३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

पारिवारिक बेमेलका कारण अपराधिक क्रिया क्लाप बढ्दो

२४ आश्विन २०७२, आईतवार ०९:०४

दान बहादुर बुढा, असोज २४, मुगु / घरमा परिवार भित्रको बेमेलका कारण आत्महत्या गर्नेको संख्या बढि रहेको एक तथ्याकंले देखाएको छ ।
घरमा श्रीमान श्रीमती बीचको द्धन्द्धले चर्को रुप लिए पछि श्रीमान वा श्रीमती मध्य एकले आत्म हत्या गर्ने, एकले अर्कोको हत्या गर्ने गरेको पाईएको छ । मदिरा सेवनका कारण घरमा झैं झगडा पर्ने र यसले चर्को रुप लिए पछि हत्या र आत्म हत्या गर्ने , विषादी सेवन गर्ने तथा समाजमा अन्य खालका अपराधिक गतिविधी बढि रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक सोमबहादुर थापाले बताए । समाजमा हुने यस्ता खालका अपराधलाई नियन्त्रण गर्न सबै भन्दा पहिले मदिरा नियन्त्रण गर्नु पर्ने थापाको भनाई छ ।

अपराधलाई नियन्त्रण गर्न प्रहरी एक्लैले नसक्ने भएकाले स्थानीय नागरिकले पनि अभियानका रुपमा लाग्नु पर्ने प्रहरीको बुझाई रहेको छ ।
असोज १६ गते राती श्रीमती आफ्नै काका पर्ने संग सुतिरहेको भेटाए पछि कार्की वाडा गाविस वडा नम्बर ५ का धर्मराज विकले जगेन्द्र विक र आफ्नी श्रीमती पुतली विकलाई हँसियाले घाँटी काटेर हत्या गरे । हत्या पछि २२ महिनाको छोरा, ८ वर्षको कान्छो भाई र आफुले प्रहार गरेको हँसिया सहित उनि प्रहरीकोमा आफै पुगे ।

त्यस्तै असोज १७ गते विहान घरमा श्रीमतीसंग झगडा परे पछि बजारमा मदिरा सेवन गरि श्रीनगर गाविस वडा नम्बर ५ चैन गाउँका सुर्यबहादुर हमालले दिउसो मुगु कर्णालीमा हाम फालेर आत्म हत्या गरे । त्यसको केही दिन पछि असोज २३ गते श्रीमतीसंगको झगडाका कारणले नै रुगा गाविस वडा नम्बर ३ रुगा गाउका २६ वर्षीय गोविन्द्र बुढथापाले पनि मदिरा सेवन गरि नदिमा नै हाम फालेर आत्म हत्या गरेका छन ।

गएको जेठ १३ गते घरमा विवाह गर्न केटा खोज्ने विषयमा विवाद भए पछि श्रीनगर गाविस वडा नम्बर ९ ईमा गाउँकी १६ वर्षीया सत्यदेवी खडकाले पनि नुहाउने वाहना बनाएर नदिमा नै हाम फालेर आत्म हत्या गरेकी थिईन । पर्सा जिल्ला पर्सेनी घर भई हाल मुगु जिल्ला रारा गाविस स्थित तारा पानी भन्ने स्थानमा अर्काको औषधी पसलमा काम गर्दै आएका रोहितकुमार यादबले असोज १६ गते मुगु कर्णालीमा पौडि खेल्ने भन्दै आत्म हत्या गरेका छन ।

दिन प्रति दिन जिल्लामा हत्या आत्म हत्या र अन्य अपराधिक क्रियाक्लाप बढि रहे पनि खासै नियन्त्रण हुन सकेको छैन । तर जिल्ला प्रहरी कार्यालयले विगत भन्दा यो वर्ष यस्ता घटनाहरुमा कमि आएको दावी गरि रहेको छ । प्रहरीका अनुसार अव जिल्ला भरिमा मदिरा, तास जुवा यस्ता गतिविधीबाट हुन सक्ने अपराधलाई नियन्त्रण गर्न जन चेतना मुलक अभियान सञ्चालन गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन