१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा एकसय घरधुरी अन्धकारमा बस्न बाध्य किन भए ?

१९ आश्विन २०७४, बिहीबार ०९:०८

असोज १९, बैतडी । सुर्नया गाउँपालिका–६ मा रहेको तेस्रो सुर्नयागाड लघुजलविद्युत् आयोजना बन्द भएको छ । 

आयोजनाको उपकरणमा खराबी आएपछि विद्युत् सेवा अवरुद्ध भएको आयोजना सञ्चालक समितिले जनाएको छ । बाह्र किलोवाट क्षमताको उक्त लघुजलविद्युत् आयोजना गएको एक सातादेखि बन्द रहेको सञ्चालक समितिका अध्यक्ष डम्मरदत्त अवस्थीले बताउनुभयो । 

आयोजनाको उपकरण बिग्रिएको र बनाउन रु पाँच लाखभन्दा बढी खर्च लाग्ने तर सञ्चालक समितिसँग मर्मतका लागि आवश्यक रकम नहँुदा मर्मत गर्न नसकिएको उहाँले बताउनुभयो । 

लघुजलविद्युत् आयोजना बन्द भएसँगै सुर्नया गाउँपालिका–६ का करिब सय घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन् । विद्युत् सेवा अवरुद्ध हुँदा मोबाइल चार्ज गर्नदेखि लिएर अन्य काममा समेत समस्या भएको स्थानीय बासिन्दाले बताएका छन् । यस्तै सुर्नया गाउँपालिका–६ मा रहेका सुर्नयागाड लघुजलविद्युत् आयोजना बन्द भएको दुई वर्षभन्दा बढी भए पनि सञ्चालनमा आउन सकेको छैन । 

स्थानीयस्तरमा लघुजलविद्युत् आयोजनाको व्यवस्थापन गर्न नसक्दा लघुजलविद्युत् आयोजना बन्द भएको हो । पछिल्लो समयमा व्यवस्थापनको अभाव, आर्थिक समस्या लगायतका कारणले जिल्लाभरिका लघुजलविद्युत् आयोजना धमाधम बन्द हुँदै गएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन