१ चैत्र २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

बेलायती राजदुत दुर्गम मुगुका गाउँगाउँमा

२२ चैत्र २०७२, सोमबार १४:१०

चैत २२, मुगु । यति वेला नेपालका लागि बेलायती राजदुत रिर्चाड मोरिस दुर्गम मुगुका गाउँमा घुमि रहेका छन । बेलायत सरकारको अन्र्तराष्ट्रिय सहयोग नियोग ( डिएफआईडी ) को आर्थिक सहयोगमा जिल्लामा सञ्चालित विकास योजनाको अनुगमन निरिक्षण गर्न आफ्नो टोली मुगु पुगेको उनले बताए ।

आईतवार सदरमुकाम गमगढी पुगेको राजदुतको टोलीले जिल्ला स्थित सरकारी कार्यालयको प्रमुखसंग जिल्लाको विकास निर्माणका विषयमा छलफल गरेको थियो । सोमबार विहान देखि राजदुत मोरिसले जिल्ला अस्पताल र जिल्ला स्वास्थ्य कार्यालयबाट प्रवाह हुने स्वास्थ्य सेवा तथा भौतिक संरचनाको निरिक्षण अबलोकन गरेका थिए ।

mugu sajhasabal 1

सोही क्रममा उनले नेपालका लागि आफुलाई बेलायत सरकारले जिम्मेवारी दिएर पठाएकाले नेपालको समग्र विकासका लागि आफुले गर्न सक्ने सहयोग गर्ने बताए । नेपाल र बेलायत सरकार बीच दुई सय वर्ष पुरानो मित्रता रहेको , दुवै देश बीच शैन्य सहयोग , पुर्वाधार तथा संस्थागत विकासका लागि हातेमालो भईरहेकाले अझै पनि यस्तो सहयोग र मित्रता कायम रहेने उनको भनाई थियो ,। डिएफआईडिले नेपालको स्वास्थ्य क्षेत्र सुधार गर्न स्वास्थ्य मन्त्रालयसंग मिलेर काम गरिरहेको , सडक निर्माण कार्यमा समेत सहयोग गरिरहेकाले अझै पाँच वर्षसम्म काम गर्ने गरि नेपाल सरकारसंग सहमति भई सकेको उनले बताए ।

mgu
ग्रामीण पहुँच कार्यक्रम अन्र्तगत निर्माणाधिन अवस्थामा रहेको गमगढी देखि धैन धुलाचौर सम्मको सडक, स्वास्थ्य कार्यालयमा सञ्चालित परिवार नियोजन कार्यक्रम , जिल्ला विकास समिति मार्फत सञ्चालित नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमबाट मुगुका जनता कति लाभान्वी भएका छन र थप के गर्न सकिन्छ भनेर मुगुका गाउँमा पुगेको उनले बताए । जिल्ला अस्पतालमा स्वास्थ्य कर्मिसंग अन्तरक्रिया गरेका माोरिसले जिल्ला अस्पतालमा रहेका विरामीसंग पनि केही बेर करा गरेको उनको टोली सदरमुकाम देखि एक घण्टा टाढा रहेको श्रीनगर गाविसको निगाले गाउँका स्थानीयसंग भेट गर्न पुगेका थिए ।

mugu sajhasabal

गाउँका स्थानीयले आफुलाई सडक निर्माण कार्यले रोजगारका अवसर सिर्जना गरे पनि सडक निर्माणले सडक आसपासका खोनेपानी , सिचाई, घट्ट, विद्युत जस्ता संरचना क्षेती भएकाले तत्काल ति योजनाहरु सञ्चालनमा ल्याउनु पर्ने माग गरे । स्थानीयको गुनासो सुनिसके पछि राजदुतसंगै गाउँमा पुगेकी डिएफआडीकी नेपाल प्रमुख डाक्टर गेल मर्गेटीले यि विषयमा तत्काल काठमाण्डौ पुगे पछि नेपाल सरकारका सम्बन्धित निकायसंग छलफल गरिने बताईन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अवैध आप्रवासीमाथि अमेरिका थप कठोर बन्दै, फेरि दुई नेपाली निकालिए  ९ वर्षीया बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा सशस्त्र प्रहरीका नायब निरीक्षक सई पक्राउ ललितपुरमा चुङ्गी खेल्ने विषयमा विवाद हुँदा २ किशोरमाथि चक्कु प्रहार, २ जना पक्राउ प्रधानमन्त्री ओलीको अभिव्यक्ति हटाएपछि फिल्म ‘राजागञ्ज’ प्रदर्शनमा सुर्खेतमा गुडिरहेको गाडीबाट हामफाल्दा एक जनाको मृत्यु धनुषाधाममा बस दुर्घटना: ३६ जना घाइते, कस्तो छ घाइतेहरुको अवस्था?(अपडेट) एक सय ७८ जना सवार अमेरिकी एयरलाइन्सको विमानको इन्जिनमा आगलागी भएपछि.. ३० दिने युद्धबिराम गर्न पुटिन तयार, राखे यी तीन सर्तहरू यस वर्ष को बन्लान् महामूर्ख ? यस्तो छ महामूर्ख सम्मेलनको इतिहास धनुषाधाममा बस दुर्घटना हुँदा २८ जनाभन्दा धेरै घाइते आज एकैदिन ४ हजारले बढ्यो सुनको मूल्य साहित्यकार लीलबहादुर क्षेत्रीको निधन संघीय संसद अन्तर्गत आज अर्थ समितिको बैठक बस्दै सोलुखुम्बुमा भाइरल सङ्क्रमणको प्रकोपले अस्पतालमा क्षमताभन्दा बढी बिरामी वुमन्स डे कप : आज अन्तिम खेल हङकङसँग खेल्दै नेपाल समाजवादी मोर्चाको बैठक आज बस्दै आज तराईका जिल्लामा होली पर्व मनाइँदै शुक्रबारको लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर आज देशका अधिकांश भाग सफा रहने त्रिभुवन विमानस्थलमा अवतरण गर्न लाग्दा एयर अरेबियाको जहाज ‘मिस एप्रोच ओभरसुट’