११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटमा विभिन्न अभियोग लागेका चार जनालाई जेल चलान

१ चैत्र २०७२, सोमबार १२:५०

दलसिंह गिरी/चैत १, कालिकोट । विभिन्न घटनामा संलग्न रहेको भन्दै अदालतबाट अभियोग लागी फरार रहेका कालिकोटका ४ जनालाई प्रक्राउ गरि कैद तथा जरिमानाका लागि जिल्ला अदालत मार्फत कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कालिकोटमा कार्यरत प्रहरी नायक उपरिक्षक लोकेन्द्र सिंह कार्कीको नेतृत्वमा खटिएको टोलीले जारी मुद्दा लागेका धौलागोह गाविस वडा नं. १ का ६६ बर्षिया खड्के रोकाया, कर्तब्य ज्यान मुद्दा लागेका धौलागोह वडा नं. १ बस्ने बर्ष ६१ का बसन्त सार्की, चारी मुद्दा लागेका मेहलमुडी गाविस वडा नं. ४ का ५६ बर्षे राज बहादुर बमलाई यहि गएको फागुन २८ गते प्रकाउ गरी कैद तथा जरिमानाको लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

यसै गरी लालु गाविस वडा नं. ४ बस्ने बर्ष ४३ का पदमसिंह विष्टलाई जारी मुद्दाको अभियोगमा यहि गएको फागुन २९ गते प्रकाउ गरी कैद तथा जरिमानाका लागि कारागार चलान गरिएको प्रहरी कार्यालयले जनाएको छ ।

यि चारै जनालाई जिल्ला अदालतले गरेको फैसला अनुसार कारवाहीका लागि कारागार चलान गरिएको एक सूचना मार्फत प्रहरी कार्यालय कालिकोटले जानकारी दिएको हो । कैद तथा जरिमाना भोग्ने धौलागोहका खड्के रोकायालाई १ दिन ३० घडी कैद, धौलागोहका बसन्त सार्कीलाई ३ महिना कैद र ३ सय रुपैया जरिमाना, मेहलमुडीका राज बहादुर बमलाई ८ दिन कैद ९ हजार ५ सय रुपैया जरिमाना र लालु पदमसिंह विष्टलाई ३ दिन कैद १ सय रुपैया जरिमाना तोकिएको र अभियुक्त चारै जनालाई आजै कारवाहिका लागि कारागार चलान गरिएको प्रहरी कार्यायले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु