२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

बन्ने भो बालबालिका सम्बन्धि श्रोत ब्यवस्थापन निर्देशिका

२०७२, ४ चैत्र बिहीबार ०९:३४

kalikot newsदलसिंह गिरी/चैत्र ४, कालिकोट । जिल्लाको विभिन्न सरकारी तथा गैर सरकारी निकायबाट बालकालिकाको नाममा परिचालन हुने श्रोतलाई एकिकृत गराउन जिल्लामै पहिलो पटक श्रोत ब्यवस्थापन निर्देशिका बन्ने भएको छ ।

बालबालिकाहरुको श्रोत नक्सांकनका लागि महिला तथा बालबालिका कार्यालय कालिकोट र जिल्ला स्तरिय सरोकारवाला निकायहरु सहभागितामा बसेको समन्वयात्क बैठकले यस्तो निर्णय गरेको हो ।

कालिकोट जिल्लामा बालबालिका सम्बन्धी काम गर्ने सरकारी तथा गैर सरकारी निकायहरु विच समन्वय गरी अगाडी बढ्ने उद्देश्यले आयोजना गरिएको बैठकमा विभिन्न निकायबाट बालबालिकाको नाममा उपलब्ध श्रोत नक्सांकनलाई ब्यवस्थीत गर्न श्रोत परिचालन निर्देशिका तयार पार्ने र यसका लागि महिला तथा बालबालिका कार्यालयको संयोजकत्वमा ५ सदस्यीय मस्यौदा समिति समेत गठन भएको जनाइएको छ ।

सदस्यमा जिल्ला विकास समितिका नारायण लामा, किर्डाक नेपालका खिम बहादुर केसी, हुरेन्डेकका खडानन्द चौलागाई र सहास नेपालका सर्मिला सुनुवार रहेका र समितिले एक हप्ता भित्र मस्यौदा समेत तयारी गरिसक्ने जनाइएको छ ।

समन्वयात्मक बैठकले बालबालिका सम्बन्धी काम गर्ने जिल्लाका सबै निकायले एक हप्ता भित्र जिम्मेवारी ब्यक्ति तोकि सबै निकायलाई जानकारी गराउने, नयाँ शैक्षिक सत्र सुरुहुन लागेको सन्दर्भपरी बालबालिकाहरुलाई जिल्ला बाहिर पठनपाठन गराउने निहुँमा बालबालिकाको ओसार पसार गर्ने प्रबृति बढेकाले सबै सरोकारवाला निकायलाई विशेष सतर्कता सहित यसको रोकथामका लागि अनुरोध गर्ने जस्ता विभिन्न निर्णयहरु गरिएको किर्डाक नेपालका खिम बहादुर केसीले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु