१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

पूर्व साक्षरता तथा गणितीय सिप विकासका लागि अभिमुखीकरण

६ चैत्र २०७२, शनिबार ०५:२७

kalikot sajhasabalदलसिंह गिरी/ चैत ६, कालिकोट । चार बर्ष मुनिका बालबालिकाहरुलाई रचनात्क तथा मनोरञ्जनात्क तरिकाले पढन पाठन गरी बानीको विकास गर्ने अभिप्रायले संचालित बालविकास केन्द्रका सहयोगीहरुलाई पूर्व साक्षरता तथा गणितीय सिप विकास अभिमुखिकरण गरिएको छ ।

किर्डाक नेपाल कालिकोट र सेभ द चिल्ड्रेनको संयुक्त साझेदारमा संचालित एकिकृत परियोजना कालिकोटको आयोजनामा संचालित कालिकोट १२ वटा गाविसमा संचालित बालविकास केन्द्रका सहयोगीलाई ५ दिने अभिमुखिकरण जिल्ला सदरमुकाम मान्ममा गरिएको हो ।
गएको फागुन ३० गते देखि किर्डाक नेपाल कालिकोटको सभा हलमा संचालन गरिएको अभिमुखीकरणमा प्रारम्भिक बालविकास केन्द्रको अवधारणा, पाठ्यक्रमको परिचय, पाठ्यक्रमको उद्देश्य, गणितिय सिप विकासका लागि आधारभूत ज्ञानबारे सहयोगीलाई अभिमुखीकरण गरिएको किर्डाक नेपाल कालिकोटका फिल्ड अधिकृत धनिराम न्यौपानेले बताउनु भएको छ ।

पाच दिने अभिमुखिकरणको सहजिकरण सेतो गुराँस सुर्खेतका जानकी देवकोटाले गर्नु भएको र अभिमुखीकरणमा परियोजना संचालित १२ वटा गाविसका २४ जना बालविकास केन्द्र सहयोगीहरुको सहभागीता रहेको फिल्ड अधिकृत न्यौपानेले बताउनु भएको छ ।

किर्डाक नेपाल कालिकोटले एकिकृत परियोजना मार्फत कालिकोटका १२ वटा गाविसका १ सय ८ विद्यालय, ९० वटा बालविकास केन्द्र, ७१ वटा बालक्लव, १२ गाउँबाल संरक्षण समिति र १२ गाउँ बाल शिक्षा समितिहरु संग मिलेर बालबालिका सम्बन्धि काम गरिरहेको एकिकृत परियोजनाका अधिकृत खिम बहादुर केसीले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु