2026-09-12 05:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सर्लाहीमा सुनचाँदी ब्यापारको हत्यामा संलग्न ४ अभियुक्त पक्राउ

सरोज यादव | कात्तिक ७, सर्लाही | सर्लाहीको हरिपुर नगरपालिकामा रहेको पिडारी बजारका सुनचाँदी व्यवसायी सुनिल साहको हत्यामा संलग्न ४ जना अभियुक्त पक्राउ परेका छन् । सोमवार जिल्ला प्रहरी कार्यालय मलंगवामा पत्रकार सम्मेलन गरि २७ वर्षका सुनचाँदी व्यापारी साहको हत्यामा संलग्न मध्ये ४ जनालाई पक्राउ गरि सार्वजनिक गरिएको हो ।

पक्राउ पर्नेमा, बरहथवा नगरपालिका – १६ गंगापुरका वर्ष २३ का कृष्ण साह, सोहि ठाउका वर्ष २५ का प्रभुनारायण महतो कविलासी नगरपालिका – १ पिपरिया वर्ष २१ का भोला मण्डल र लालबन्दी नगरपालिका – २ नेत्रगन्ज ( पुरनवास ) वर्ष २७ का  प्रकाश पासवान पक्राउ परेका हुन् ।

पक्राउ परेका ४ अभियुक्त मध्ये एक २३ वर्षे कृष्ण साह पनि पिडारी बजारमै सुनचाँदी ब्यापार गर्ने ब्यपारी हुन । उनले नै सुनिल साहको हत्या गराएको प्रहरिको एक प्रारम्भिक अनुसन्धान बाट पुष्टी भएको छ । सुनिलको ब्यापार राम्रो चलेको र हत्यारा कृष्ण साहको नचलेको कारण उनलाई आफुले हत्या गराएको प्रहरी समक्ष बयान दिएका छन् ।

गत असोज २४ गते साँझ हरिपुर नगरपालिकामा पर्ने पिडारी बजारमा रहेको सुनचाँदी पसल बन्द गरेर बुवा नागेन्द्र साहसँगै पसलमा रहेका गरगहना लिइ कविलासी नगरपालिकामा पर्ने पिपरियामा रहेको घर फर्किने क्रममा साहको गोली हानी हत्या गरिएको थियो ।

मृतक सुनिल साहका आफन्तले हत्यामा संलग्न अन्य अभियुक्तहरुलाई पनि तत्काल पक्राउ गरि कानुनी कारवाही गर्न माग गरेका छन् । मृतक बुवा नागेन्द्र साहले घटनाको सत्यतथ्य पत्ता लगाई अभियुक्तहरुलाई कडा कारवाहीको माग गरे ।

घटनामा संलग्न मुख्य योजनाकार र अन्य केही अभियुक्तहरु अझै फरार रहेका र उनीहरुको खोजी भैरहेको सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी राजेश थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग