Skip to content
Friday, July 17, 2026 Nepali Online Media

गस्तीमा गएका प्रहरी जवानको भेरीमा खसेर मृत्यु

By kit 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

टेक शाही/असोज २५, डोल्पा । डोल्पामा गस्तिमा गएका एक प्रहरि जवानको भेरिमा खसेर मृत्यू भएको छ ।

काइके गाँउपालिकाको शहरतारमा रहको नाम्दो प्रहरि चौकिमा कार्यरत प्रहरि जवानको भेरिमा खसेर मृत्यू भएको हो । सर्माली १ बैतडि स्थायि घर भएका २७ बर्षिय शेर सिँ साउदको यहि २३ गते साँझ भेरिमा खसेको जिल्ला प्रहरि कार्यालय डोल्पाले जानकारि दिएको छ । साउद बिगत ७ बर्ष देखि नेपाल प्रहरिको जवानमा कार्यरत भएको प्रहरिले जानकारि दिएको छ ।

शरताराको नाम्दो चौकिबाट साविकको लावन गाविस तर्फ गस्तिमा जाने क्रममा चिप्लीएर भेरिमा खसेको र अबेर भएको कारण उनको खोजी गरि उद्धार गर्न नँसएिको नाम्दो चौकिले जानकारि दिएको छ । भेरि ठुलो भएको कारण तहाँ भएको जनशक्तिले उद्धार र खोजी गर्न नसके पछि जिल्लाबाट थप जनशक्ति माग गरेको नाम्दो चोकिले जानकारि दिएको छ ।

जिल्लाबाट इन्सपेक्टरको नेतृवमा तत्काल थप जनशक्ति पठाएको र २४ गते बिहान १० बजे १५ घण्टा पछि घटना घटेको स्थान भन्दा १४ सय मिटर तल भेरिमा शब फेला पारेको प्रहरि नायव उपरिक्षक हरि प्रसाद शर्माले बताए । उनका अनुसार मृतक साउदको पोष्टमार्टम,प्रहरि रिपोटहरु सबै भइ सेकेको र बुधबार नै साउदको शब हेलिकप्टर मार्फत उनका आफन्तलाइ घरमा लगेर बुझाउने बताए ।

हिमाली जिल्ला भएको कारण भौगोलिक बिकटता र उच्च पहाड डाँडा काँडाले गस्तिमा जाने सुरक्षा कर्मिलाइ मात्र हैन सबै यात्रुलाइ समस्या हुने गर्दछ । सुरक्षाका लागि गस्तिमा गएका प्रहरि जवानको निधनले नेपाल प्रहरि स्तबध भएको र सुरक्षामा खटिने प्रहरि जवानहरुको मनोबलामा आँच पुगेको प्रहरि प्रमूख डिएसपि शर्माले बताए ।

उनले भने नेपाल प्रहरिले एक असल जवान मात्र हैन एक सच्चा देश भक्त सिपाहि गुमायो प्रहरि परिवार दुखित छ । देश र जनताका लागि सुक्षामा खटिएका प्रहरिले बिभिन्न कारणले देश र जनताका लागि जयान गुमाउने गरेको भए पनि जनतामा सुरक्षाको अनुभुति कमी भएको महसुस नगराएको नेपाल प्रहरिको दाबि छ ।

बिभिन्न घटनामा नेपाल प्रहरिले ज्यान गुमाए पनि जनताका लागि सुरक्षा र शान्तीको कमि कहिले नहुने जिल्ला प्रहरि कार्यालय डोल्पाले जानकारि दिएको छ ।