२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा एकसय घरधुरी अन्धकारमा बस्न बाध्य किन भए ?

२०७४, १९ आश्विन बिहीबार ०९:०८

असोज १९, बैतडी । सुर्नया गाउँपालिका–६ मा रहेको तेस्रो सुर्नयागाड लघुजलविद्युत् आयोजना बन्द भएको छ । 

आयोजनाको उपकरणमा खराबी आएपछि विद्युत् सेवा अवरुद्ध भएको आयोजना सञ्चालक समितिले जनाएको छ । बाह्र किलोवाट क्षमताको उक्त लघुजलविद्युत् आयोजना गएको एक सातादेखि बन्द रहेको सञ्चालक समितिका अध्यक्ष डम्मरदत्त अवस्थीले बताउनुभयो । 

आयोजनाको उपकरण बिग्रिएको र बनाउन रु पाँच लाखभन्दा बढी खर्च लाग्ने तर सञ्चालक समितिसँग मर्मतका लागि आवश्यक रकम नहँुदा मर्मत गर्न नसकिएको उहाँले बताउनुभयो । 

लघुजलविद्युत् आयोजना बन्द भएसँगै सुर्नया गाउँपालिका–६ का करिब सय घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन् । विद्युत् सेवा अवरुद्ध हुँदा मोबाइल चार्ज गर्नदेखि लिएर अन्य काममा समेत समस्या भएको स्थानीय बासिन्दाले बताएका छन् । यस्तै सुर्नया गाउँपालिका–६ मा रहेका सुर्नयागाड लघुजलविद्युत् आयोजना बन्द भएको दुई वर्षभन्दा बढी भए पनि सञ्चालनमा आउन सकेको छैन । 

स्थानीयस्तरमा लघुजलविद्युत् आयोजनाको व्यवस्थापन गर्न नसक्दा लघुजलविद्युत् आयोजना बन्द भएको हो । पछिल्लो समयमा व्यवस्थापनको अभाव, आर्थिक समस्या लगायतका कारणले जिल्लाभरिका लघुजलविद्युत् आयोजना धमाधम बन्द हुँदै गएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से