२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

बेलायती राजदुत दुर्गम मुगुका गाउँगाउँमा

२०७२, २२ चैत्र सोमबार १४:१०

चैत २२, मुगु । यति वेला नेपालका लागि बेलायती राजदुत रिर्चाड मोरिस दुर्गम मुगुका गाउँमा घुमि रहेका छन । बेलायत सरकारको अन्र्तराष्ट्रिय सहयोग नियोग ( डिएफआईडी ) को आर्थिक सहयोगमा जिल्लामा सञ्चालित विकास योजनाको अनुगमन निरिक्षण गर्न आफ्नो टोली मुगु पुगेको उनले बताए ।

आईतवार सदरमुकाम गमगढी पुगेको राजदुतको टोलीले जिल्ला स्थित सरकारी कार्यालयको प्रमुखसंग जिल्लाको विकास निर्माणका विषयमा छलफल गरेको थियो । सोमबार विहान देखि राजदुत मोरिसले जिल्ला अस्पताल र जिल्ला स्वास्थ्य कार्यालयबाट प्रवाह हुने स्वास्थ्य सेवा तथा भौतिक संरचनाको निरिक्षण अबलोकन गरेका थिए ।

mugu sajhasabal 1

सोही क्रममा उनले नेपालका लागि आफुलाई बेलायत सरकारले जिम्मेवारी दिएर पठाएकाले नेपालको समग्र विकासका लागि आफुले गर्न सक्ने सहयोग गर्ने बताए । नेपाल र बेलायत सरकार बीच दुई सय वर्ष पुरानो मित्रता रहेको , दुवै देश बीच शैन्य सहयोग , पुर्वाधार तथा संस्थागत विकासका लागि हातेमालो भईरहेकाले अझै पनि यस्तो सहयोग र मित्रता कायम रहेने उनको भनाई थियो ,। डिएफआईडिले नेपालको स्वास्थ्य क्षेत्र सुधार गर्न स्वास्थ्य मन्त्रालयसंग मिलेर काम गरिरहेको , सडक निर्माण कार्यमा समेत सहयोग गरिरहेकाले अझै पाँच वर्षसम्म काम गर्ने गरि नेपाल सरकारसंग सहमति भई सकेको उनले बताए ।

mgu
ग्रामीण पहुँच कार्यक्रम अन्र्तगत निर्माणाधिन अवस्थामा रहेको गमगढी देखि धैन धुलाचौर सम्मको सडक, स्वास्थ्य कार्यालयमा सञ्चालित परिवार नियोजन कार्यक्रम , जिल्ला विकास समिति मार्फत सञ्चालित नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमबाट मुगुका जनता कति लाभान्वी भएका छन र थप के गर्न सकिन्छ भनेर मुगुका गाउँमा पुगेको उनले बताए । जिल्ला अस्पतालमा स्वास्थ्य कर्मिसंग अन्तरक्रिया गरेका माोरिसले जिल्ला अस्पतालमा रहेका विरामीसंग पनि केही बेर करा गरेको उनको टोली सदरमुकाम देखि एक घण्टा टाढा रहेको श्रीनगर गाविसको निगाले गाउँका स्थानीयसंग भेट गर्न पुगेका थिए ।

mugu sajhasabal

गाउँका स्थानीयले आफुलाई सडक निर्माण कार्यले रोजगारका अवसर सिर्जना गरे पनि सडक निर्माणले सडक आसपासका खोनेपानी , सिचाई, घट्ट, विद्युत जस्ता संरचना क्षेती भएकाले तत्काल ति योजनाहरु सञ्चालनमा ल्याउनु पर्ने माग गरे । स्थानीयको गुनासो सुनिसके पछि राजदुतसंगै गाउँमा पुगेकी डिएफआडीकी नेपाल प्रमुख डाक्टर गेल मर्गेटीले यि विषयमा तत्काल काठमाण्डौ पुगे पछि नेपाल सरकारका सम्बन्धित निकायसंग छलफल गरिने बताईन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु