३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

सदरमुकाम नजिकौका गाबिसमा सामाजिक सुरक्षा भत्ताको आुगमन ग्रर्न एलडीयो

२२ चैत्र २०७२, सोमबार १४:११

चैत २२, मुगु ।  सरकारले प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ता जिल्ला सदरमुकाम नजिकौका गाबिस श्रीनगर कार्कीबाडामा सामाजिक सुरक्षा भत्ता गाबिस सचिव बाट उपलब्ध भएनभएको अनुगमनको लागी जिल्ला बिकास समिति मुगुका स्थानिय बिकास अधिकारी प्रलाहल प्रशद पूर्णशैनिले अनुगमन गरेका छन । सदरमुकाम नजिकैका गाबिसहरुमा सामाजिक सुरक्षा भत्ता बेलैमा पुग्ने गरेको भए पनि भेक तिरका गाबिसहरुमा भने एक दुई महिना पछि मात्र पुग्ने गरेको पाईएको छ ।

आर्थिक बर्ष ०६७।०६८ देखि ०७१।०७२ सम्मको जिल्लाका २४ गाबिसको सामजिक सुरक्षा भत्तामा महाँलेखा परिक्षणले १७ करोड २३ लाख ६८ हजार रकम बेरुजी निकालिदिएपछि शनिबार जिल्ला बिकास समितिले सदरमुकाम गमगढी र कार्कीबाडा गाबिसका सामाजिक सुरक्षा भत्ता लिने ब्यक्तिहरुसंगको भेटघाटमा नजिकका गाबिसमा बेलैमा पुग्ने गरेका भए पनि ग्रामिण भेगमा भने एक दुई महिना पछि मात्र पुग्ने गरेको पाईएको हो ।

सरकारले कर्णालीका बालबालिकालाई मासिक दुई सय , यो बर्षबाट ७० बर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई औषधी उपचार सहित मासिक ५ सयका दरले ६ हजार र एकल महिला, पुर्ण अपाङ्गलाई मासिक एक हजार र आंशिक अपागंलाई मासिक पाँच सय उपलब्ध गराउदै आएको छ । सरकारले अपागं, जेष्ठ नागरिक, बालबालिका तथा एकल महिलालाई मासिक रुपमा भत्ता वितरण गर्ने गरेको भए पनि जिल्लाका ग्रामीण भेगका लक्ष्यीत समुदायले समयमा रकम पाउन नसकेको गुनासो गरेका छन ।

गाविस सचिवले सदरमुकामका श्रीनगर, कार्कीवाडा, पिना, रोवा, रुगा गाविसका लक्ष्यीत समुदायले आफ्नै घरमा सरकारले प्रदान गर्ने सुविधा पाए पनि सदरमुकाम बाहिरका समुदायले रकम पाउन सकेका छैनन । गाविस सचिवहरुले सामाजिक सुरक्षा कार्यक्रम अन्र्तगतको रकम लक्ष्यीत वर्गलाई वितरण गरे पनि अभिलेख सुरक्षित गर्न नसक्दा ठुलो परिमाणमा बेरुजु देखिएको जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी प्रलहादप्रसाद पुडासैनीले बताए । उनका उनुसार बिशेष गरी करान भेगका चार गाबिसका सचिब र त्यहाँका बासिन्दा काकारण सामजिक सुरक्षा भत्तामा केही अनिमियता भएको पाएको छ यस्का लागी जिल्ला बिकास समितिले अनुगमन गर्ने छ ।

समाजिक सुरक्षा भत्ता लिने जिल्ला भर बालबालिका १३ हजार ५सय ८८ जेष्ठ नागरिक ४ हजार ६ सय ८७ आसिंक अपाङ्ग ५० पुर्ण अपाङ्ग १ सय ३७ एकल महिला ९ सय ४२ जना रहेको जिल्ला बिकास समितिको तथ्याङ्कमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही