१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

कुटपिट पछि महिलालाई पिसाब खुवाईयो

५ चैत्र २०७२, शुक्रबार ०६:२७

चैत ५, मुगु  । दुई महिना अगाढी आफनो देवर नाता पर्नेसंग भागेर भारत गई पुन जिल्लामा फर्कि अघिल्ला पतिले आफनै पत्निका रुपमा स्विकार गरी सकेको भए पनि जिल्ला सदरमुकाम नजिक रहेको रुगा गाबिसकि एक महिलालाई कुटपिट गरी मुखमा पिसाब खुवाईएको छ ।
रुगा गाबिस वडानम्बर ८ फोईपाटा निबासि ३८ बर्षिय जनला बढुवाल दुई महिना अगाढी आफनै देवर नाता पर्ने सोही गाँउका प्रेम बढुवालसंग भागेर भारत गएकि थिईन ।

भारतबाट दुबै जना फर्केको र केही दिन सदरमुकाम गमगढीमा बसेपछि गाँउलेहरुले दुबैजनाका बच्चाहरुको बिचल्लि हुने भन्दै अघिल्ला पति हरिबहादुर बढुवालले पत्नि स्विकार गरेका थिए । तर गाँउलेहरुले दुबै घर परिवारलाई समाजिक बहिस्कार गरेपछि सोमबार दिउसो १२ बजे सात जना मिलेर जनलालाई घरमै गई कुटपटि गरी पिसाब खुवाईएको हो ।

गाँउलेहरुले हरिबहादुर र प्रेमका सबै परिवारलाई सामजिक बहिस्कार गरेका छन । उनिहरुलाई गाँउको धारामा समेत पानि खान दिएका छैनन भने अन्य सामुहिक काम समेत संलग्न हुन दिएका छैनन । सोमबार दिउसो जनलाको घर नजिक रहेको धाराको पाईपलाईन उखेलेर घरमै पसि सोही गाँउका जनलालाल बढुवाल, नरेन्द्र बढुवाल, राजमति बढुवाल, कपुर बढुवाल, जनसिंह बढुवाल र ज्ञानसिंह बढुवालले कुटपिट गरी मुख खोलि पसिाब खुवाइएको पिडित जनला बढुवालका भाई जनबहादुर खड्काले बताएका छन ।

पिडितका भाई जन बहादुरका अनुसार आफनो दिदीलाई गाँउलेहरुले बाध्य बनाएर अर्कोसंग हिड्नु परेको र पुन घर फर्कि भिनाजुले आफनो पत्नि भनि स्विकार गरेसके पनि गाँउलेहरुले सामजिक बहिस्कार गरेका थिए । उहाँहरुका घरपरिवारले समेत स्विकार गरेका बेला घरमै गई कुटपिट गरी अमानबिय तरिकाले पिसाब खुवाईयो ,कार्बाहीका लागी आफुहरुले घाउ चेक जाँचका लागी जिल्ला प्रहरी कार्यालयमा निबेदन दर्ता गराई सकेको पिडीतका भाई खड्काले बताए ।

कुटपिटबाट घाईते भएकि पिडित बढुवालको अहिले जिल्ला अस्पतालमा उपचार भईरहेको छ । उनको टाउकोको देब्रे भागमा गम्भिर चोट लागेको छ पाँच टाँका लगाईएको उनका आफन्तले बताएका छन ।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी नायब उपरिक्षक लोक बहादुर जिसिले दिएको जानकारी अनुसार पिडितले प्रहरी कार्यालयमा घाउ चेक जाच केसफारमका लागी दिएको निबेदन दर्ता भईसकेको र घटनाको मुचुल्का हेरी कार्बाही हुने तथा बुधबार मात्र प्रहरी घटना स्थलमा पुगेको भए पनि आरोपित कसैलाई नभेटेकाले प्रहरीले खोजतलास गरिरहेको बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु