२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

जिल्ला अस्पताल मुगुमा ब्लड ब्याकको मिती सकिदा रगत संकलनमा समस्या

२०७२, ९ चैत्र मंगलवार १३:०६

mugu newsचैत ९, मुगु । जिल्ला अस्पतालमा रहेको रक्त सञ्चार केन्द्रमा रहेका ब्लड ब्याकको मिती सकिए पछि रक्त अल्पता भएका विरामीलाई रगत दिन समस्या भएको छ ।

कार्कीबाडा गाविस वडा नम्बर १ निवासी २३ वर्षीया संगीता रावललाई सोमवार घरमा प्रसुती पछि अत्याधिक रक्तश्राव हुँदा जिल्ला अस्पताल ल्याईएको थियो । सोमबार अस्पताल ल्याईएकी रावलको शरिरमा हेमोग्लोविनको मात्रा ८ दशमलव ४ मात्र रहेकोले उनको अबस्था खतरा पुर्ण अवस्था रहेको जिल्ला अस्पतालले जनाएको छ ।

उनलाइृ तत्काल एक पैण्ट रगत चाहिएको अस्पतालले जनाएको छ । तर जिल्ला अस्पतालमा नेपाल रेडक्रस सोसाईटीले स्थापना गरेको रक्त सञ्चार केन्द्रमा कर्मचारी समेत नहुँदा थप समस्या भएको छ । रक्त सञ्चार केन्द्रमा रहेका ब्लड बैंकमा रहेका ब्लड ब्याकहरुको म्याद सकिएका कारण विरामीलाई रगत दिन नसकिएको जिल्ला अस्पताल मुगुका आमा सुरक्षा कार्यक्रमका फोकल पर्शन सरोजा घिमिरेले जानकारी दिईन ।

जिल्ला अस्पतालमा रहेको रक्त सञ्चार केन्द्रका लागि रेडक्रसले आवश्यक पर्ने उपकरण व्यवस्था गरि दिएको , एक जना ल्याव टेक्निसियन व्यवस्था गरेको भए पनि लामो समय सम्म रगत सञ्चय गर्न सक्ने व्यवस्था गर्न नसकिएको नेपाल रेडक्रस सोसाईटी मुगुका मन्त्री जयबहादुर मल्लले बताए । रक्त अल्पता भएका बिरामी कहिले काँही मात्र आउने र रक्त सञ्चार केन्द्रमा रहेका ब्लड ब्याकहरको म्याद सकिदा समस्या उत्पन्न हुँदा नेपालगञ्जबाट ब्लड ब्याक ल्याउने तयारी भई रहेको उनले जानकारी दिए ।

ब्लड ब्याकको अभाव हुँदा रक्त अल्पता भएकी संगीतालाई रगत दान दिन जिल्ला अस्पताल पुगेको नेपाली सेनाको टोली रगत नदिएरै फर्किएको थियो । रगत आवश्यकता परेको भन्दै जिल्ला स्वास्थ्य कार्यालयले स्थानीय सञ्चार माध्यमबाट सार्वजनिक सुचना गरे पछि रगत दिन जिल्ला अस्पताल पुगेको सेनाको टोलीलाई जिल्ला स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख डाक्टर रत्नविर सुनारले रगत चाहिएको सुचना आफुले नगरेको भन्दै फिर्ता पठाई दिएको नेपाली सेनाका जवान जोशीले बताए ।

जिल्ला अस्पतालमा रक्त अल्पता भएका विरामी आउदा सदा भरि जस्तै यस्तै समस्या व्यहोर्नु परिरहेको छ । तर जिल्ला स्वास्थ्य तथा जिल्ला अस्पताल प्रशासनिक र व्यवस्थापकिय पक्ष कमजोर रहेको देखिएको नागरिक समाज मुगुका अध्यक्ष ज्ञानेन्द्रबहादुर शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु