२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

घरघरमा गएर आखाँ परिक्षण गर्दै अधिकारी

२०७२, २२ चैत्र सोमबार ११:०४

aakha upacharदलसिंह गिरी/चैत २२, कालिकोट । आखाँ विरामीहरुका लागि मात्र उपचार गर्ने जिल्लाकै एकमात्र आखाँ उपचार केन्द्र जिल्ला आखाँ उपचार केन्द्रका इन्चार्ज डबल अधिकारीले आखाँ स्वास्थ्यलाई प्रभावकारी गराउन घरदैलो अभियान संचालन गर्नु भएको छ ।

नेपालभर मानिसको आखाँमा लाग्ने ट्रकोमा रोगको अवस्थाबारे सर्भेका लागि संचालित राष्ट्रिय अभियान अन्तर्गत जिल्लाभर ट्रकोमा विरामीको अवस्था बुझ्न घरदैलो अभियान संचालन गर्नु भएको हो ।

नमुना सर्भेका लागि छनोट गरिएका कालिकोटका २० वटा गाविसहरुमा यो अभियान संचालन गरिएको जिल्ला आखाँ उपचार केन्द्रका इन्चार्ज अधिकारीले बताउनु भएको छ ।

आखाँ उपचारकै शिलशिलामा हाल जिल्लाका ५ गाविस दाहाँ, पाँखा, छाप्रे, जुविथा र चिलखायामा आखा परिक्षण तथा उपचार गरिएको बताउनु भएको छ । गाविसका प्रत्यक वडामा प्रति वडा ३ सय देखि ४ सय विरामीहरुको आखाँ परिक्षण गरिएको अधिकारीले बताउनु भएको छ ।

ट्रकोमाको सर्भेका लागि विशेष गरी एक बर्ष देखि ९ बर्ष सम्मका बच्चा र १५ बर्ष देखि माथिका मानिसहरुको आखाँ परिक्षण गरिएको बताउनु भएको छ । आखाँ परिक्षणका लागि आफै फिल्डमा खटिनुभएका अधिकारीले हाल ५ वटा गाविसका मानिसहरुको आखाँ परिक्षण गर्दा छाप्रे गाविस वडा नं. २ का २ जना बालबालिकामा ट्रकोमा भेटिएको र प्राय अन्य आखा पाक्ने, आसु आउने, मोतीविन्दु भएका जस्ता विरामीहरु भेटिएका अधिकारीले बताउनु भएको छ ।

यहि चैत्र १५ गते देखि संचालन भएको यो अभियान जिल्लाका अन्य मान्म, लालु, रुप्सा, कोटवाडा, सिपखाना स्यूना फुकोट नानीकोट, धौलागोह, थिर्पू, राम्नाकोट लगायतका गाविसहरुमा २०७३ जेठ मसान्त सम्म संचालन हुने अधिकारीले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु