पर्वत । पर्वतमा संचालन भएको दुई दिने निशुल्क मुटुरोग शिविरमा झण्डै ८ सय जनाको स्वास्थ्य परिक्षण भएको छ । कुश्मा नगरपालिका र फलेवास नगरपालिकामा संचालन गरिएको दुइदिने शिविरमा ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । पर्वतमा संचालन भएको दुई दिने निशुल्क मुटुरोग शिविरमा झण्डै ८ सय जनाको स्वास्थ्य परिक्षण भएको छ । कुश्मा नगरपालिका र फलेवास नगरपालिकामा संचालन गरिएको दुइदिने शिविरमा ग"/>
१३ माघ २०८२, सोमबार
पर्बत - PBT

निशुल्क मुटुरोग शिविरमा झण्डै आठ सयको परिक्षण

२३ आश्विन २०७४, सोमबार ०४:२४

पर्वत । पर्वतमा संचालन भएको दुई दिने निशुल्क मुटुरोग शिविरमा झण्डै ८ सय जनाको स्वास्थ्य परिक्षण भएको छ । कुश्मा नगरपालिका र फलेवास नगरपालिकामा संचालन गरिएको दुइदिने शिविरमा गरी ८ सय भन्दा बढीको स्वास्थ्य परिक्षण गरिएको हो ।
पर्वत समाज बेल्जियमको आर्थिक सहयोग,लायन्स क्लव अफ शिवालय कुश्मा, पर्वतको आयोजना र मुटु जोगाउँ काठमाण्डौको प्राविधिक सहयोगमा उक्त शिविर संचालन भएको थियो ।


शिविरमा बरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अनिल भट्टाराईको नेतृत्वमा २० जना मुटु रोग विशेषज्ञ डाक्टरहरुले विरामीहरुको निशुल्क मुटुरोग परिक्षण गरेका थिए । मुटुरोगी मध्ये अधिकांस उच्च रक्तचाप, धुम्रपान, मोटोपना भएकाहरु हुने गरेको बरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अनिल भट्टाराईले बताए । शरीरमा बढी बोसो जमेमा मुटुरोग लाग्ने सम्भावना प्रवल हुने उनले बताए ।


दैनिक व्यायामले रोग न्युनिकरणमा सघाउने उनले सल्लाह दिए । नियमित व्यायामले रगतको कोलेस्टेरोल, ट्राइग्लिसराइड्स, मधुमेह तथा रोगका अन्य कारण तत्वहरु घटाउँछ । छाति दुख्ने, ढक्क फुल्ने वा भारी हुन सास फेर्न कठिन हुने, धेरै पसिना आउने जस्ता लक्षण देखापर्नासाथ समयमै चेकजाँच गर्न सल्लाह दिनुभयो । शिविरमा निशुल्क औषधी समेत वितरण गरिएको थियो ।


उक्त शिविरको नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा सांसद सदस्य अर्जुनप्रसाद जोशीले उद्घाटन गरेका थिए । उनले मुटु हाम्रो अभिन्न अंग भएकाले यसको संरक्षणमा विशेष ध्यान दिन आग्रह गरे । उनले न्यून शुल्कमा गुणस्तरीय सेवा दिने अस्पतालको कमी रहेको अवस्थामा पर्वत समाज बेल्जियम र अन्य संस्थाहरुको सहयोगमा आयोजना गरिएको निःशुल्क मुटु रोग परिक्षण शिविरवाट बिरामीलाई प्रत्यक्ष फाइदा पुगेको बताए । उक्त शिविरलाई सहयोग पु¥याउने उद्देश्यले एनआरएनएका युरोप संयोजक कुल आचार्यले १ लाख रुपैया सहयोग समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन