३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

घरघरमा गएर आखाँ परिक्षण गर्दै अधिकारी

२२ चैत्र २०७२, सोमबार ११:०४

aakha upacharदलसिंह गिरी/चैत २२, कालिकोट । आखाँ विरामीहरुका लागि मात्र उपचार गर्ने जिल्लाकै एकमात्र आखाँ उपचार केन्द्र जिल्ला आखाँ उपचार केन्द्रका इन्चार्ज डबल अधिकारीले आखाँ स्वास्थ्यलाई प्रभावकारी गराउन घरदैलो अभियान संचालन गर्नु भएको छ ।

नेपालभर मानिसको आखाँमा लाग्ने ट्रकोमा रोगको अवस्थाबारे सर्भेका लागि संचालित राष्ट्रिय अभियान अन्तर्गत जिल्लाभर ट्रकोमा विरामीको अवस्था बुझ्न घरदैलो अभियान संचालन गर्नु भएको हो ।

नमुना सर्भेका लागि छनोट गरिएका कालिकोटका २० वटा गाविसहरुमा यो अभियान संचालन गरिएको जिल्ला आखाँ उपचार केन्द्रका इन्चार्ज अधिकारीले बताउनु भएको छ ।

आखाँ उपचारकै शिलशिलामा हाल जिल्लाका ५ गाविस दाहाँ, पाँखा, छाप्रे, जुविथा र चिलखायामा आखा परिक्षण तथा उपचार गरिएको बताउनु भएको छ । गाविसका प्रत्यक वडामा प्रति वडा ३ सय देखि ४ सय विरामीहरुको आखाँ परिक्षण गरिएको अधिकारीले बताउनु भएको छ ।

ट्रकोमाको सर्भेका लागि विशेष गरी एक बर्ष देखि ९ बर्ष सम्मका बच्चा र १५ बर्ष देखि माथिका मानिसहरुको आखाँ परिक्षण गरिएको बताउनु भएको छ । आखाँ परिक्षणका लागि आफै फिल्डमा खटिनुभएका अधिकारीले हाल ५ वटा गाविसका मानिसहरुको आखाँ परिक्षण गर्दा छाप्रे गाविस वडा नं. २ का २ जना बालबालिकामा ट्रकोमा भेटिएको र प्राय अन्य आखा पाक्ने, आसु आउने, मोतीविन्दु भएका जस्ता विरामीहरु भेटिएका अधिकारीले बताउनु भएको छ ।

यहि चैत्र १५ गते देखि संचालन भएको यो अभियान जिल्लाका अन्य मान्म, लालु, रुप्सा, कोटवाडा, सिपखाना स्यूना फुकोट नानीकोट, धौलागोह, थिर्पू, राम्नाकोट लगायतका गाविसहरुमा २०७३ जेठ मसान्त सम्म संचालन हुने अधिकारीले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही