१३ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

साढे तिन किलो सिलाजितसहित जुम्लाका २ जना पक्राउ

२ चैत्र २०७२, मंगलवार १३:०४

दलसिंह गिरी/चैत २, कालिकोट । साढे तिन किलो कालो सिलाजित र कलेजी रंगको २ सय ५० ग्राम केशर सहित जुम्लाका २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी छोप्रे कालिकोटका इन्चार्ज प्रहरी सहायक निरिक्षेक राम बहादुर केसीको नेतृत्वमा खटिएको गस्ती टोलीले पाखा गाविस वडा नं. १ सेराबाडा स्थीत सडकमा हिडिरहेका जुम्लाका २ जनालाई संकास्पद ठानी खानतलासी गर्दा सिलाजित र केशर भेटिएकाले प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

पक्राउ पर्नेमा जुम्ला जिल्ला कनकासुन्दरी गाविस वडा नं. ७ सिजा बस्ने बर्ष २६ का बल बहादुर जिसी र २५ बर्षिया अनिल सुनार रहेको प्रहरीले जनाएको छ । यहि गएको फागुन २६ गते साझ ५ बजे तिर खटिएको गस्ती टोलीले निज २ जनालाई सोधपुछ गरी खानतलासी गर्दा सिलाजित र केशर फेला परेको र उक्त पदार्थ विक्रि वितरणका लागि जुम्लाबाट नेपालगंज तर्फ लिन लागेको प्रहरीले जनाएको छ । दुबै जना संग उक्त पदार्थ बिक्री बितरण तथा ओसार पसार, उत्पादन, सन्चय गर्ने कुनै ईजाजत नरहेको समेत प्रहरीले जनाएको छ ।

विक्रि वितरणका लागि कुनैपनि इजाजत पत्र नभएकाले तत्कालै निज दुवै जनालाई पक्राउ गरी बरामदी मुचुल्का सहित प्रहरी सहाय निरिक्षक राम बहादुर के.सीले प्रतिवेदन पारी कारबाहीका लागि बन ऐन अन्र्तगत जिल्ला बन कार्यालय कालिकोटमा बुझाईएको र जिल्ला बन कार्यालयले निजहरुबाट जनही रु १७५ रुपैया धरौटी लिई तारेखमा छाडेको समेत जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल