२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

इलाममा माइक्रो बस दुर्घटना, १५ घाइते (को-को परे ?)

१५ कार्तिक २०७४, बुधबार ०७:२१

कात्तिक १५, इलाम । इलाम नगरपालिका–१०, गोदकमा मंगलबार काठमाडौंबाट बैंकका कर्मचारी भ्रमणमा लिएर आएको माइक्रो बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

बेलुकी ९ बजेतिर गोलाइमा अनियन्त्रित भइ बाटोभन्दा ५० मिटर तल माइक्रो खस्दा १५ जना घाइते भएका हुन् ।

घाइते हुनेहरुमा काठमाडौं–७ का ५२ वर्षीय किशोर खनाल, काठमाडौं–१५ का ३३ वर्षीय प्रभाष सिंह, काठमाडौंको बुढानिलकण्ठ–१ का ४१ वर्षीय बासुदेव भण्डारी, काठमाण्डौ ताराकिशोर–१० का ४८ वर्षीय ऋषिराम खत्री, काठमाडौं चन्द्रागिरी–१४ का ४१ वर्षीय अशोककुमार कार्की र काठमाडौंको कपन–११ का ५३ वर्षीय मेहरमान गुरुङ छन् ।

त्यस्तै, बागेश्वरी मनहरा–१० का ३५ वर्षीय जुहारीका घोरासैनी, तनहु भिमात–१ का ३८ वर्षीय नवराज लम्साल, काभ्रे बनेपा–९ का ३९ वर्षीय बिष्णुमान जैला, काभ्रेपलान्चोक पनौती नगरपालिका–११ का ४५ वर्षीय बिनोद गिरी, मकवानपुर हेटौडा उपमहानगरपालिका–५ का ५१ वर्षीय बिनोदकुमार पुडासैनी, स्याङ्जा बाग्लुङ नगरपालिका–११ का ३५ वर्षीय कमल पराजुली, सिन्धुपाल्चोक बेलेथी गाउँपालिका–७ का ५१ वर्षीय फलकप्रसाद पराजुली र ललितपुर–२३ का ५१ वर्षीय रिदीकुमार जोशी र इलाम–८ का २५ वर्षीय जीतबहादुर राई पनि घाइते भएका छन् ।

घाइते सबैको बिर्तामोडस्थित विएण्डसी हस्पिटलमा उपचार भइरहेको प्रहरी चौकी, तीनघरेले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य