूलो चिन्ता को दुख ब्याक्त गरेका छन ।

– See more at: http://sajhasabal.com/blog/news/khaderi-news/#sthash.3WxzZhcw.dpuf

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा