पर्वत । गैरआवासिय नेपाली संघ रूसको सहयोगमा दक्षिण पर्वतको विहादी गाउँपालिका ३ मा रहेको रानिपानी स्वाथ्य चौकीमा एम्बुलेन्स सेवा संचालनमा आएको छ ।

एनआरएन रुसमा आवद्ध नेपालीह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । गैरआवासिय नेपाली संघ रूसको सहयोगमा दक्षिण पर्वतको विहादी गाउँपालिका ३ मा रहेको रानिपानी स्वाथ्य चौकीमा एम्बुलेन्स सेवा संचालनमा आएको छ ।

एनआरएन रुसमा आवद्ध नेपालीह"/>
२०८२, २७ चैत्र शुक्रबार
पर्बत - PBT

एनआरएन रुसद्धारा विहादी गाउँपालिकामा एम्बुलेन्स सहयोग

२०७४, २३ आश्विन सोमबार ०४:१४

पर्वत । गैरआवासिय नेपाली संघ रूसको सहयोगमा दक्षिण पर्वतको विहादी गाउँपालिका ३ मा रहेको रानिपानी स्वाथ्य चौकीमा एम्बुलेन्स सेवा संचालनमा आएको छ ।

एनआरएन रुसमा आवद्ध नेपालीहरुले एम्बुलेन्स खरिदका लागि रु २० लाख रुपैया संकलन गरेका थिए । एम्बुलेन्स सेवा नहुँदा थुप्रै विरामीहरुले बाटोमै ज्यान गुमाउनुपरेको अवस्थालाई मध्यनजर गर्दै प्रवासीहरुले रकम संकलन गरी एम्बुलेन्स खरिदका लागि पठाएका हुन् ।
आइतवार रानीपानी स्वास्थ्य चौकीमा आयोजित एक कार्यक्रममा एन.आर.एनका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पर्वत क्षेत्र नम्बर २ बाट सांसद विकास लम्साल र एन.आर.एन रुसका अध्यक्ष रामेश्वर गौतमले स्वास्थ्य चोकीलाई उक्त एम्बुलेन्स हस्तान्तरण गरेका थिए ।
गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले ग्रामिण विपन्न क्षेत्रका जनताको स्वास्थ्य सुधार गर्न एम्बुलेन्सले सहयोग पु¥याउने बताउँदै मानविय सेवाका क्षेत्रमा आगामी दिनमा पनि एन.आर.एन.ले थप सहयोग जारी राख्ने बताए ।

उनले गाउँमा एम्बुलेन्स सेवा शुरुभएसँगै स्वास्थ्य क्षेत्रमा सहज हुने बताउदै उहाँले विकासमा स्थानीयनै सक्रिय हुनुपर्नेमा जोड दिए ।
एम्बुलेन्स प्राप्त भए पश्चात स्थानीयहरुको धेरै वर्षदेखिको माग र आवश्यकता पुरा भएको तथा आकस्मिक विरामीहरुका लागि समयमानै अस्पताल पु¥याउन सहज हुने रानिपानी स्वास्थ्य चौकीका अध्यक्ष सुर्य बहादुर थापाले बताए ।

एम्बुलेन्स सेवा संचालन सँगै दक्षिण पर्वतको विहादि गाउँपालिका अन्तर्गत रानीपानी, बर्राचौर, वहाकी, उरामपोखरा तथा पैंयु गाउँपालिकाका बासिन्दा लाभान्वित हुने भएका छन् । उक्त क्षेत्रका बासिन्दाहरु सामान्य उपचारका लागि पनि स्याङ्जा, तथा पाल्पा जानुपर्ने बाध्यता रहेको छ ।

सो अवसरमा सांसद विकास लम्सालले बाच्नु पाउनुपर्ने मानिसको पहिलो अधिकार रहेको र जनताको त्यही अधिकारको संरक्षण गर्ने क्रममा स्वास्थ्यलाई बढी प्रथमिकता दिएको बताए । । आफुले पर्वतको विकासको लागी धेरै काम गरेको बताउदै सांसद लम्सालले आफू सबै गाउँबस्तीमा पुगेर जनताको बास्तविक समस्या बुझेको र त्यहीअनुसार कामलाई प्राथमिकतामा राखेर सम्पादन गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने