2026-09-19 12:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वाम गठबन्धन भत्काउन उपराष्ट्रपति र सभामुख लाग्ने कुराको हल्लाले माओबादी भित्र अन्योल

काठमाडौं उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख ओनसरी घर्ती र माओवादी केन्द्रका नेता वर्षमान पुनले वाम गठबन्धनप्रति दुःख व्यक्त गरेका खबर बाहिर आएको छ ।

उपराष्ट्रपति पुनले एमालेसँगको वाम गठबन्धनको विरोध गरेका तथा माओवादी केन्द्रलाई एमालेमा विलय गराउने प्रचण्डको निर्णयको घोर विरोध गरेको कुरा बाहिरिएपछि माओबादि भित्र एक प्रकार को तनाब सुरु भएको छ ।

‘उपराष्ट्रपतिज्यूले एमालेसँगको वाम गठबन्धन र त्यसपछि पार्टी एकीकरण गर्ने सहमतिले माओवादी केन्द्र विघठनको बाटोमा गएको छ’, उपराष्ट्रपति पुनको भनाइ उदृत गर्दै स्रोतले भनेको दावी विभिन्न मेडियाहरुले गरेका छन् , ‘प्रचण्डजीले आफ्नो र छोराछोरीको भविष्यभन्दा अरु नेता तथा कार्यकर्ताको भविष्य कहिल्यै पनि चाहनु भएन ।’

उपराष्ट्रपति पुनको भनाइप्रति सभामुख ओनसरी घर्ती र वर्षमान पुनले समर्थन जनाएको तथा एमाले जनजाति विरोध पार्टी भएको भन्दै केपी ओलीको पछाडि लागेर प्रचण्डले गम्भीर भुल गरेको बताएको दावी उक्त मेडियाहरुको छ । वर्षमान सुरुदेखि नै एमालेसँगको गठबन्धन र पार्टी एकताको विरोध गर्दै आएका भने पक्कै पनि हो ।

सभामुख घर्तीले पनि एमालेसँगको गठबन्धन र एकीकरणको सहमतिको विरोध गर्दै आएकी छिन् । ‘एमालेसँग कुनै पनि हालतमा माओवादी केन्द्रलाई एकीकरण गर्न दिनु हुँदैन’, सभामुख घर्तीको भनाइ उदृत गर्दै लेखिएको छ, ‘माओवादी पार्टीलाई जसरी पनि जोगाइ राख्नु पर्छ । एमालेमा बिलय हुन दिनु हुँदैन ।’

एमालेभन्दा बाहिरको गठबन्धनमा बसेका कारण माओवादी केन्द्रलाई स्थानीय तहको निर्वाचनमा ठूलो फाइदा भएको बताएका उपराष्ट्रपति पुन, सभामुख घर्ती र वर्षमानले संसद र प्रदेश सभाको निर्वाचनमा पार्टीलाई ठूलो नोक्सानी हुने खतरा पनि औल्याएको कुरा उल्लेख छ ।

उनीहरूले प्रचण्डसँग भेटेर वाम गठबन्धन भत्काउनका लागि दवाव दिने तयारी समेत गरेका कुरा बाहिरिएको छ । आवश्यक परे प्रचण्डलाई कुनै पनि प्रकारको असहयोग गर्ने रणनीति बनाएको पनि विश्लेषण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो