चिसाङ शेर्पा असोज २२, खोटाङ । खोटाङका पत्रकारहरुले यस वर्षको तिहार आ–आफ्नो चेलीहरुको हातवाट भाईटिका लगाएर मनाउँदै छन् ।

पत्रकार महासंघ शाखा खोटाङका अध्यक्ष त"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चिसाङ शेर्पा असोज २२, खोटाङ । खोटाङका पत्रकारहरुले यस वर्षको तिहार आ–आफ्नो चेलीहरुको हातवाट भाईटिका लगाएर मनाउँदै छन् ।

पत्रकार महासंघ शाखा खोटाङका अध्यक्ष त"/>

२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

क-कसको हातवाट भाईटिका लगाउँदै छन्, खोटाङका पत्रकार

२०७४, २२ आश्विन आईतवार १३:४९

चिसाङ शेर्पा असोज २२, खोटाङ । खोटाङका पत्रकारहरुले यस वर्षको तिहार आ–आफ्नो चेलीहरुको हातवाट भाईटिका लगाएर मनाउँदै छन् ।

पत्रकार महासंघ शाखा खोटाङका अध्यक्ष तथा राष्ट्रिय दैनिक ‘नागरिक’का खोटाङ संवाददाता दमन राईले हलेसी तुवाचुङ नगरपालिका च्यास्मिटारमा कान्छी वहिनी जमुना राईको हातवाट भाईटिका लगाउँदै छन् ।

‘नेपाल टेलिभिजन’का खोटाङ संवाददाता तथा पत्रकार महासंघ खोटाङका उपाध्यक्ष रामधन राईले रुपाकोट मझुवागढी नगरपालिका खार्मी ११ मा दुई वहिनी ववि राई र सुनचना राईका हातवाट भाईटिका लगाउँने छन् । पत्रकार महासंघका महिला उपाध्यक्ष तथा खोटाङ ईन्सेक प्रतिनिधि सुनिता मगर भने, आफ्ना वुवा वित्नु भएकाले यो वर्षको तिहार मनाउँन नहुने बताईन् । 

हलेसी रेडियोका स्टेशन म्यानेजर, राष्ट्रिय दैनिक ‘कारोवार’का खोटाङ संवाददाता तथा पत्रकार महासंघका सचिव उत्तम चौलागाँई आफ्नो तीन दिदिवहिनी भगवती चौलागाँई, वावा चौलागाँई र हिरा चौलागाँईको हातवाट जन्तेढुंगा गाउँपालिका डम्बर्खुशिवालयमा तिहार मनाउँदै छन् ।  

पत्रकार महासंघ खोटाङका सह–सचिव, ‘समायोजन खवर’ अनलाईनका सम्पादक तथा ‘साझा सवाल’ अनलाईनका खोटाङ संवाददाता चिसाङ शेर्पाको आफ्नै दिदिवहिनी नभए पनि गतवर्ष जस्तै चार वहिनी शर्मिला शेर्पा, सञ्जिता गुरुङ, करुणा शेर्पा र जलनदिया शेर्पाको हातवाट रुपाकोट मझुवागढी नगरपालिका नुनथलामा भाईटिका मनाउँने भएका छन् ।

महासंघ शाखाका कोषाध्यक्ष शर्मिला विश्वकर्माले भने, दुईजना माईतीहरु फडिन्द्र विश्वकर्मा र रविन्द्र विश्वकर्मालाई फुलटिका लगाईदिएर तिहार मनाउँने बताईन् । महासंघका सदस्य योगिन राईले तीन दिदि र एक वहिनीका हातवाट बाम्राङमा भाईटिका लगाउँने बताए । सदस्य काजनश्री राई तीन जना दिदि वहिनीहरुको हातवाट दोर्पामा भाईटिका लगाउँदै छन । सदस्य युवाराज रोईला आफ्नो एक दिदि कोपिला रोईलाको हातवाट जन्तेढुंगा गाउँपालिकामा तिहार मनाउँने बताए । 

यस्तै, ‘प्रेस स्वतन्त्रता सेनानी’ तथा खोटाङका वरिष्ठ पत्रकार कृष्ण आचार्यका तीन दिदिवहिनी जिल्लाभन्दा वाहिर रहेकाले यसवर्षको भाईटिका नलगाउँने बताउनुभयो । 

प्रेस युनियन खोटाङका अध्यक्ष, ‘खोटाङ खवर’का प्रकाशक सम्पादक तथा केन्द्रिय पार्षद दिलिप खत्रीले उदयपुरमा पाँचजना चेलीहरुको हातवाट टिका लगाउँने भएका छन् । सरिता राउत, तारा कटुवाल, विनिता खत्री, अनिता निरौला र कल्पना सुवेदीवाट भाईटिका लगाउँने खत्रीले बताउनुभयो ।

‘कान्तीपुर दैनिक’का खोटाङ संवाददाता तथा केन्द्रिय सभासद डम्बरसिं राई रुपाकोट मझुवागढी नगरपालिका जालपामा वहिनी खजिना राईको हातवाट भाईटिका लगाउँने बताउनुभयो । ‘नयाँ पत्रिका’ खोटाङ संवाददाता तथा प्रदेश सभासद केदार मगरका अनुसार आफ्नै दिदिवहिनी नभएका र गाउँभरीका छोरीचेलीको हातवाट भाईटिका लगाउँदै छन् ।

यसैगरी,‘एभिन्युज टेलिभिजन’का खोटाङ संवाददाता, प्रेस चौतारीका केन्द्रिय सदस्य हरीवोल आचार्य ३ बहिनी कुमारी पाण्डे, तुलसादेवी खनाल र चन्द्रकला वास्तोलाका हातवाट दिक्तेलमा फुलटिका लगाउँदै छन् । प्रदेश पार्षद तथा ‘उज्यालो नाईटी नेटवर्क’का रिपोर्टर उजीर कार्की आफ्नै घरका दिदिवहिनी नभएता पनि ठूला वुवाका छोरी हिरा कार्कीका हातवाट काठमाण्डौमा भाईटिका लगाउने छन् । 

‘रुपाकोट एफएम’का स्टेशन म्यानेजर सुर्य तामाङका अनुसार ‘वर्षौदेखी दशै नमनाएका र दशै तिहारजस्ता चाडहरु प्राथमिकतामा नपर्ने भएकाले सात जना चेलीहरुसंग सामान्य भेटघाट गर्ने बताउनु भयो ।’ 

‘गोरखापत्र’ राष्ट्रिय दैनिकका खोटाङ संवाददाता उजुर राई पारिवारिक कारण यसवर्षको तिहार नमनाउने बताउँनुभयो । गतवर्षहरुमा सामान्य तवरमा मनाए पनि यो वर्ष भेटघाट मात्र हुने र भाईटिका नलगाउँने बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा