२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

भारतको गल्ली गल्ली छोडी सडकको काममा मुगाली

२०७२, २४ आश्विन आईतवार ०९:१५

दान बहादुर बुढा, असोज २४, मुगु / असार देखि साउन सम्म खेति कृषान गरेर भारतका बिभिन्न गल्ली गल्लीमा कामको खोजिमा जाने मुगुका युवा यो बर्ष गाँउमै सडक योजना आएपछि आउदो बैषाखमा गाँउमै गाडी पुराउने भन्दै बर्षेनी कामको खोजिमा भारत जाने मुगुका युवा हरु सडक बनाउन लागि परेका छन ।
जिल्लाको पश्चिम क्षेत्रमा पर्ने खत्याड भेग स्थित खमाले श्रीकोट गाबिसमा बिकेन्द्रित ग्रामिण पूर्वाधार तथा जिबिकोपार्जन सुधार कार्यक्रम (डिल्रिप) अति रिक्त लगानि तर्फको कवा चिमाडुग्रि १५ प्वाईन्ट ५ किलोमिटर सडक एसियालि बैकको आर्थिक सहयोगमा निर्माण हुन लागेपछि आउदो बैषाख महिनामा आ अफना गाँउमा गाडी पुराउने भन्दै असार साउनमा घर खेतको काम सकि भारतका बिभिन्न स्थानम कामको खोजिमा जाने यहाँका युवा हरु सडकको काममा लागी परेका हुन ।
प्रत्येक बर्ष असार साउन घर खेतको काम सकेर धनकमाउने भनेर भारतका बिभिन्न स्थानमा जाने यो भेगका युवा हरु आफना गाबिसमा सडक निमार्णको योजना परेपछि भारत भन्दा राम्रो कमाई घरमै हुने र आफुहरुले छिटो काम गरे आउदो बैषाख भित्रै गाडि पुग्ने भएपछि सबै गाबिसका युवा हरु भारत जान छोडेर सडक निमार्णमा लागेको श्रीकोटा चिमाडुग्रिका बिश्वरुप थापा बताउछन ।
०६७ ाम बिस्तृत परियोजना प्रतिबेदन बनि जुम्ला जिल्ला र मुगु बिच कालाकाँडालेख खमाले कवा १६ किलोमिटर सडक ट्रयाक खोलि आल जिल्लाको खमाले गाबिस सम्म मालबाहक गाडी सहजै रुपमा आउने जाने गरेपछि यो गाबिसमा उत्पादन हुने स्याउ सिमि आलु तरकारी र अन्य फलफुल समेत जेपालगंज सुर्खेत सम्म पुग्ने भएपछि छिमेकि गाबिस गम्था र श्रीकोटका सर्बसाधरण पनि आफना गाबिसमा उत्पादन हुने फलफुल तरकारी नेपालगंज सुर्खेत सम्म पुराई आम्दानि हुने देखिएपछि गाँउका युवा महिला सबै बैषाख सम्म गाडी पुराउने भन्दै काममा लागृेको र उनिहरु भारतको दुःख पुर्ण काम छोडेर गाँउमै योजना बाट राम्रो कमाई हुने देखेकाले सबै गाँउका युवा सडक निर्माणमा लागृेका कवा चिमा डुग्रि सडक निर्माणका सब ईन्जिनियर सुमित्रा रावल बताउछिन ।
यातायात अभाबकै कारण आफनो गाँउमा उत्पादन हुने फलफुलले बजार नपाउदा स्याउ कुहिएर जान्थे अन्य फलफुल पशुचौपाय लाई खुवानु पर्ने बाध्यता रहेका यि श्रीकोट र गम्थाका कृषान गाँउमा सडक निमार्ण हुन थाले पछि अब आफुले उत्पालन गरेका फलफुलले बजार पाई कामको खोजिमा भारतका बिभिन्न स्थानमा जाने युुवा हरु लाई पनि आफनै गाँउमा बसेर केही गरौ भन्ने आट जागेको श्रीकोट खर्क गाँउका हिरा टमटा बताउछन ।
१० करोड ७४ लाख ७४ हजार ४सय ४८ रुपैयामा निमार्ण भएको कालाकाँडा खमाले १६ किलो मिटर सडक निमार्ण भई मालबाहक गाडि आवत जावत गरिरहेका छन भने कवा चिमा डुग्रिको७ किलो मिटर सडक खण्डको श्रमिक समूहबाट ५ करोड ८० लाख सजिलो भाग अहिले सम्बन्धित गाबिसका प्रत्येक घरका एक जना काममा सहभागि भई निमार्ण भई रहेको छ ८.५ किलोमिटर सडक खण्ड चट्टान भएकाले ठेकेदार मार्फत निमार्ण सम्पन्न गराई बैषाख भित्र गाडी पराउने लक्ष्य रहेको डिल्रिप मुगुले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से