२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीका प्रहरीले यसरी प्रमाणित गरे आफ्नो इमान्दारिता

२०७४, १ कार्तिक बुधबार ११:२७

नरी बडु | कात्तिक १, बैतडी | बैतडीको दशरथचन्द नगरपालिका– १० बाराकोटका नरेन्द्र बुढाल भारतको मुम्बै एयरपोटमा काम गर्छन् । उनी आफ्नी पत्नी ज्योती भण्डारीका साथ तीहार मनाउन नेपाल फर्किए ।

बैतडीको जुलाघाट नाकाबाट नेपाल आएका उनले जुलाघाटको यात्रु प्रतिक्षालयमा विश्राम गर्दा आफुसंग रहेका झोलाहरुमध्ये एक थान झोला  सोहि ठाँउमा विर्सिए । उनको झोलामा पाँच तोला सुनका गरगहनाहरु पनि थिए । उक्त झोला मंगलबार बेलुका जुलाघाट प्रहरी चौकीको गस्ती टोलिले फेला पार्यो । झोलामा सुनका गरगहनाका साथ नरेन्द्र बुढालको परिचयपत्र पनि भेटिएपछि प्रहरीले उनलाई फोन सम्पर्क गरी गहना फेला परपेको बताए । लामो समयपछि फर्किएका नरेन्द्र दम्पत्ति तीहारको समयमा साढे पाँच तोला सुन हाराएपछि दुखि नहुनेत कुरै भएन् । तर प्रहरीले सुन फेला पारेको खबर सुनेपछि उनिहरु खुसिले गद्गद भए ।

माथिको तश्विरमा: यात्रु प्रतिक्षालयमा फेला पारेको साढे पाँच तोला सुन फिर्ता गर्दै जिल्ला प्रहरी कार्यालयको टीम र सहायक प्रमुख जिल्ला अधिकारी | 

बुधबार नरेन्द्र बुढाल र उनकी पत्नी ज्योती भण्डारीलाई प्रहरीले जिल्ला प्रहरी कार्यालयमानै बोलाई प्रशासन र पत्रकारहरुको रहोबरमा बुझाईदिए । हराएका गहना बुझ्दा निकै खुसि देखिएका उनले बैतडी प्रहरी प्रशासनलाई धन्यवाद दिनुका साथै । प्रहरीको इमान्दारिताको खुलेरै प्रसंसा गरे ।

“घरपरिवार र ससुरालीमा तीहार मनाउन मुब्बैबाट आएका हामीहरुको सुन हराएपछि होसै थिएन् । तर प्रहरीले फेला पारि बुझाउदा निकै खुसि भयौ” ज्योती भण्डारीले भनिन् ।

 प्रहरीलाई धन्यवाद दिन नरेन्द्रका सुसुरा अर्थात ज्योतीका बुबापनि जिल्ला प्रहरी कार्यालयमानै पुगे । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक हेरम्ब शर्माले सुन पाउने प्रहरीलाई रेकर्डमा देखिने गरी पुरुष्कार दिने घोषणा समेत गरे । “गस्ती प्रहरी टोलिको इमान्दारीतालाई उच्च कदर गर्दै रेकर्डमा देखिने गरी पुरुष्कार दिछौँ” शर्माले भने । हराएको सुन भेटिएपछि नरेन्द्र दम्पत्तिको  तीहार रमाईलो हुने भएको छ ।

यस्तै जिल्ला प्रहरी कार्याल, बैतडीले बुधबारनै विभिन्न समयमा भारतबाट ल्याईदै गरेका बरामद पटकाहरु पनि नष्ट गरेको छ ।  भारतको बजारबाट तीहारको समयमा ल्याउन लागिएका बरामद विभिन्न थरिका पटकाहरु प्रहरीले प्रशासन र पत्रकारहरुको रहोबरमा आजै नष्ट गरेको छ । पडकाले मानव स्वास्थ्यमा नकारात्कम प्रभाव पार्नुका साथै दुर्घटनापनि निम्त्याउन सक्ने भएकाले बरामद गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


तश्विरमा: बरामद पटका नष्ट गर्दै बैतडी प्रहरी | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा