३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटमा चार बर्षमा दुइसय पक्कि सीचाई कुलाहरु निर्माण हुने

२२ चैत्र २०७२, सोमबार ११:३१

kalikotma kulaदलसिंह गिरी/चैत्र २२, कालीकोट । जिल्लाका बिभिन्न गाविसहरुमा चार बर्षमा दुइसय पक्कि सीचाई कुलाहरु निर्माण हुने भएका छन् ।

नेपाल सरकार र स्विस सरकारको आर्थीक तथा प्राबिधिक सहयोगमा कालीकोट जिल्लामा संचालीत साना सिंचाई कार्यक्रम एसआइपी द्धारा यी कुलाहरुको निर्माण हुने भएको हो ।

कूलो निर्माणका क्रममा सम्झौता पछि स्यूना गाविसको १ हजार, ४ सय, २८ मिटर लामो सान्तीघाट सिचाई कूलो १९ लाख, ७९ हजार, २७३ तथा १ लाख, ३१ हजार, ७५१ जनश्रमदानमा निर्माणको काम सूरु भएको छ ।

यो कूलोको निर्माण पश्चात १ सय २३ घरधुरीका स्थानीयवासी लाभान्वित हुने भएकाछन् । यसैगरी स्यूना गाविसकै औलसेन सिचाई कूलोको पनि निर्माण कार्य सुरुभएको छ । १७ सय ३६ मिटर लामो कूलो निर्माण भएपछि २४ हेक्टर जग्गा सिचाई हुने र यस कूलोबाट ९२ घरधुरीका स्थानीयवासी लाभान्बित हुने भएकाछन् ।

कूलो निर्माण कार्य सम्पन्न गर्न ४२ लाख, ८९ हजार तथा २ लाख ७९ हजार जनश्रमदानबाट खर्चिने जनाइएको छ । यसैगरी रापानी सिचाई कूलो मुम्राको निर्माण कार्य सम्पन्न भएपछि वडा नं. ४ देखी ९ सम्मका ६५ घर धुरीका स्थानियवासी लाभान्बित हुने भएका छन् ।

३२ लाख, १ हजार, १०७ तथा स्थानियको २ लाख, १३ हजार, २०७ रुपैया जनश्रमदानबाट ११ सय १४ मिटर लामो कूलो निर्माण भएपछि १७ हेक्टर जग्गा सिंचित हुने भएको छ ।

एसआइपीका सब इन्जिनियर कमल रावले दिएको जानकारी अनुसार ४ बर्ष भित्र जिल्लाका बिभिन्न गाविसमा २ सय बढि पक्कि कूलोको निर्माण गर्ने अभियानमा लागेकाछौ, यसमा सबैले गुणस्तरीय कामका लागि पहल गर्न जरुरी छ ।

यसैगरी भर्ताको छाती, कालीकाको समलागाँउमा पनि यस्तै सिचाइ कूलोको निर्माण कार्य आरम्भ गरीएको जनाइएको सबइन्जिनियर रावलले बताउनु भएकोछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही