१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

जिल्ला अस्पताल मुगुमा ब्लड ब्याकको मिती सकिदा रगत संकलनमा समस्या

९ चैत्र २०७२, मंगलवार १३:०६

mugu newsचैत ९, मुगु । जिल्ला अस्पतालमा रहेको रक्त सञ्चार केन्द्रमा रहेका ब्लड ब्याकको मिती सकिए पछि रक्त अल्पता भएका विरामीलाई रगत दिन समस्या भएको छ ।

कार्कीबाडा गाविस वडा नम्बर १ निवासी २३ वर्षीया संगीता रावललाई सोमवार घरमा प्रसुती पछि अत्याधिक रक्तश्राव हुँदा जिल्ला अस्पताल ल्याईएको थियो । सोमबार अस्पताल ल्याईएकी रावलको शरिरमा हेमोग्लोविनको मात्रा ८ दशमलव ४ मात्र रहेकोले उनको अबस्था खतरा पुर्ण अवस्था रहेको जिल्ला अस्पतालले जनाएको छ ।

उनलाइृ तत्काल एक पैण्ट रगत चाहिएको अस्पतालले जनाएको छ । तर जिल्ला अस्पतालमा नेपाल रेडक्रस सोसाईटीले स्थापना गरेको रक्त सञ्चार केन्द्रमा कर्मचारी समेत नहुँदा थप समस्या भएको छ । रक्त सञ्चार केन्द्रमा रहेका ब्लड बैंकमा रहेका ब्लड ब्याकहरुको म्याद सकिएका कारण विरामीलाई रगत दिन नसकिएको जिल्ला अस्पताल मुगुका आमा सुरक्षा कार्यक्रमका फोकल पर्शन सरोजा घिमिरेले जानकारी दिईन ।

जिल्ला अस्पतालमा रहेको रक्त सञ्चार केन्द्रका लागि रेडक्रसले आवश्यक पर्ने उपकरण व्यवस्था गरि दिएको , एक जना ल्याव टेक्निसियन व्यवस्था गरेको भए पनि लामो समय सम्म रगत सञ्चय गर्न सक्ने व्यवस्था गर्न नसकिएको नेपाल रेडक्रस सोसाईटी मुगुका मन्त्री जयबहादुर मल्लले बताए । रक्त अल्पता भएका बिरामी कहिले काँही मात्र आउने र रक्त सञ्चार केन्द्रमा रहेका ब्लड ब्याकहरको म्याद सकिदा समस्या उत्पन्न हुँदा नेपालगञ्जबाट ब्लड ब्याक ल्याउने तयारी भई रहेको उनले जानकारी दिए ।

ब्लड ब्याकको अभाव हुँदा रक्त अल्पता भएकी संगीतालाई रगत दान दिन जिल्ला अस्पताल पुगेको नेपाली सेनाको टोली रगत नदिएरै फर्किएको थियो । रगत आवश्यकता परेको भन्दै जिल्ला स्वास्थ्य कार्यालयले स्थानीय सञ्चार माध्यमबाट सार्वजनिक सुचना गरे पछि रगत दिन जिल्ला अस्पताल पुगेको सेनाको टोलीलाई जिल्ला स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख डाक्टर रत्नविर सुनारले रगत चाहिएको सुचना आफुले नगरेको भन्दै फिर्ता पठाई दिएको नेपाली सेनाका जवान जोशीले बताए ।

जिल्ला अस्पतालमा रक्त अल्पता भएका विरामी आउदा सदा भरि जस्तै यस्तै समस्या व्यहोर्नु परिरहेको छ । तर जिल्ला स्वास्थ्य तथा जिल्ला अस्पताल प्रशासनिक र व्यवस्थापकिय पक्ष कमजोर रहेको देखिएको नागरिक समाज मुगुका अध्यक्ष ज्ञानेन्द्रबहादुर शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो