१३ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

बन्ने भो बालबालिका सम्बन्धि श्रोत ब्यवस्थापन निर्देशिका

४ चैत्र २०७२, बिहीबार ०९:३४

kalikot newsदलसिंह गिरी/चैत्र ४, कालिकोट । जिल्लाको विभिन्न सरकारी तथा गैर सरकारी निकायबाट बालकालिकाको नाममा परिचालन हुने श्रोतलाई एकिकृत गराउन जिल्लामै पहिलो पटक श्रोत ब्यवस्थापन निर्देशिका बन्ने भएको छ ।

बालबालिकाहरुको श्रोत नक्सांकनका लागि महिला तथा बालबालिका कार्यालय कालिकोट र जिल्ला स्तरिय सरोकारवाला निकायहरु सहभागितामा बसेको समन्वयात्क बैठकले यस्तो निर्णय गरेको हो ।

कालिकोट जिल्लामा बालबालिका सम्बन्धी काम गर्ने सरकारी तथा गैर सरकारी निकायहरु विच समन्वय गरी अगाडी बढ्ने उद्देश्यले आयोजना गरिएको बैठकमा विभिन्न निकायबाट बालबालिकाको नाममा उपलब्ध श्रोत नक्सांकनलाई ब्यवस्थीत गर्न श्रोत परिचालन निर्देशिका तयार पार्ने र यसका लागि महिला तथा बालबालिका कार्यालयको संयोजकत्वमा ५ सदस्यीय मस्यौदा समिति समेत गठन भएको जनाइएको छ ।

सदस्यमा जिल्ला विकास समितिका नारायण लामा, किर्डाक नेपालका खिम बहादुर केसी, हुरेन्डेकका खडानन्द चौलागाई र सहास नेपालका सर्मिला सुनुवार रहेका र समितिले एक हप्ता भित्र मस्यौदा समेत तयारी गरिसक्ने जनाइएको छ ।

समन्वयात्मक बैठकले बालबालिका सम्बन्धी काम गर्ने जिल्लाका सबै निकायले एक हप्ता भित्र जिम्मेवारी ब्यक्ति तोकि सबै निकायलाई जानकारी गराउने, नयाँ शैक्षिक सत्र सुरुहुन लागेको सन्दर्भपरी बालबालिकाहरुलाई जिल्ला बाहिर पठनपाठन गराउने निहुँमा बालबालिकाको ओसार पसार गर्ने प्रबृति बढेकाले सबै सरोकारवाला निकायलाई विशेष सतर्कता सहित यसको रोकथामका लागि अनुरोध गर्ने जस्ता विभिन्न निर्णयहरु गरिएको किर्डाक नेपालका खिम बहादुर केसीले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल