२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

कुटपिट पछि महिलालाई पिसाब खुवाईयो

२०७२, ५ चैत्र शुक्रबार ०६:२७

चैत ५, मुगु  । दुई महिना अगाढी आफनो देवर नाता पर्नेसंग भागेर भारत गई पुन जिल्लामा फर्कि अघिल्ला पतिले आफनै पत्निका रुपमा स्विकार गरी सकेको भए पनि जिल्ला सदरमुकाम नजिक रहेको रुगा गाबिसकि एक महिलालाई कुटपिट गरी मुखमा पिसाब खुवाईएको छ ।
रुगा गाबिस वडानम्बर ८ फोईपाटा निबासि ३८ बर्षिय जनला बढुवाल दुई महिना अगाढी आफनै देवर नाता पर्ने सोही गाँउका प्रेम बढुवालसंग भागेर भारत गएकि थिईन ।

भारतबाट दुबै जना फर्केको र केही दिन सदरमुकाम गमगढीमा बसेपछि गाँउलेहरुले दुबैजनाका बच्चाहरुको बिचल्लि हुने भन्दै अघिल्ला पति हरिबहादुर बढुवालले पत्नि स्विकार गरेका थिए । तर गाँउलेहरुले दुबै घर परिवारलाई समाजिक बहिस्कार गरेपछि सोमबार दिउसो १२ बजे सात जना मिलेर जनलालाई घरमै गई कुटपटि गरी पिसाब खुवाईएको हो ।

गाँउलेहरुले हरिबहादुर र प्रेमका सबै परिवारलाई सामजिक बहिस्कार गरेका छन । उनिहरुलाई गाँउको धारामा समेत पानि खान दिएका छैनन भने अन्य सामुहिक काम समेत संलग्न हुन दिएका छैनन । सोमबार दिउसो जनलाको घर नजिक रहेको धाराको पाईपलाईन उखेलेर घरमै पसि सोही गाँउका जनलालाल बढुवाल, नरेन्द्र बढुवाल, राजमति बढुवाल, कपुर बढुवाल, जनसिंह बढुवाल र ज्ञानसिंह बढुवालले कुटपिट गरी मुख खोलि पसिाब खुवाइएको पिडित जनला बढुवालका भाई जनबहादुर खड्काले बताएका छन ।

पिडितका भाई जन बहादुरका अनुसार आफनो दिदीलाई गाँउलेहरुले बाध्य बनाएर अर्कोसंग हिड्नु परेको र पुन घर फर्कि भिनाजुले आफनो पत्नि भनि स्विकार गरेसके पनि गाँउलेहरुले सामजिक बहिस्कार गरेका थिए । उहाँहरुका घरपरिवारले समेत स्विकार गरेका बेला घरमै गई कुटपिट गरी अमानबिय तरिकाले पिसाब खुवाईयो ,कार्बाहीका लागी आफुहरुले घाउ चेक जाँचका लागी जिल्ला प्रहरी कार्यालयमा निबेदन दर्ता गराई सकेको पिडीतका भाई खड्काले बताए ।

कुटपिटबाट घाईते भएकि पिडित बढुवालको अहिले जिल्ला अस्पतालमा उपचार भईरहेको छ । उनको टाउकोको देब्रे भागमा गम्भिर चोट लागेको छ पाँच टाँका लगाईएको उनका आफन्तले बताएका छन ।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी नायब उपरिक्षक लोक बहादुर जिसिले दिएको जानकारी अनुसार पिडितले प्रहरी कार्यालयमा घाउ चेक जाच केसफारमका लागी दिएको निबेदन दर्ता भईसकेको र घटनाको मुचुल्का हेरी कार्बाही हुने तथा बुधबार मात्र प्रहरी घटना स्थलमा पुगेको भए पनि आरोपित कसैलाई नभेटेकाले प्रहरीले खोजतलास गरिरहेको बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु