२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

भारतको जागिर छाडी म्यादि प्रहरीमा आवेदन

२०७४, ३१ आश्विन मंगलवार १२:३१

नरी बडु | असोज ३१, बैतडी | जिल्लाको दशरथचन्द नगरपालिका– ७ सुर्कालका हेमराज बडु भारतको नयाँदील्लीमा रहेको एक अस्पतालमा रहेको क्यान्टीनमा कुकको काम गर्दथे । 

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि नेपाल सरकारले ठुलो संख्यामा म्यादी प्रहरीको माग गरेपछि उनि म्यादी प्रहरी बन्न नेपाल फकिएका छन् । हेमराजत एउटा उदाहरणमात्र हुन यसरी म्यादी प्रहरीमा एक महिने जागिर खान भारतको जागिर छाडी आएका धेरै युवाहरुले म्यादी प्रहरीमा आवेदन दिएका छन् ।

नेपाल सरकारले युवालक्षित विभिन्न कार्यक्रम हरु ल्याएको दाबि गरेपनि पछिल्लो समय नेपालमा बेरोजगारीको समस्या दिनानुदीन बढ्दै गएको छ । सुदूरपश्चिमको प्रमुख रोजगारीको केन्द्र मानिने भारतमा यस क्षेत्रका अधिकासं युवाहरु जाने गर्दछन् ।


एकिन तथ्याङ्क नभएपनि दिनैपछिच्छे युवाहरुका हुल भारतीय रोजगारीका लागि जाने गरेको देखिन्छ । तर भारत बाट रोजगारी गरेर तीहारको लागि फर्केका अधिकासं युवाहरुको म्यादी प्रहरीमा आक्रषण बढेपछि भारत जाने युवाहरुको संख्या पनि पातलिएको छ । म्यादिको निवेदन दिनेमा भारतबाट रोजगारी गरी तीहार मनाउन घर फर्केका युवाहरु बढी छन् ।  बेरोजगारीको समस्याले भारतका विभिन्न सहरहरुमा न्युन ज्यालामा कठिन काम गर्न बाध्य युवाहरु अहिले स्वदेश फर्किएका छन् ।

नेपाल सरकारले देशभरी ९८ हजार २ सय ६८ म्यादि प्रहरीको माग गरेको छ । ५५ दिनका लागि ठुलो संख्यामा नेपाल सरकाले कर्मचारी माग गरेपछि युर्वाहरु भारतको काम छोडेर नेपाल भित्रिएका हुन् । बैतडी जिल्लामा मात्रै एक हाजर आठ अठार युवाहले म्यादी प्रहरीमा आवेदन दिएका छन् ।

“नेपाल सरकारको जागिर खाने ठुलो इच्छ्या भएकाले एकै महिनाको लागि भएपनि म्यादी प्रहरीमार्फत देशको सेवा गर्ने मन छ” स्थानीय युवा संकरसिह दमाईले भने । भोट माग्ने बेला रोजगारीको ग्यारेन्टी गर्ने दलका नेताहरुले युवाहरुलाई कुनै किसमको रोजगारी दिन नसकेको र अहिले म्यादी प्रहरीमा  ढुलो संख्यामा भर्ना खुलेकाले भारतको काम छोडी म्यादी प्रहरीमा निवेदन दिन आएकोस्थानीय युवा महेशप्रसाद पन्तको भनाई छ ।

सुदूरपश्चिमका अधिकासं युवाहरु भारतका विभिन्न सहरहरुमा कठिन कामहरु गर्न बाध्य भएका छन् । जिम्मेवारीको काम राम्रो संग गरेपनि नेपाली भन्ने थाहापाएपछि आफुहरुलाई भारतिय मालिकहरुले दुख दिने गरेको युवाहरुको गुनासो छ । “नेपालमा जागिर पाईने आश मरेपछि आफुहरु भारतमा गएर न्यून ज्यालामा कठीन काम गर्न बाध्य छौँ” दमाईले भने । “भारतमा काम खोज्दा नेपाली हुँ भनेर परिचय दिए आफुहरुलाई कठिन काम गराउने भएकाले कहिलेत भारतियनै  हँु भनेर ढाँट्नुपर्छ ।” म्यादी प्रहरीमा निवेदन दिन आएका युवा भानदेव बडुले भने । गएको स्थानीय तह निर्वाचनमा पनि बैतडीका ७ सय बढी युवाहरुले म्यादी प्रहरीमा जागिर पाएका थिए । देशको सेवा गर्न मन सबैलाई भएपनि नेपालमा सेवा गर्ने अवसर समते नमिल्ने गरेकाले विदेशिनुपरेको युवाहरुको गुनासो छ ।

तश्विरमा: म्यादी प्रहरीमा आवेदन दिन फारम भर्दै बैतडीका युवाहरु । म्यादी प्रहरीमा आवेदन दिने अधिकासं युवाहरु भारतको जागिर छाडेर आएका छन् । तस्बिरः नरी बडु

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने