पर्वत । गैरआवासिय नेपाली संघ रूसको सहयोगमा दक्षिण पर्वतको विहादी गाउँपालिका ३ मा रहेको रानिपानी स्वाथ्य चौकीमा एम्बुलेन्स सेवा संचालनमा आएको छ ।

एनआरएन रुसमा आवद्ध नेपालीह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । गैरआवासिय नेपाली संघ रूसको सहयोगमा दक्षिण पर्वतको विहादी गाउँपालिका ३ मा रहेको रानिपानी स्वाथ्य चौकीमा एम्बुलेन्स सेवा संचालनमा आएको छ ।

एनआरएन रुसमा आवद्ध नेपालीह"/>
१३ माघ २०८२, सोमबार
पर्बत - PBT

एनआरएन रुसद्धारा विहादी गाउँपालिकामा एम्बुलेन्स सहयोग

२३ आश्विन २०७४, सोमबार ०४:१४

पर्वत । गैरआवासिय नेपाली संघ रूसको सहयोगमा दक्षिण पर्वतको विहादी गाउँपालिका ३ मा रहेको रानिपानी स्वाथ्य चौकीमा एम्बुलेन्स सेवा संचालनमा आएको छ ।

एनआरएन रुसमा आवद्ध नेपालीहरुले एम्बुलेन्स खरिदका लागि रु २० लाख रुपैया संकलन गरेका थिए । एम्बुलेन्स सेवा नहुँदा थुप्रै विरामीहरुले बाटोमै ज्यान गुमाउनुपरेको अवस्थालाई मध्यनजर गर्दै प्रवासीहरुले रकम संकलन गरी एम्बुलेन्स खरिदका लागि पठाएका हुन् ।
आइतवार रानीपानी स्वास्थ्य चौकीमा आयोजित एक कार्यक्रममा एन.आर.एनका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पर्वत क्षेत्र नम्बर २ बाट सांसद विकास लम्साल र एन.आर.एन रुसका अध्यक्ष रामेश्वर गौतमले स्वास्थ्य चोकीलाई उक्त एम्बुलेन्स हस्तान्तरण गरेका थिए ।
गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले ग्रामिण विपन्न क्षेत्रका जनताको स्वास्थ्य सुधार गर्न एम्बुलेन्सले सहयोग पु¥याउने बताउँदै मानविय सेवाका क्षेत्रमा आगामी दिनमा पनि एन.आर.एन.ले थप सहयोग जारी राख्ने बताए ।

उनले गाउँमा एम्बुलेन्स सेवा शुरुभएसँगै स्वास्थ्य क्षेत्रमा सहज हुने बताउदै उहाँले विकासमा स्थानीयनै सक्रिय हुनुपर्नेमा जोड दिए ।
एम्बुलेन्स प्राप्त भए पश्चात स्थानीयहरुको धेरै वर्षदेखिको माग र आवश्यकता पुरा भएको तथा आकस्मिक विरामीहरुका लागि समयमानै अस्पताल पु¥याउन सहज हुने रानिपानी स्वास्थ्य चौकीका अध्यक्ष सुर्य बहादुर थापाले बताए ।

एम्बुलेन्स सेवा संचालन सँगै दक्षिण पर्वतको विहादि गाउँपालिका अन्तर्गत रानीपानी, बर्राचौर, वहाकी, उरामपोखरा तथा पैंयु गाउँपालिकाका बासिन्दा लाभान्वित हुने भएका छन् । उक्त क्षेत्रका बासिन्दाहरु सामान्य उपचारका लागि पनि स्याङ्जा, तथा पाल्पा जानुपर्ने बाध्यता रहेको छ ।

सो अवसरमा सांसद विकास लम्सालले बाच्नु पाउनुपर्ने मानिसको पहिलो अधिकार रहेको र जनताको त्यही अधिकारको संरक्षण गर्ने क्रममा स्वास्थ्यलाई बढी प्रथमिकता दिएको बताए । । आफुले पर्वतको विकासको लागी धेरै काम गरेको बताउदै सांसद लम्सालले आफू सबै गाउँबस्तीमा पुगेर जनताको बास्तविक समस्या बुझेको र त्यहीअनुसार कामलाई प्राथमिकतामा राखेर सम्पादन गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन