२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटमा विभिन्न अभियोग लागेका चार जनालाई जेल चलान

२०७२, १ चैत्र सोमबार १२:५०

दलसिंह गिरी/चैत १, कालिकोट । विभिन्न घटनामा संलग्न रहेको भन्दै अदालतबाट अभियोग लागी फरार रहेका कालिकोटका ४ जनालाई प्रक्राउ गरि कैद तथा जरिमानाका लागि जिल्ला अदालत मार्फत कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कालिकोटमा कार्यरत प्रहरी नायक उपरिक्षक लोकेन्द्र सिंह कार्कीको नेतृत्वमा खटिएको टोलीले जारी मुद्दा लागेका धौलागोह गाविस वडा नं. १ का ६६ बर्षिया खड्के रोकाया, कर्तब्य ज्यान मुद्दा लागेका धौलागोह वडा नं. १ बस्ने बर्ष ६१ का बसन्त सार्की, चारी मुद्दा लागेका मेहलमुडी गाविस वडा नं. ४ का ५६ बर्षे राज बहादुर बमलाई यहि गएको फागुन २८ गते प्रकाउ गरी कैद तथा जरिमानाको लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

यसै गरी लालु गाविस वडा नं. ४ बस्ने बर्ष ४३ का पदमसिंह विष्टलाई जारी मुद्दाको अभियोगमा यहि गएको फागुन २९ गते प्रकाउ गरी कैद तथा जरिमानाका लागि कारागार चलान गरिएको प्रहरी कार्यालयले जनाएको छ ।

यि चारै जनालाई जिल्ला अदालतले गरेको फैसला अनुसार कारवाहीका लागि कारागार चलान गरिएको एक सूचना मार्फत प्रहरी कार्यालय कालिकोटले जानकारी दिएको हो । कैद तथा जरिमाना भोग्ने धौलागोहका खड्के रोकायालाई १ दिन ३० घडी कैद, धौलागोहका बसन्त सार्कीलाई ३ महिना कैद र ३ सय रुपैया जरिमाना, मेहलमुडीका राज बहादुर बमलाई ८ दिन कैद ९ हजार ५ सय रुपैया जरिमाना र लालु पदमसिंह विष्टलाई ३ दिन कैद १ सय रुपैया जरिमाना तोकिएको र अभियुक्त चारै जनालाई आजै कारवाहिका लागि कारागार चलान गरिएको प्रहरी कार्यायले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु