नन्दराम जैशी | असोज ३०, जुम्ला । जनसंख्या तथा वाताबरण मन्त्री मिथिला चौधरीले राज्य जलवायु परिवर्तनको असरबाट उम्कन नसक्ने बताउनुभएको छ । बढ्दो जनसंख्या बृद्धि, बन, बनस्पत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नन्दराम जैशी | असोज ३०, जुम्ला । जनसंख्या तथा वाताबरण मन्त्री मिथिला चौधरीले राज्य जलवायु परिवर्तनको असरबाट उम्कन नसक्ने बताउनुभएको छ । बढ्दो जनसंख्या बृद्धि, बन, बनस्पत"/>

2026-08-29 01:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राज्य जलवायु परिवर्तनको असरबाट उम्कन सक्दैन “मन्त्री चौधरी”

नन्दराम जैशी | असोज ३०, जुम्ला । जनसंख्या तथा वाताबरण मन्त्री मिथिला चौधरीले राज्य जलवायु परिवर्तनको असरबाट उम्कन नसक्ने बताउनुभएको छ । बढ्दो जनसंख्या बृद्धि, बन, बनस्पती र बन्यजन्तुको विनास तथा विभिन्न प्रकोपजन्य घटनाले गर्दा जलवायु परिवर्तनको असर दिन प्रतिदिन बढ्दै गएकाले राज्य समस्याबाट उम्कन नसक्ने उहाँको भनाइ छ । जलवायु परिवर्तन, खाद्य सुरक्षा र स्वच्छ पानी तथा हिमाली क्षेत्रमा यसका चुनौति र अवसरका विषयमा पहिलो पटक जुम्लामा आइतबारबाट शुरु भएको २ दिने राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री चौधरीले यस्तो बताउनुभएको हो ।  

जलवायु परिवर्तनले बालि उत्पादन, खानेपानि र स्वास्थ्यमा समस्या निम्त्याएको भन्दै त्यसको प्रत्यक्ष असर पर्वतियबासिले (माउन्टेन पिपुल) भोगेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, पर्वतियबासि अतिबृटि, अनाबृटि र माहामारिको चपेटामा छन् । जसका लागि वातावरण अनुकुलनका कार्यक्रम संचालन गर्न आवश्यक छ । वातावरण अनुकुलन नीति २०६७ कार्यान्वयनमा आएकोले सोहि अनुसार मन्त्रालयले योजना बनाइ कार्यक्रम संचालन गर्नेछ । यस अभियानमा अन्य सरकारी तथा गैर सरकारी निकायबाट संचालन भएका कार्यक्रमले पनि जलवायु परिवर्तन अनुकुलनमा सहज हुने मन्त्री चौधरीले बताउनुभयो ।   

जनसंख्या तथा वाताबरण मन्त्रालयका सचिब विश्वनाथ वलिले जलवायु परिवर्तन र बतावरण मैत्रि विकासलाई अघि बढाउनसके समस्या न्युनिकरण हुदै जाने बताउनुभयो । नेपाल जलवायु परिवर्तन जोखिमको हिसाबले विश्वमा चौथो देश रहेको भन्दै मन्त्रालयले थप अनुकुलनका कार्यक्रम ल्याउने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, सबैको ध्यान जलवायु परिवर्तनमा भएपनि अध्ययन, अनुसन्धानको कमिले खास समस्या र समाधानको उपाय छैन । यसमा चेतनाका कार्यक्रम संचालन गर्न आवश्यक छ । विगतमा मन्त्रालयले गरेका कामलाई निरन्तरता दिदै आगामि दिनमा पनि थप कार्यक्रम संचालन गर्न मन्त्रालय तयार रहेको सचिब वलीले बताउनुभयो । 

जनसंख्या तथा वातावारण मन्त्रालय, नेपाल विज्ञापन तथा प्रविधि प्रतिष्ठान, नेपाल पर्यटन बोर्ड, काठमाण्डौँ विश्व विद्यालय, किर्डाक नेपालको साझेदार तथा एनसिएएमआई को समन्वयमा सम्मेलनको आयोजना भएको हो । सम्मेलनमा कर्णालीको खाद्य सुरक्षा, जीविको पार्जन र वातावरणीय असरले पारेको प्रभावका बारेमा कार्यपत्र प्रस्तुत गरि निष्कर्ष सहितको व्यापक छलफल हुने मुख्य आयोजक संस्था किर्डाक नेपालले जनाएको छ । हिमाली क्षेत्रमा स्वच्छ पानी, यसको संरक्षण र प्रर्वद्धन, मानव अधिकार र यसको अवस्थाका विषयमा पनि सम्मेलनमा कार्यपत्र प्रस्तुत हुने बताइएको छ ।       

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो