Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ कार्तिक ०२ गते, दिउँसो १:३४ बजे काठमाडौँ - KTM, डोटी - DT, समाज

डोटीमा फेरी दुर्घटना, तीन जनाको मृत्यु (तश्विर सहित)

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

कर्ण चन्द | कात्तिक २, डोटी | डोटीको बड्डीकेदार गाउँपालिकामा बसस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ  । जिल्ला कै जोरायल गाउँपालिकामा दुर्घटना भएको  तीन दिन पछि फेरी अर्को दुर्घटना भएको हो ।

डोटीको बड्डीकेदार गाउँपालिका वडा नम्बर दुई खड्यौली स्थित सुनालेबाट घनगढी तर्फ जाँदै गरेको सुदुरपश्चिम यातायातको ना.३ ख. ५६४८ नम्बरको यात्रुबहाक बस दुर्घटना हुदा तीन जनाको मृत्यु भएको हो । बिहान १० बजेतिर भएको दुर्घटनाबाट २१ जना यात्रु घाईते भएका छन् ।

मृत्यु हुनेमा बड्डीकेदार–४ भुजाली बस्ने बर्ष ४७ का जगदिस चन्द र बड्डीकेदार–४ रोल बस्ने बर्ष ३५ की मिनादेवी पुनमगर रहेका छन् । त्यसैगरी अर्का मृत्यु हुनेमा सो ठाउँका लोकेन्द्र जेठाराकी तीन बर्षिकी छोरी पुष्पा कुमारी जेठारा रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरिक्षक शिबबहादुर सिंहले जानकारी दिनु भएको छ ।  दुर्घटना पछि बस चालक भने फरार रहेका छन् । घाईते हुनेहरु मध्ये चार जनाको अवस्था गम्भीर रहेको छ ।

घाईते हुनेहरुमा बोगटान गाउँपालिका वडा नम्बर २ केदारअखडा, बड्डीकेदार गाउपालीका वडा नम्बर ४ मान्नाकापडी र सोही गाउपालिका वडा नम्बर ५ लानाकेदारेश्वरका रहेकाछन् । घाईतेहरुलाई अहिले कर्णाली यातायातको ना.४ ख. ६५५२ नम्बरको बसमा उपचारको लागि धनगढी तर्फ लगिएको प्रहरीले जानकारी दिएको छ । बस सडकबाट १५० मिटर तल खसेको थियो । के कारणले दुर्घटना भएको हो भन्ने खुल्न नसकेको भएपनि कच्ची सडक भएका कारण दुर्घटना भएको अनुमान गरिएको छ ।