Skip to content
Friday, July 17, 2026 Nepali Online Media

छठको दोस्रो दिन आज पञ्चमीको दिनभरि उपवास बसी नहाखाय गर्ने

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

कात्तिक ७, सर्लाही | मिथिलाञ्चलको महत्वपूर्ण छठ पर्व हिजो सोमबार बाट सुरु भएको छ । चार दिनसम्म मनाइने पर्वका लागि धनुषा, महोत्तरी, सर्लाही , सिरहा, सप्तरी, बारा, पर्सा, रौतहटसहित तराईका जिल्लाका नदी पोखरीलाई सजाइरहेका छन् ।

छठको दोस्रो दिन आज पञ्चमीको दिनभरि उपवास बसी नहाखाय गर्ने गरिन्छ भने साँझ नबचुल्होमा व्रतालुहरुले चोखो परिकार पकाएर खाने गर्छन् । खिर बनाइ डाली अनुसार उत्सर्ग गरी आफू तथा आफ्नो परिवारजनलाई दिने गरिन्छ । यसरी पञ्चमी तिथिमा दिनभरिको निराहार बसाइपश्चात बेलुका फलाहार गरिने कार्यलाई खरना भनिन्छ ।

ब्रतका क्रममा माछा, मासु, लसुन,प्याज, कोदो, मुसुरो जस्ता खानेकुरा त्याग्ने गरिन्छ । छठको दोस्रो दिनलाई खरना भनिन्छ ।

षष्ठीको दिन व्रत वस्नेहरु निराहार रही साँझ पवित्र कपडा लगाई पोखरी, नदी, तलाउ निर अस्ताउँदो सूर्यलाई ठकुवा , भुसुवा , केरा फलफुल, पान , सुपारी उखु आदिले अध्र्य दिई पूजा गरिन्छ । यसलाई साँझको अर्घ भन्ने गरिन्छ । भोलीपल्ट पनि पहिलेको नै उपकर्म गरि उदाउँदो सूर्यलाई अर्घ दिने गरिन्छ । त्यसलाई पारण भन्ने गरिन्छ । शरद ऋतुको जाडो र गर्मीको मिश्रित समयमा कार्तिक शुक्ल षष्ठीको वेलुका अस्ताउँदो र त्यसको भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ दिई यो पर्व मनाइने गरिन्छ ।

पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपासना गरी यो पर्व मनाउने गरिन्छ । महाभारतकालमा द्रौपतिसहित पाण्डवहरुले अज्ञात वासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवको आराधना गरेको र सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको कथन छ ।

छठको अवसरमा जनकपुरका गंगा सागर, धनुषा सागरसहितका दर्जनौ पोखरी र वीरगञ्जको घडीअर्वा पोखरी लगायत तराई का विभिन्न जिल्लाहरुमा  पूजा गर्न भक्तजनको विशेष भीड लाग्ने गर्दछ । काठमाडौंमा कमलपोखरी, वाग्मती किनारलगायतका स्थानमा छठ मनाइन्छ ।