२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटमा पहिलो पटक बालिका सम्मेलन

६ चैत्र २०७२, शनिबार ०५:३०

चैत ६, कालिकोट । ‘सक्षम बालिका समृद्ध नेपाल’ भन्ने मुल नाराका साथ कालिकोटमा पहिलो पटक बालिका सम्मेलन सम्मन्न भएको छ। सम्मेलनले नौ बुँदे प्रतिबद्धता जारी गर्दै सम्पन्न भएको हो। बाल विवाह अन्त्य गर्नका लागि सम्पूर्ण राजनीतिक दल, सरकारी कार्यालय, संघ, संस्था नागरिक समाज, पत्रकार, बालवालिका सबै सरोकारवालाले कानूनको परिपालनका लागि तयार रहेने बाचा गर्दै नौ बुँदे प्रतिबद्धता जनाएका छन् ।

balika sammelan - kalikot sajhasabal
सम्मेलनमा सहभागी बालबालिकाले बाल बिवाह अन्त्यका लागि जिल्लाका सरोकारवालाले प्रतिबद्धता गरे अनुसार काम नगरेको गुनासो गरे। सम्मेलनमा सहभागी किशोर प्रतिप तिरुवाले गाउँमा दलित र दलित बालबालिका माथि हुने बिभेदको अन्त्यका लागि सरोकारवालाको भूमिका विषमा प्रश्न उठाएका थिए।

सम्मेलनमा उपस्थित अधिकांश बालिबालिकाले बाल विवाह गर्नेलाई ठोस कानून नभएका कारण कार्वाही हुन नसकेको बताएका थिए। सम्मेलनमा सहभागी ज्वालाकुमारी बिकले बाल विवाह र बहुविवाह गर्नेलाई कडा कारवाही हुने नीति र कानूनको आवश्यकता रहेको औंल्याइन् । उनले बालविवाह र बहुबिवाह शिक्षित बर्गबाटै हुने गरेको बताइन् ।

ग्रामीण क्षेत्रका महिला आत्मानिर्भर नभएका कारण बाल विवाह र बहु विवाह हुने गरेको जिल्ला महिला विकास अधिकृत सिता थापा मगरले बताइन्। ुमहिलालाई आत्मनिर्भर बनाउन गाउँ गाउँमा महिला सहकारी संस्थाको स्थापना गरिएको र सहकारीमार्फत राज्यले विभिन्न जनचेतना मूलक कार्यक्रम संचालन गरेको छ,ु उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ