2026-09-19 04:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारमा नवलपरासीका एक युवकको मृत्यु भएपछि गाउँ शोकमा डुब्यो

मो. ईजहार शेष/असोज २२, नवलपरासी । बैदेशिक रोजगारीको लागि कतार गएका नवलपरासीको एक युवकको ज्यान गएको छ । 

सरावल गाउँपालिका–४ बडसारका प्रहलाद केवटका ३६ वर्षिय छोरा नरसिहं केवटको मृत्यु भएको हो । कतारको क्यालिबर ट्रेडिङ्ग एण्ड कन्ट्राक्टीङ्ग कम्पनीमा पलास्टर वर्करको रुपमा कार्यरत रहेका नरसिंह काबेली ह्युमन सिसोर्स प्रालीबाट वि.सं. २०७३ जेष्ठ २१ गते कतार गएका थिए । उनको मृत्यु गत असोज १५ गते आईतबार भएको हो । 

सरावल गाउँपालिका–४ बडसारका अन्य युवाहरुको सहयोगमा त्यँहा स्थित नेपाली दुताबाश र कम्पनीसँग समन्वय गरेर शब नेपाल ल्याउने प्रक्रिया चलिरहेका कतारमा रहेका मृतक केवटका साथीहरुले बताएका छन् । यद्यपी मृत्युको कारण भने अझै यकिन हुन नसकेको बताईएको छ । नरसिंह यसअघि पनि रोजगारीकै  लागि मलेसिया गएका थिए । 

नेपालबाट स्वास्थ्य परिक्षणमा सफल भएर मलेसिया गएका नरसिंह त्यँहा स्वास्थ्य परिक्षणमा फेल भएपछि १५ दिन भित्रै नेपाल फिर्ता आएका थिए । मलेसियाबाट फिर्ता आएपछि उनको दुईलाख भन्दा बढि ऋण भएको थियो । 

छ महिनापछि अझै ऋण थपेर उनि कतार गएका थिए । अहिले सात लाखभन्दा बढि ऋणमा डुबेको पारिवारिक स्रोतले जनाएको छ । तर कतारको चर्काे घाममा कन्सट्रक्सन काममा पनि कडा मेहनत गरेर राम्रो कमाई नभएको र ऋण दिनप्रति दिन बढ्दै गएपछि नरसिंह केही दिनबाट तनाबमा हुने गरेको उनका साथीहरुको भनाई छ ।  

नरसिंहको दुईवटा छोरा र एउटा छोरी रहेका छन् । नरसिंहको राहदानी नम्बर ८३३९४६७ रहेको छ । मृत्युको खबर आएको एक हप्ता भएपनि शब अझै आई नसकेकाले परिवारसहित गाउँनै शोकमा डुबेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा