पर्वत । सदस्याता नविकरणको समयावधि सकिएपनि राजनीतीक दलीय स्वार्थमा लागेर नविकरण नरोकेको भन्दै पर्वत उद्योग वाणिज्य संघ विरुद्ध उजुरी परेको छ । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । सदस्याता नविकरणको समयावधि सकिएपनि राजनीतीक दलीय स्वार्थमा लागेर नविकरण नरोकेको भन्दै पर्वत उद्योग वाणिज्य संघ विरुद्ध उजुरी परेको छ । 

२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

उद्योग बाणिज्य संघ पर्वत विरुद्ध प्रशासनमा उजुरी

२०७४, ७ कार्तिक मंगलवार ०२:४६

पर्वत । सदस्याता नविकरणको समयावधि सकिएपनि राजनीतीक दलीय स्वार्थमा लागेर नविकरण नरोकेको भन्दै पर्वत उद्योग वाणिज्य संघ विरुद्ध उजुरी परेको छ । 

गत असोज ममान्त सम्म नयाँ सदस्य बनाउन पाउने वैधानीक व्यवस्था लत्याएर संघका पदाधिकारीहरुले घरैवाट सदस्यता नविकरण गरेपछि उवासंघकै पदाधिकारीले जिल्ला प्रशासन कार्यालय पर्वतमा उजुरी दर्ता गरेका हुन् ।

हरिओम शर्मा लामिछाने नेतृत्वको कार्यसमितिले अबैधानिक तरिकाबाट सदस्यता नविकरण गरी आगामी चुनावलाई प्रभाव पार्नको लागि ७ ठेली सदस्यता नविकरण कार्ड गायब बनाएपछि उवासंघमा खैलाबैला मच्चिएको हो ।

उवासंघकै अध्यक्ष, महासचिव सहितको टोलीले एकाएक सदस्यता नविकरण कार्डको ठेली लुकाएर घरबाटै अबैधानिक तरिकाबाट वितरण गरेको भन्दै उवासंघ का  उद्योग उपाध्यक्ष शिव शर्मा पौडेलले जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गरेका हुन् ।


आगामी पौषमा हुन लागको पर्वत उद्योग वाणिज्य संघको अधिवेशनमा मत प्रभावित पर्ने गरी प्रक्रिया नपुगेका सदस्यहलाई सदस्य बनाईएको भन्दै पौडेलले छानवीनका लागि उजुरी दिएका हुन् । उद्योग बाणिज्य संघ पर्वतका महासचिव ठाकुर वि पौडेलले घरै वाट सदस्यता नविकरण गरेका कारण आँफुले आवश्यक छानवीनका लागि आवेदन दिएको उद्योग उपाध्यक्ष पौडेलको आरोप छ ।


प्रशासनमा दिएको उजुरीमा सात सय ७१ देखी ८ सय ,८सय ५१ दोखी ९ सय , ९ सय एक देखी ९ सय ५० ,१२ सय ५१ देखी १३ सय ,१३ सय एक देखी १३ सय ५० ,र १३ सय ५१ देखी १४ सय नविकरण रसीद पदाधिकारी माफैत गायव गराएर अबैध रुपमा लुकाएर उक्त हर्कत देखाएका हुन् ।

कार्यसमिति भित्रै सुचना लुकाएर आर्थिक अनियमिता गर्दै आएको उद्योग उपाध्यक्ष पौडेलको आरोप छ । उवासंघका पछिल्ला गतिविधिमा  पारदर्शीता नदेखाएका कारण १७ सय ६३ व्यापारीहरु आवद्ध संस्थामा नेतृत्व हत्याउनको लागि अनेक उपाय लगाउने र त्यसको गलत प्रयोग बढ्दै गएको पनि देखाएको छ ।

सदस्यता नविकरणमा समेत अबैध धन्दा चलाएको  उद्योग बाणिज्य संघ पर्वतले अन्य कारोबार र महोत्सवमा समेत ठूलै घोटला गरेको हुन सक्ने देखिएको छ । आशिंक रुपमा कारोबारको हिसाब किताब मिलान गरेको देखाउने गरेको उद्योग बाणिज्य संघ पर्वतले विगतमा बर्षमा आयोजना गर्ने महोत्सवमा ठूलै आर्थिक रुपमा चलखेल र अनियमितता गर्दै आएको थियो ।


पदाधिकारीले भनेको समयमा सुचना दिन नसक्दा समस्या भएको उवासंघले स्वीकार गरेको छ । गलत कामलाई प्रसय दिदै हिडेको उवासंघको अहिले कोषाध्यक्ष र महासचिवको कार्यकक्षमा ताला लगाइएको छ ।  यसले उवासंघभित्र ठूलै चलखेल र घोटला हुने गरेको आशंकालाई थप मलजल गरेको     छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने