प्रदेशसभाको चुनाव मिति नजिकिदै गर्दा राजनीतिक दलहरुले आ–आफ्ना जिल्ला नेताहरुलाई उम्मेदवारको रुपमा उभ्याउने काम गरेका छन् । प्रदेशसभाको सदस्यका लागि चुनाव लड्न टिकट हात पार्ने कसरत चर्को हु्ँदैछ । यसमा जिल्लादेखि केन्द्रिय तहका न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रदेशसभाको चुनाव मिति नजिकिदै गर्दा राजनीतिक दलहरुले आ–आफ्ना जिल्ला नेताहरुलाई उम्मेदवारको रुपमा उभ्याउने काम गरेका छन् । प्रदेशसभाको सदस्यका लागि चुनाव लड्न टिकट हात पार्ने कसरत चर्को हु्ँदैछ । यसमा जिल्लादेखि केन्द्रिय तहका न"/>
१३ माघ २०८२, सोमबार
पर्बत - PBT

तिमिल्सिनालाई प्रदेश ४ को मुख्यमन्त्री बनाउने एमाले पर्वतको नक्कली ग्राण्ड डिजाइन

२० आश्विन २०७४, शुक्रबार ०२:४१

प्रदेशसभाको चुनाव मिति नजिकिदै गर्दा राजनीतिक दलहरुले आ–आफ्ना जिल्ला नेताहरुलाई उम्मेदवारको रुपमा उभ्याउने काम गरेका छन् । प्रदेशसभाको सदस्यका लागि चुनाव लड्न टिकट हात पार्ने कसरत चर्को हु्ँदैछ । यसमा जिल्लादेखि केन्द्रिय तहका नेताहरु समेत छन् ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र पर्वतले प्रदेशसभाको चुनाव लड्ने आकांक्षीहरुको नाम सिफारिश गरेसँगै नेकपा एमाले पर्वतले पनि आकांक्षीहरुको नामावली सार्वजनिक गरेको छ । एमाले पर्वतले आकांक्षीहरुको नाम मात्र सार्वजनिक नगरी केन्द्रिय सदस्य गणेश तिमिल्सिनालाई मुख्यमन्त्री बनाउने कसरत शुरु गरेको बताइएको छ । कतिपयले नक्कली ग्राण्ड डिजाइन मात्र तयार भएको बताउँदै छन् । एमाले पर्वतले प्रदेशसभा सदस्यका लागि आकांक्षी सदस्यहरुको नाम आज विहिबार सार्वजनिक गरेको हो । नामावली सार्वजनिक गर्दै गर्दा केन्द्रिय पोलिटव्यूरो सदस्य तिमिल्सिनालाई भने प्रदेशको मुख्यमन्त्रीमा सिफारिश सहित सर्वसम्मत निर्णय गरिएको जनाइएको छ । तिमिल्सिना मुख्यमन्त्री बन्न नपाउने भए सिफारिश भएका ६ जना मध्ये जो पनि एक जना सदस्य उम्मेदवार हुने सर्वसम्मत निर्णय गरिएको उल्लेख छ ।

सहमतिमा नेता तिमिल्सिनालाई मुख्यमन्त्री नै हुने गरी प्रदेशसभा सदस्यमा सिफारिश गरिनुको पछाडि ठुलो ग्राण्ड डिजाइन रहेको एमालेकै कार्यकर्ताको दावी छ । तिमिल्सिना मुख्य मन्त्री बन्ने भए प्रदेश सदस्यमा लड्ने र नहुने भए नलड्ने भन्ने कुरा चालबाजी मात्र भएको बताइन्छ । यो सवै तिमिल्सिनालाई प्रदेशसभा सदस्य लड्नबाट पछाडि हट्न बाध्य बनाउने चालबाजी मात्र भएको कार्यकर्ताले तर्क छ ।  एमाले पर्वतका अध्यक्ष पदम गिरी पर्वतको १ नं. क्षेत्रबाट प्रदेशसभाका लागि जसरी भएपनि चुनाव लड्ने दाउमा छन् । यसैविच प्रदेशसभाका लागि सदस्यमा तिमिल्सिनाले एकाएक रुचि देखाएपछि एमाले जिल्ला अध्यक्ष गिरीलाई संकट आइलागेको छ ।  अध्यक्ष गिरीले स्थानीय तहको निर्वाचनसँगै प्रदेश सभा सदस्यमा चुनाव लड्न आर्थिक जोहो गर्दै आएको कुराले चर्चा पाउदै आएको समेत छ । तिमिल्सिना एमाले जिल्ला अध्यक्ष पदम गिरीका राजनीतिक गुरु मानिन्छन् भने राजनीतिमा गिरीलाई स्थापित गर्न तिमिल्सिनाकै हात रहेको बताइन्छ ।

मुख्यमन्त्री बनाउने गरी प्रदेशसभा सदस्यमा नेता तिमिल्सिनालाई सिफारिशि गरेपनि अध्यक्ष गिरी भने प्रदेश सदस्यको पद हत्याउन आफै ज्यान दिएर लागेका छन् । आफूले भनेको मान्ने युवा संघका सदस्यहरु मार्फत् अध्यक्ष गिरीले प्रदेश सदस्यमा आफ्नो प्रचारप्रसार व्यापक गराउदै हिडेका छन् । विशेषगरी सामाजिक संजालमा गिरीले एमाले युवा मार्फत् प्रदेश सदस्यको एक मात्र लोकप्रिय उम्मेदवार भनी प्रचार गराउदै आएका छन् । यसरी एमाले पर्वतको १ नं. क्षेत्रबाट प्रदेश सदस्यमा गुरु र चेला विच सदस्य उम्मेवारको टिकट हत्याउन नै घम्साघम्सी हुने भएको छ । खासगरी नेकपा माओवादी केन्द्रसँग चुनावी तालमेल र पार्टी एकिकरणको कुरापछि तिमिल्सिनाले प्रदेश सदस्यका लागि बढी नै रुचि देखाएका छन् । प्रदेश सदस्यमा सिफारिशका लागि एमाले पर्वतमा ओली गुटकै बोलबोला रहेको छ । यता प्रदेशमा चुनाव भै जिती हाले पनि तिमिल्सिना मुख्यमन्त्री हुने संभावना न्यून छ । एमाले नेताहरु पृथ्वीराज सुव्वा, किरण गुरुङ, रविन्द्र अधिकारी लगायत अन्यको नामपछि मात्र तिमिल्सिनाको नाम आउने गर्दछ ।

एमाले क्षेत्रिय कमिटिमा प्राप्त भएका उम्मेदवारीहरुमध्येबाट सर्वसम्महत तिमिल्सिनालाई मुख्यमन्त्रीमा सिफारिश भएपछि अन्य सदस्यहरु भने जिल्ल परेको बताइन्छ । प्रदेश सदस्यमा नाम सिफारिश हुनेमा पार्र्टी अध्यक्ष पदम गिरि, उपाध्यक्ष भक्त कुंवर, पुर्ब उपसचिव उदय सुबेदि र बाबुराम सुबेदि रहेका छन् । त्यस्तै महिला २ जना मध्ये सरिता भण्डारी र लक्ष्मी सुनार रहेका छन् । पुराना र त्यागी एमाले नेता भनी परिचित गणेश पौडेललाई भने प्रदेश सदस्यका लागि नाम पनि सिफारिश गर्न एमाले पर्वतले छुच्याइ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन