Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

जिल्ला समन्वय समितिको कार्यालय कास्कीमा चोरी

२९ आश्विन २०७४, आईतवार ०५:३०

पोखरा २९ असोज । जिल्ला समन्वय समितिको कार्यालय कास्कीको राजश्व शाखाको काउन्टरमा शुक्रबार राति चोरी भएको छ । समितिकै सुरक्षा गार्ड डम्बरबहादुर गुरुङले चोरीमा आफ्नो संलग्नता रहेको स्वीकार गरेका छन् ।गुरुङले कार्यालयको १०६ नम्बर कोठाको दराज खोलेर त्यसभित्र रहेको सेफको एक छेउमा सानो प्वाल पारेर रकम निकालेको घटनास्थलको अनुसन्धानपछि प्रहरीले जनाएको छ । घटना शुक्रबार राति ११ बजेतिरको हो । शुक्रबार राति नै ती गार्डले समितिका एक कर्मचारीलाई फोन गरेर चोरीको बारेमा जानकारी गराएका थिए ।त्यसलगत्तै घटनास्थल पुगेको प्रहरीले केरकार गर्दा गुरुङले ५ जनाको समूह आएर आफूलाई डोरीले रुखमा बाँधेपछि उनीहरुलाई चाबी दिएको र त्यसपछि भित्र के भएको हो थाहा नभएको बताएका थिए ।प्रहरीले तत्काल उनलाई नियन्त्रणमा लिएको थियो । ब्लु हेभन सेक्युरिटी कम्पनीमार्फत् गुरुङ २ वर्षदेखि जिविसमा काम गर्दै आएका थिए । उनले शुक्रबार राति मादक पदार्थ सेवन पनि गरेको प्रहरीले जनाएको छ ।कम्पनीबाट अर्को सुरक्षा गार्ड मगाएर जिससमा तैनाथ गरेपछि प्रहरीले गुरुङलाई नियन्त्रणमा लिएको हो । रातपरेपछि प्रायजसो मादक पदार्थ सेवन गर्ने गुरुङको बानी नै थियो । समितिका कर्मचारीले यो कुरा थाहा पाए पनि बेवास्ता गर्दै आएका थिए ।प्रहरीले फकाएर सोध्ने क्रममा आफूले नै सेफको छेउमा सानो प्वाल बनाएर ८ हजार ५ सय रुपैयाँ निकालेको स्वीकार गरेका छन् । उनले उक्त रकम कार्यालय परिसरकै धूपीका बोटभित्र लुकाएर राखेका थिए । जिससले भने ३ लाख ७७ हजार ९ सय ५० रुपैयाँ सेफबाट चोरी भएको उजुरी प्रहरीलाई दिएको छ ।घटनामा कार्यालयका अन्य कर्मचारीको संलग्नता रहे नरहेको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सेफमा दराजमा ५ लाख ४ सय ४५ रुपैयाँ भेटिएको छ ।कार्यालयमा जम्मा भएको राजश्व समयमै बैंक दाखिला नगरेको भन्दै जिल्ला समन्वय समिति कास्कीले राजश्व शाखामा कार्यरत खरिदार सुनिल थापालाई कारवाही थालेको छ । थापालाई कारवाही गर्न समितिले शनिबारै पत्र तयार गरिसकेको छ । बिदाको दिन भएकाले आइतबार उनले पत्र बुझ्नेछन् ।समितिका आन्तरिक लेखा परीक्षक अधिकृत रोमनाथ उपाध्यायले राजश्व जम्मा भएकै दिन वा भोलिपल्ट बैंक खातामा दाखिला गर्नुपर्नेमा सो नदेखिएको बताए । नियमानुसार बैंकमा दाखिला नगरेको रकमको २५ प्रतिशत जविाना थापाले तिर्नुपर्ने भएको छ । जिविसकै पूर्व कर्मचारीका छोरा थापा करारका कर्मचारी हुन् ।कार्यालय प्रमुखले कारण पुष्टि गर्ने आधार भएमा १५ दिन वा १ महिनाभित्र दाखिला गर्न सकिने प्रावधान छ । तर कुनै आधारबिनै खरिदार थापाले रकम खातामा जम्मा नगरेको पाइएको छ । खातामा राजश्व जम्मा भए नभएको बारेमा लेखा शाखाले पनि वास्ता नगर्नु गैरजिम्मेवारीपना रहेको समितिकै एक कर्मचारीले बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन