२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

डोल्पा जलवायू परिपर्तनको उच्च जोखिमको सुचिमा

२१ कार्तिक २०७४, मंगलवार ११:४२

टेक शाही/कात्तिक २१, डोल्पा । डोल्पा जिल्ला जलवायू परिवर्तनको उच्च जोखिमको सुचिमा रहेको छ । 

नेपाल जलवाय्र परिवर्तन सहयोग कार्यक्रम (लापा) ले यस्तो तथ्याङ्क सार्वजानिक गरेको हो । राष्ट्रिय अनुकुलन कार्यक्रम अनुसार डोल्पा जलवायू परिवर्तनको उच्च जोखिममा रहेको लापाले जानकारि दिएको छ । 


नेपाल जलवायू परिवर्तन सहयोग कार्यक्रमले डोल्पा जिल्लामा सन २०१३ देखि जलवायू परिवर्तन सम्बन्धी जनचेतना मूलक काम गरि रहेको छ । डोल्पा जिल्लाका जनप्रतिनिधिलाइ जलवायू परिवर्तनले पार्ने प्रभाब र आगामि दिनमा स्थानिय स्तरबाट कसरि जलवायू परिवर्तनमा पर्ने असर क मगर्न सकिन्छ भन्ने बिषयमा २ दिने अभिमूखिकरण गरिएको लापा कार्यक्रमका जिल्ला सँयोजक सन्तोष खनालले जानकारि दिए । उनले भने डोल्पा उच्च जोखिममा छ तर स्थानिय स्तरमा पहल भयो र मुलप्रबाहि करणमा ल्याउन सके जोखिम न्यूनिकरण गर्न सकिने बताए । 

दैनिकक पढ्दो पृथ्बिको तापमनले जलबायु परिवर्तनमा ठुलो प्रभाब पारेको र बेलैमा नँसोच र लागि नपरे भयाबह अबस्था ब्होरनु पर्ने ठुली भरि नगरपालिकाका प्रमूख गणेश बहादुर शाहीले बताए । उनले भने स्थानिय सरकारको निमार्ण भएको अबस्थामा जलवायु परिवर्तन न्यूनिकरणका क्रियाकलाप पहिलो प्रथामिकतामा रहने बताए । 


जिल्लाका ४० जना भन्दा धेरै जनप्रतिनिधिको उपस्थितिमा रहेको कार्यक्रममा डोल्पा जलवायु परिवर्तनको ठुलो असर भित्र पर्ने हिमाली जिल्ला भएको ठुलीभेरि नगरपालिकाका कार्यकारि अधिकृत गोबिन्द सुनारले जानकारि गराएका थिए । उनका अनुसार जलवायु परिवर्तन दैनिक भै रहेको र पृथ्बिको तापमान बृद्धिले मानिसमा समेत यस्को प्रभाब ठुलो पर्ने भएकोले समयमा नै सचेत रहन आग्र गरे । 

लापा कार्यक्रमले डोल्पा जिल्लामा पहिलो चरणको कार्यक्रममा साबिका काईगाँउ,लिकु,रह,लावण र शहरतारा गाविसमा वलवायु परिवर्तनका जनचेतनामूलक कार्यक्रम गरेको जिल्ला सँयोजक सन्तोष खनालले जानकारि दिए । उनले भने सन २०१३ देखि २०१७ सम्म पहिलो चरणमा स्थानिय स्तरमा स्वास्थ्य सम्बन्धी कार्यक्रम,स्वास्थ्यका सामाग्रीहरु,सुधारिएका घट्ट निर्माण,सुधारिएका फलामे चुलो बितरण,सिचाइका नहर सुधार,बृक्षा रोपन,निजी नर्सरि निर्माण जस्ता काम गरेको बताए । 


करोडौ रकमको लगानिमा जलवायू परिवर्तनका काम पहिलो चरणमा भए पनि डोल्पा जिल्ला जलवायु परिवर्तनको उच्च जोखिममा रहेको छ । अब दोस्रो चरणको कार्यक्रम पनि तत्काल लागु हुने नेपाल जलवायू परिवर्तन सहयोग कार्यक्रम लापाले जानकारि दिएको छ । 

भौगोलिक रुपमा ठुलो र कम जनसँख्या रहेको डोल्पा जिल्लामा जलवायू परिवर्तनको असर पर्नुमा अस्वभाबिक नभएको बुद्धिजीवीहरुको भनाइ रहेको छ । जँगल थोरै र कडा चट्टानका साथै उच्च पहाडहरुले घेरिको जिल्लामा हरितगृह पनि कम रहेको र जलवायु परिवर्तनको प्रभाब धेरै परेको स्थानियहरुको बनाइ रहेको छ । स्थानिय अगुवाहरु भन्छन अब हरेक स्थानिय निकाय र हरेक नागरिकले हरितगृह उत्पादन गर्नु पर्ने बताउछन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य