१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

देउसी भैलोबाट संकलीत रकमले गाँउमा प्लस टु खोलिने

८ कार्तिक २०७४, बुधबार ०९:१८

नन्दराम जैशी | कात्तिक ८, जुम्ला । जुम्ला तातोपानि गाउँपालिका–८ टोप्लाका स्थानीयले देउसी भैलो खेलेर संकलन गरेको १८ लाख ५० हजार रुपैया गाँउमा प्लस टु संचालनका लागि सहयोग गरेका छन् । हिन्दुहरुको महान पर्व तिहारको अवसरमा देउसी भैलो खेलेर सबैबाट थोरै थोरै जुटाएको रकमले गाँउमा प्लस टु संचालन गर्ने स्थानियको भनाइ छ ।

गाँउमै माध्यामिक विद्यालय भएपनि प्लस टु अध्ययनका लागि घर छोडेर बाहिर जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै गाँउमा प्लस टु संचालनका लागि देउसी भैलो खेलेर संकलन गरेको १८ लाख ५० हजार रुपैया सहयोग गरीएको स्थानिय नरेन्द्र शाहिले बताउनुभयो । एउटा पनि दरवन्दी नभएको टोप्ला स्थिति कालिका माध्यामिक विद्यालयमा प्लसस टु अर्थात कक्षा ११–१२ संचालन गर्नका लागि पहल भैरहेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुरत बहादुर शाहीको भनाइ छ ।

उहाँले भन्नुभयो, तातोपानि गाउँपालिका ८ टोप्लाका विद्यार्थीहरुलाई उच्चशिक्षा हासिल गर्नका लागि धेरै टाढा जिला भित्र र जिल्ला बाहिर जानु पर्ने बाध्यता छ । जसले गर्दा सबैको आर्थिक अवस्थाले साथ दिदैन । कतिपयले त एसइइ पास पछि पढाइ छोड्नु पर्ने बाध्यता छ । त्यसैले यस्ता समस्या समाधानको लागि पहल गर्न देउसी भैलो खेलेर रकम जम्मा गरी गाउँमै प्लस टु संचालन गर्ने अभियान थालेको शाहिले बताउनुभयो ।

अभियानमा सहयोग गर्न अपिल गर्दै उहाँले भन्नुभयो, मावि कक्षाको दरबन्दी नभएको अवस्थामा प्लस टु को दरबन्दीको कल्पना छैन । तर समुदायले निजि स्रोतबाट भएपनि प्लस टु संचालन गर्नेछन् । देउसीभैलो कार्यक्रममा अभिभावक, शिक्षक विद्यार्थी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, राजनीतिक दल, युवा युवती, जनप्रतिनिधि लगायत सहभागि भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए