२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

साढे तिन किलो सिलाजितसहित जुम्लाका २ जना पक्राउ

२०७२, २ चैत्र मंगलवार १३:०४

दलसिंह गिरी/चैत २, कालिकोट । साढे तिन किलो कालो सिलाजित र कलेजी रंगको २ सय ५० ग्राम केशर सहित जुम्लाका २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी छोप्रे कालिकोटका इन्चार्ज प्रहरी सहायक निरिक्षेक राम बहादुर केसीको नेतृत्वमा खटिएको गस्ती टोलीले पाखा गाविस वडा नं. १ सेराबाडा स्थीत सडकमा हिडिरहेका जुम्लाका २ जनालाई संकास्पद ठानी खानतलासी गर्दा सिलाजित र केशर भेटिएकाले प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

पक्राउ पर्नेमा जुम्ला जिल्ला कनकासुन्दरी गाविस वडा नं. ७ सिजा बस्ने बर्ष २६ का बल बहादुर जिसी र २५ बर्षिया अनिल सुनार रहेको प्रहरीले जनाएको छ । यहि गएको फागुन २६ गते साझ ५ बजे तिर खटिएको गस्ती टोलीले निज २ जनालाई सोधपुछ गरी खानतलासी गर्दा सिलाजित र केशर फेला परेको र उक्त पदार्थ विक्रि वितरणका लागि जुम्लाबाट नेपालगंज तर्फ लिन लागेको प्रहरीले जनाएको छ । दुबै जना संग उक्त पदार्थ बिक्री बितरण तथा ओसार पसार, उत्पादन, सन्चय गर्ने कुनै ईजाजत नरहेको समेत प्रहरीले जनाएको छ ।

विक्रि वितरणका लागि कुनैपनि इजाजत पत्र नभएकाले तत्कालै निज दुवै जनालाई पक्राउ गरी बरामदी मुचुल्का सहित प्रहरी सहाय निरिक्षक राम बहादुर के.सीले प्रतिवेदन पारी कारबाहीका लागि बन ऐन अन्र्तगत जिल्ला बन कार्यालय कालिकोटमा बुझाईएको र जिल्ला बन कार्यालयले निजहरुबाट जनही रु १७५ रुपैया धरौटी लिई तारेखमा छाडेको समेत जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु