१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा प्रहरीलाई निःशुल्क जग्गा दिने ६ जना सम्मानित

२७ आश्विन २०७४, शुक्रबार १४:५१

चिसाङ शेर्पा | असोज २७, खोटाङ | जिल्ला प्रहरी कार्यालय खोटाङले खोटाङ जिल्लामा रहेका बिभिन्न प्रहरीचौकीहरुलाई निःशुल्करुपमा जग्गा प्रदान गर्नुहुने ६ जना ब्यक्तिहरुलाई सम्मान गरेको छ ।

६२ औं प्रहरी दिबसको उपलक्षमा जिल्ला प्रहरी कार्यालय खोटाङले सुक्रबार आयोजना गरेको एक कार्यक्रममा रुपाकोट मझुवागढी नगरपालिका वडा नं. १३ नुनथलाका बीरस तामाङ, सोममाया तामाङ र मेनुका तामाङले नुनथला प्रहरी चौकीलाई निःशुल्क १२ आना जग्गा प्रदान गरे वापत सम्मान गरिएको हो ।

जग्गा प्रदन गरि सम्मानित हुनुहुने अन्य महानुभाबहरुमा जन्तेढुङ्गा गाउँपालिका वडा नं.  एकका भिमबहादुर राई, दिपु्रङ गाउँपालिका वडा नं. ४ भडारेका राजेन्द्र राई, दिपु्रङ गाउँपालिका वडा नं. ५ का मदन राई रहनु भएको छ ।

जन्तेढुङ्गाका भिमबहादुर राईले देबिस्थान प्रहरी चौकीलाई ६ आना दुई पैसा जग्गा प्रदान गर्नुभएको थियो भने, दिपुङका राजेन्द्र राईले भडारे प्रहरी चौकीलाई १ रोपनी जग्गा प्रदान गर्नु भएको थियो । त्यस्तै दिपु्रङकै मदन राईले रुपाकोट मझुवागढी नगरपालिकाको वडा नं.  ७ र वडा नं. ९ को सिमामा पर्ने तालखर्क प्रहरी चौकीलाई २ रोपनी १ आना जग्गा निःशुल्क प्रदान गर्नु भएको थियो ।

जिल्ला प्रहरी कार्यालयले जग्गादाताहरुलाई कार्यक्रमका प्रमूख अतिथी तथा प्रमूख जिल्ला अधिकारी एकदेब अधिकारीले सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

सोहि कार्यक्रममा खोटाङ जिल्लाका तीनजना अमर सहिद परिवारका आफन्तहरुलाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सम्मानित हुनुहुनेहरुमा रुपाकोट मझुवागढी नगरपालिका वडा नं. १ की कमलादेबी आर्चाय, सरस्वती ठाकुर र वडा नं. २ की लक्ष्मी श्रेष्ठ रहनु भएको छ । 

अमर सहित लक्ष्मी श्रेष्ठका छोरा हरिभक्त श्रेष्ठले कर्तब्यको शिलशिलामा २०५८ सालमा सोलुखुम्बुमा साहदात प्राप्त गर्नु भएको थियो । कमालादेबी आचार्यको छोरा जयप्रसाद आचार्यले ०६५ सालमा भोजपुरमा साहदात प्राप्त गर्नुभएको थियो भने, सरस्वती ठाकुरका छोरा नमराज ठाकुरले ०५८ सालमा रुकुममा शाहदात प्राप्त गर्नु भएको थियो । 

सहिद परिवारलाई कार्यक्रममा बिशेष अतिथी तथा जिल्ला समन्वय समितिका उप प्रमुख गोमादेबी खत्रीले दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो ।

जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार खोटाङ जिल्लामा कर्तब्य निभाउने क्रममा बिभिन्न समयमा साहदात प्राप्त गर्नुहुने २६ जना रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन