३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

स्वास्थ्य सम्बन्धि मात्र बर्षमा २१ बढी दिवस

२५ चैत्र २०७२, बिहीबार १३:४६

दलसि‌ंह गिरी/ चैत  २५ कालिकाेट । मानव विकास सुचकांश संगै मानिसको स्वास्थ्य सूरक्षाबारे विश्वमा विभिन्न दिवशहरु मनाउने गरिएको छ । मानव जीवनमा हुने हरेक असाधारण घटनाहरु बाट बच्न र ति घटनाहरुबारे समुदायलाई सुसूचित गराउन स्वास्थ्य सम्बन्धि विभिन्न दिवशहरु मनाउने गरिएको छ । यसै स्वास्थ्य दिवशकै शिलशिलामा आज अप्रिल ७ अर्थात विश्व स्वास्थ्य दिवस, नेपालभर झै कालिकोटमा पनि एक रयाली कार्यक्रमको आयोजना गरी मनाईएको छ । मधुमेह रोग रोकथाम समयमा उपचार आफ्नो नियन्त्रणमा राखौं भन्ने मूल नाराका साथ रयाली सहित जिल्ला सदरमुकाम मान्म बजार परिक्रमा सहित कोण सभाको आयोजना गरी मनाईएको हो ।
health diwos - kalikot

बिश्वमै झागिदै गएकाे मधुमेहराेगलाइ मुख्य बिषय बस्तु मनाएर मनाइएकाे याे दिवश कालिकाेट जिल्ला स्वास्थ्य कार्यालयको आयोजना किर्डाक नेपाल, गोभरनेन्स फ्यासिलीटीको सहयोगमा संचालित र्यालीको कोण सभामा बोल्दै प्रमुख जिल्ला अधिकारी प्रदिपश्रेष्ठले मानिसको मानसिक तथा शारीरिक स्वास्थ्य बारेमा जनचेतना जगाउन र बढ्दो स्वास्थ्य समस्या रोकथामका लागि यो विश्व स्वास्थ्य दिवश हरेक बर्ष मनाईने गरेको बताउनु भएको छ ।

बढ्दो बेरोजगारी अव्यवस्थित जीवन शैली, मानसिक तनाव, असामान्य ल्वाई ख्वाईका कारण मानिसमा लाग्ने विभिन्न खालका रोगका कारण नेपालमा वर्षेनी रोगीको संख्या बढिरहेको बताउदै मानव स्वास्थ्य बारे समुदायलाई जागृत गराउन यो अभियान थालिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शंकर लोहलाले बताउनु भएको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार नेपालमा हाल करिब २५ लाख मानिसलाई कुनै न कुनै किसिमको मानसिक समस्या छ भने करिब ३ लाख नेपालीमा कडा खालको मानसिक रोग रहेका छन् । समाजमा हुने गरेको स्वास्थ्य प्रतिको हेलचेक्रयाई र उचित उपचारको अभावमा रोगीहरुको मृत्युदर धेरै रहेको चिकित्सकहरु बताउ छन् ।

स्वास्थ्य सम्बन्धी बिश्व दिवसहरू
१. विश्व कुष्ठरोग दिवस –– जनवरी महिनाको अन्तिम आइतवार
२. विश्व अबुर्द रोग दिवस –– फेब्रुअरी ४
३. विश्व पानी दिवस –– मार्च २२
४. विश्व क्षयरोग दिवस –– मार्च २४
५. विश्व स्वास्थ्य दिवस –– अप्रिल ७
६. विश्व दम दिवस –– मे ३
७. विश्व मातृत्व दिवस/अन्तर्राष्ट्रिय रेडक्रस दिवस –– मे ८
८. अन्तर्राष्ट्रिय नर्स दिवस –– मे १२
९. अन्तर्राष्ट्रिय परिवार दिवस –– मे १५
१०. विश्व धुम्रपानरहित दिवस –– मे ३१
११. विश्व वातावरण दिवस –– जुन ५
१२. विश्व रक्तदान दिवस –– जुन १४
१३. विश्व जनसंख्या दिवस –– जुलाइ ११
१४. विश्व मुटु रोग दिवस –– सेप्टेम्बर ३०
१५. विश्व मानसिक स्बास्थ्य दिवस –– अक्टोबर १२
१६. विश्व दृष्टि दिवस –– अक्टोबर १२
१७. विश्व खाध्य दिवस –– अक्टोबर १६
१८. विश्व खोप दिवस –– नोभेम्बर १०
१९. विश्व मधुमेह दिवस –– नोभेम्बर १४
२०. विश्व एड्स दिवस –– डिसेम्बर १
२१. विश्व अपाङ्ग दिवस –– डिसेम्बर ३

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति