८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

प्रसोधन गर्न लैजादै गरेको ठुलो परिमाणको जडिबुटी बरामद

२४ चैत्र २०७२, बुधबार ११:३८

चैत २४, गमगढी । जिल्ला वन कार्यालयबाट ईजजात नै नलिई सदरमुकाम गमगढी बाट पिना गाबिसको बालैमा रहेको जडीबुटी प्रसोधन केन्द्रमा लैजादै गरेको ठुलो परिमाणको जडिबुटी प्रहरीले बरामद गरेको छ ।

ईजजात नलिई जिल्ला सदरमुकाम गमगढीबाट पिना गाबिसको बालै गाँउमा रहेको जडीबुटी प्रसोधन केन्द्र लैजादै गरेको ६० बोरामा रहेको ९ सय ५५ किलो ग्राम सुगन्धवाल नामक जडीबुटी प्रहरी चौकि चैनाले बरामद गरी जिल्ला वन कार्यलयमा बुझाएको हो ।

बुधबार बिहान ९ बजेर ४५ मिनेटमा भे १ त ५८८५ नम्बरको टयाक्टरमा लैजादै गरेको ६० बोरामा रहेको ९ सय ५५ किलो ग्राम सुगन्धवाल नामक जडिबुटी चैन प्रहरी चौकिले आफनो नियन्त्ररणमा लिई जिल्ला वन कार्यालयमा बुझाएको र अनुसन्धानका लागी टयाक्टर चालक जगत सिंह बोहोरा, सहचालक सुरत सिह बोहोरा र टयाक्टरमा सवार भएका भिम सेजुवालका साथै टयाक्टर लाई प्रहरीले आफनो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका निरीक्षक लोक बहादुर जीसिले जानकारी दिएका छन ।

बिना ईजजातमा ठुलो परिमाणको जडिबुटी प्रहरीले बरामद गरी वन कार्यालयमा बुझाएको छ । बरामद गरेको जडीबुटी नापतौल गरी मुचुल्का बनाई जिल्ला वन कार्यालयमा राखिएको छ जडीबुटी कस्को भन्ने बारे जानकारी नआएको जडीबुटी लैजादै गर्दा संकास्पद तिनजना लाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला वन कार्यालयका प्रमुख प्रेम शकंर चौधरीले बताए ।

सुगन्धवालको प्रति केजी १५ रुपैयाका दरले रावश्व तिर्नु पर्ने राजश्वनै नतिरी निकासी गर्न लागेकाले जडीबुटी बरामद भएको हो बरामद भएको जडीबुटीका धनीले १४ हजार ३ सय २५ रुपैया राजश्व छलेर नियम बिपरित निकासि गरेका छन । अनुसन्धान पश्चात आबश्यक कार्बाही हुने प्रमुख चौधरी भन्छन ।

बेला बेला राजश्व छलेर जडिबुटी निकासी हुने गरेको पाईएको भएपनि पहिलो पटक प्रहरीले ठुलो परिमाणमा बरामद गरेको छ । अहिले सबै भन्दा बढी बिना ईजाजत ठुलो परिमाणको जडीबुटी तिब्बत तिर निकासि हुने गरेको श्रोतको दाबि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी