सरोज यादव | सर्लाही, ७ | कात्तिक -सर्लाहीको बलरा नगरपालिकामा संचालनमा रहेको एउटा पेट्रोल पम्पमा मंगलवार दिनदहाडै हतियार देखाएर लाखौं रुपैया लुटपाट भएको छ ।
बलरा नगरपालिका वार्ड नम्बर ९ अचलगढमा रहेको संजय आयल स्टोरको संचालक संजय कुमार सिंहलाई एक मोटरसाइकलमा आएको तिन हतियारधारीको समूह हथियार देखाएर मोबाइल र लाखौं रुपैया लुटेर भागेको छ ।
संचालक सिंहबाट पैसा लुटेर संचालकलाई घरमै बन्द गरि लुटेरा भाग्नमा सफल भएको पिडित सिंहले बताएका छन् ।
घटनाको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीको डिएसपि राजेश थापाले जानकारी दिनुभयो ।