पर्वत । सदस्याता नविकरणको समयावधि सकिएपनि राजनीतीक दलीय स्वार्थमा लागेर नविकरण नरोकेको भन्दै पर्वत उद्योग वाणिज्य संघ विरुद्ध उजुरी परेको छ । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । सदस्याता नविकरणको समयावधि सकिएपनि राजनीतीक दलीय स्वार्थमा लागेर नविकरण नरोकेको भन्दै पर्वत उद्योग वाणिज्य संघ विरुद्ध उजुरी परेको छ । 

१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

उद्योग बाणिज्य संघ पर्वत विरुद्ध प्रशासनमा उजुरी

७ कार्तिक २०७४, मंगलवार ०२:४६

पर्वत । सदस्याता नविकरणको समयावधि सकिएपनि राजनीतीक दलीय स्वार्थमा लागेर नविकरण नरोकेको भन्दै पर्वत उद्योग वाणिज्य संघ विरुद्ध उजुरी परेको छ । 

गत असोज ममान्त सम्म नयाँ सदस्य बनाउन पाउने वैधानीक व्यवस्था लत्याएर संघका पदाधिकारीहरुले घरैवाट सदस्यता नविकरण गरेपछि उवासंघकै पदाधिकारीले जिल्ला प्रशासन कार्यालय पर्वतमा उजुरी दर्ता गरेका हुन् ।

हरिओम शर्मा लामिछाने नेतृत्वको कार्यसमितिले अबैधानिक तरिकाबाट सदस्यता नविकरण गरी आगामी चुनावलाई प्रभाव पार्नको लागि ७ ठेली सदस्यता नविकरण कार्ड गायब बनाएपछि उवासंघमा खैलाबैला मच्चिएको हो ।

उवासंघकै अध्यक्ष, महासचिव सहितको टोलीले एकाएक सदस्यता नविकरण कार्डको ठेली लुकाएर घरबाटै अबैधानिक तरिकाबाट वितरण गरेको भन्दै उवासंघ का  उद्योग उपाध्यक्ष शिव शर्मा पौडेलले जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गरेका हुन् ।


आगामी पौषमा हुन लागको पर्वत उद्योग वाणिज्य संघको अधिवेशनमा मत प्रभावित पर्ने गरी प्रक्रिया नपुगेका सदस्यहलाई सदस्य बनाईएको भन्दै पौडेलले छानवीनका लागि उजुरी दिएका हुन् । उद्योग बाणिज्य संघ पर्वतका महासचिव ठाकुर वि पौडेलले घरै वाट सदस्यता नविकरण गरेका कारण आँफुले आवश्यक छानवीनका लागि आवेदन दिएको उद्योग उपाध्यक्ष पौडेलको आरोप छ ।


प्रशासनमा दिएको उजुरीमा सात सय ७१ देखी ८ सय ,८सय ५१ दोखी ९ सय , ९ सय एक देखी ९ सय ५० ,१२ सय ५१ देखी १३ सय ,१३ सय एक देखी १३ सय ५० ,र १३ सय ५१ देखी १४ सय नविकरण रसीद पदाधिकारी माफैत गायव गराएर अबैध रुपमा लुकाएर उक्त हर्कत देखाएका हुन् ।

कार्यसमिति भित्रै सुचना लुकाएर आर्थिक अनियमिता गर्दै आएको उद्योग उपाध्यक्ष पौडेलको आरोप छ । उवासंघका पछिल्ला गतिविधिमा  पारदर्शीता नदेखाएका कारण १७ सय ६३ व्यापारीहरु आवद्ध संस्थामा नेतृत्व हत्याउनको लागि अनेक उपाय लगाउने र त्यसको गलत प्रयोग बढ्दै गएको पनि देखाएको छ ।

सदस्यता नविकरणमा समेत अबैध धन्दा चलाएको  उद्योग बाणिज्य संघ पर्वतले अन्य कारोबार र महोत्सवमा समेत ठूलै घोटला गरेको हुन सक्ने देखिएको छ । आशिंक रुपमा कारोबारको हिसाब किताब मिलान गरेको देखाउने गरेको उद्योग बाणिज्य संघ पर्वतले विगतमा बर्षमा आयोजना गर्ने महोत्सवमा ठूलै आर्थिक रुपमा चलखेल र अनियमितता गर्दै आएको थियो ।


पदाधिकारीले भनेको समयमा सुचना दिन नसक्दा समस्या भएको उवासंघले स्वीकार गरेको छ । गलत कामलाई प्रसय दिदै हिडेको उवासंघको अहिले कोषाध्यक्ष र महासचिवको कार्यकक्षमा ताला लगाइएको छ ।  यसले उवासंघभित्र ठूलै चलखेल र घोटला हुने गरेको आशंकालाई थप मलजल गरेको     छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए