लोकेन्द्र प्रशाद जोशी | कात्तिक १६, दार्चुला । देशकै सातौं धाम मानिने दार्चुलाको प्रमुख धार्मिक पर्यटकीय तिर्थस्थल मालिकार्जुनमा कार्तीक शुक्ल त्रियोदसिका दि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... लोकेन्द्र प्रशाद जोशी | कात्तिक १६, दार्चुला । देशकै सातौं धाम मानिने दार्चुलाको प्रमुख धार्मिक पर्यटकीय तिर्थस्थल मालिकार्जुनमा कार्तीक शुक्ल त्रियोदसिका दि"/>
२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

राष्ट्रकै सातौं धाम मालीकार्जुन शैल्य सिखरमा बुधबार पुजन जात्रा

२०७४, १६ कार्तिक बिहीबार १३:४३


लोकेन्द्र प्रशाद जोशी | कात्तिक १६, दार्चुला । देशकै सातौं धाम मानिने दार्चुलाको प्रमुख धार्मिक पर्यटकीय तिर्थस्थल मालिकार्जुनमा कार्तीक शुक्ल त्रियोदसिका दिन पूजन जात्रा लागेको छ । लेकम क्षेत्रको मालिकार्जुन गाउँपालिकामा पर्ने शैल्यशिखर धाममा प्रत्येक वर्ष असार शुक्ल त्रयोदशी र कार्तीक शुक्ल त्रयोदसिका दिन पूजन जात्रालाग्ने गर्दछ ।

हिन्दू धर्मावलम्वीहरुको आस्थाको धरोहर मानीने शैल्यशिखर धामको दर्शन गर्न विवाहित महिला तथा ब्रतवन्ध गरेका पुरुषहरुले १५ दिन अघिदेखी नै शुद्ध भएर जाने प्रचलन छ ।

शिखर धाममा मालिकार्जुन तथा भागाश्री अर्थात् शिव–पार्वतीको मुख्य वासस्थान रहेको मानिन्छ । शिखर धामको पवित्र मनले दर्शन गर्नाले सम्पूर्ण पाप नष्ट भई पूण्य प्राप्ति हुने, मनोकामना पूरा हुने र निसन्तानलाई सन्तान प्राप्त हुने जनविश्वास छ ।

यस वर्षको शिखर धामको दर्शन गर्न सयौ श्रद्धालु भक्तजनहरु शिखर तर्फ गएका छन । शिखर धामको दर्शन गर्न बुधबार नै नेपालका विभिन्न जिल्लाका साथै उत्तराखण्ड भारतबाट समेत ठूलो संख्यामा श्रद्धालु मालिकार्जुन पुगेका थिए । जात्रामा बत्ति बाल्न तथा पुजाआराधाना गर्नका लागी हरेक बर्ष हजारौ मानिसहरु शैल्यसिखर पुग्ने गरेका छन ।

मालीकार्जुन देबताको किम्वदन्ती अनुसार शैल्यसिखरका ८ ओटा रानीहरु रहेको र लेकमका बिभिन्न स्थानमा उनिहरुको वासस्थान रहेको छ । रानिहरुको बसोबास हुने सबै मन्दीरमा शुक्रबार अर्थात चतुदर्शी तिथिमा भब्य जात्रा लाग्ने गरेको छ । मालीकार्जुन गाउँपालीकाको मड मन्दीर, लेकम गाउँपालीका ५ मैखोली, ६ उचाकोट, २ गराडि लगायतका स्थानहरुमा मालीकार्जुनको बसोबास रहेको छ ।

यसैबिच शुक्रबार लाग्ने मालीकार्जुन मन्दीर मड जात्रामा हजारौ मानिसहरु सहभागी हुने अनुमान गरिएको छ । दमाहा बाजा, ब्यपार, खेलहरुको मुख्य आकर्षण रहेको यो जात्रामा दार्चुला बैतडी भारतको पिथौरागढबाट समेत मानिसहरु एब. भक्तजनहरु आउने गर्दछन् ।

विभिन्न ठाउँहरुबाट दमाहा बाँजा सहित मानिसहरु जात्रामा आउने गर्दछन् । यसरी आउने दमाहा बाँजा बजाउन मानिसहरुबीच प्रतिस्पर्धा नै हुने गर्दछ । रातभर दमाहा बजाएर विहानी पख सबै बाँजाहरुबीच प्रतिस्पर्धा गराई पहिलो तथा दोस्रो भनेर मन्दिरका मुखियाले विजयी भएको घोषणा गर्ने समेत चलन रहेको छ । मालिकार्जुनको जात्रामा रिठाचौपाता गाविसबाट आउने दमाहा बाँजा हरेक वर्ष प्रथम हुन्छ भने मालिकार्जुनकै दोस्रो । यसैगरी रिठाचौपाताको जयपूर मन्दिरमा लाग्ने जात्रामा मालिकार्जुनको दमाहा पहिलो हुन्छ ।


रातभरी जात्रा हेरेर सनिबार बिहान प्रसाद ग्रहण गरी मानिसहरु घर फर्कन्छन् । भने कोहीले बिहानी पख ठाडो खेल, ढुस्को तथा देउडा खेल्ने गर्दछन् ।

यसरी मनाइने जात्राको ऐतिहासिक, सांस्कृतिक तथा धार्मीका महत्वका साथै ब्यापारिक दृष्टिकोणले पनि महत्व थप बढाएको छ । जात्रलाई आफन्तजनसंग भेटघाट गर्ने अवसरका रुपमा पनि लिने गरिन्छ । तर, पछिल्लो समय जात्राको मौलिकता केही कम हुँदै गएको पाको पुस्ताका नागरिकहरुको भनाइ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से