१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

शान्तिकोट प्राथमिक विद्यालयलाई शान्तिक्षेत्र घोषणा

४ चैत्र २०७२, बिहीबार ०४:२६

चैत्र ४, कालिकाेट । जिल्ला सदरमुकाम मान्म देखि पश्चिम उत्तर तर्फ पर्ने मेहलमुडी गाविस वडा नं. २ उजेलगाउँमा रहेको शान्तिकोट प्राथमिक विद्यालयलाई एक कार्यक्रमको आयोजना गरी विद्यालय शान्ति क्षेत्र घोषणा गरिएको छ । विद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष मान बहादुर पुरीको अध्यक्षता, किर्डाक नेपाल कालिकोटका सुपरभाईजर नरेश दर्जीको आथित्यतामा विद्यालय ब्यवस्थापन समितिका पदाधिकारी, विद्यालयमा कार्यरत शिक्षक, अभिभावक, स्थानीय राजनैतिकदलको उपस्थिति १२ बुदे प्रतिवद्धता सहित विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरिएको विद्यालयका प्राधानाध्यापक कृष्ण बहादुर शाहीले टेलिफोन मार्फत जानकारी दिनु भएको छ ।

kalikot

कुनैपनि शिक्षक अभिभावकहरुले जाड रक्सी खाएर विद्यालय हाताभित्र प्रबेश नगर्ने, अभिभावहरुले आफ्ना साना बालबालिकाहरुलाई सूर्तिजन्य तथा मदिराजन्य पदार्थ किनमेल गर्न नलगाउने,  विद्यालय हाताभित्र छाडा चौपायाहरु नछाड्ने, विद्यालय हाता भित्र कुनैपनि राजनैतिक दलहरुले भेला आमसभा जस्ता कार्यक्रमहरु नगर्ने जस्ता १२ बुदे प्रतिवद्धता सहित विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरिएको प्राधानाध्यापक शाहीले बताउनु भएको हाे । विद्यालय शान्ति क्षेत्र घोषणा कार्यक्रमको संचालन विद्यालय अभिभावक देवनाथ योगीले गर्नु भएको शाहीले बताउनु भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु