११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

मानव बेचविखन तथा ओसार पसार नियन्त्रण गर्न अभिमुखिकरण

२ चैत्र २०७२, मंगलवार १४:०४

दलसिंह गिरी/चैत २, कालिकोट । मानब बेचविखन तथा ओसार पसार नियन्त्रणका लागि समुदायलाई सचेतिकरण गराउन १ दिने अभिमुखीकरण गोष्ठीको आयोजना गरिएको महिला तथा बालबालिका कार्यालय कालिकोटले जनाएको छ ।

जिल्लाका भर्ता गाविस वडा नं ८, मान्म गाविस वडा नं. १, २, ३, ४, ५, ७, ८, फोईमहाँदेब गाविसको वडा नं १ नाग्म वजारमा गठित मानब बेचविखन तथा ओसारपसार नियन्त्रण समितिका पदाधिकारीहरुको क्षमता विकासका लागि गोष्ठीको आयोजना गरिएको कार्यालयले जनाएको हो ।

प्रमुख जिल्ला अधिकारी प्रदिप श्रेष्ठको प्रमुख आथित्यतामा जिल्ला सदरमुकाममा आज संचालित गोष्ठीमा प्रमुख अथिति श्रेष्ठले मानव बेचविखन तथा ओसार पसारको अर्थ र परिभाषका वारेमा सहभागिलाई प्रस्ट्याउनु भएको, मानव वेचविखन तथा ओसार पसार नियन्त्रण ऐन नियम र कार्यान्वयनको अबस्थाका वारेमा जिल्ला न्यायधिबक्त उत्तम थापाले सहजिकरण गर्नु भएको र मानव बेचविखन अपराध नियन्त्रणबारे समुदायमा गठित समुहले खेल्नु पर्ने भूमिकाबारे जिल्ला प्रहरी कार्यालय प्रमुख किसनसिंह वुडालले सहजिकरण गर्नुभएको महिला तथा बालबालिका कार्यालय कालिकोटले जनाएको छ ।

यसै गरी मानब बेचविखन तथा ओसार पसार नियन्त्रण कार्य योजना तयारीका विषयमा सहायक प्रमुख जिल्ला अधिकारी पदम लामिछाने र मानब बेचविखन विरुद्धको स्थानीय समिति गठन तथा परिचालन निर्देसिका २०७० का वारे महिला विकास अधिकृत सिता थापाले सहजिकरण गर्नुभएको महिला निरिक्षक सविता राणाले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु