१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

पशुबली निषेधका लागी कालिकाेटमा अभियान

१० चैत्र २०७२, बुधबार ०२:०१

pashu bali birudhha kalikot

दलसि‌ह गिरी/चैत्र १०, कालिकाेट । जति जिब्रोको टेस्ट, उति पेटमा वेस्ट, जति पेटमा वेस्ट, उती रोगहरु बन्दछन् गेस्ट, जति बढ्दछन् गेस्ट, उती डाक्टरको चल्दछ टेस्ट, जति बढ्दछन् टेस्ट उती धनको हुन्छ वेस्ट, त्यसैले बन्धुहरु अमृत आरानै बेस्ट भन्ने मूल नाराका साथ नेपाल अहिंसाप्रेमी साकाहारी समाज नेपाल र श्री कृष्ण प्रणामी यूवा परिषद नेपालले कालिकोटमा पशुबली निषेध सचेतना कार्यक्रम गरेको छ ।

स्वस्थ जीवनको लागि आफू नै आफ्नो शरीरको डाक्टर बन्ने कलाको पारखी बनौं, दिनभर औषधीको पुरीयामा अल्मलिने खँस्कदो चालबाट संरक्षित हुन अमृताहारमा प्रबेश गरौं, जस्ता विभिन्न नाराहरु लगाउदै जिल्ला सदरमुकाम मान्म खाडाचक्र बजार परिक्रमा गरी प्रतिमाचोकमा एक प्रबचन कार्यक्रमकाे अायाेजना हाे ।

श्री कृष्ण प्रणामी यूवा परिषद शाखा कालिकोटका अध्यक्ष चन्द्र प्रसाद पौड्यालको अध्यक्षतामा भएको सचेतना र्याली तथा प्रवचन कार्यक्रममा स्वास्थ्य बर्दक नारा र जनचेतनात्मक धार्मिक प्रवचन गरिएको छ । मानव जीवन २१ अाै‌ शताब्दीकाे युगमा दाैडिरहेका छाै दाैरा सुरुवाल गुन्युचाेलीबाट बिच्कीएर टाइसुट र मिनिस्कटमा खस्कीएका छाै बासका कलमले शास्त्र गुथने रित अाज लेक्टवमा बिश्व नजिक भएका छाै तर परम्परागत रिति रिवाजकाे नाममा अाज पनि असहाय प्रणाली माथि हमला गर्दै छाै भन्दै नेपाल अहिंसाप्रेमी साकाहारी समाज नेपाल र श्री कृष्ण प्रणामी यूवा परिषद नेपाल काठ्माण्डौबाट आएको ३२ जनाको टोलीले शिष्टाचार, सदाचारका लागि यो अभियानको आयोजना गरेको जनाएको छ ।

काठ्माण्डाैबाट सुरु भएकाे यो नेपालगंज, सुर्खेत, दैलेख हुदै कालिकोट पुगेकाे र अब जुम्ला, मुगु हुदै कर्नालीका सबै जिल्ला सम्म पुग्ने योजना रहेको आयोजकले जनाएको छ । कालिकाेटमा बिभिन्न चार्ड पर्व र देवी देवताकाे नाममा बर्षेनी हजाराै खसीबाेकाकाे बली दिने गरिन्छ भने मासु खानकै लागि मात्र जिल्ला सदरमुकाम मान्ममा दैनिक ३ दर्जन बढी खसीबाेका र ५० बढी कुखुरा काट्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो