२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

घरायसी खाद्यन्न उत्पादनका लागी प्रशिक्षक प्रशिक्षण

१९ भाद्र २०७२, शनिबार ०७:३७

सपना कवर/भाद्र १९, सल्यान । सुआहारा कार्यक्रम अन्र्तरगत घरायसी खाद्यन्न उत्पादन सम्वन्धी ६ दिने जिल्ला स्तरिय प्रशिक्षक प्रशिक्षण आज सल्यानको श्रीनगरमा सम्पन्न भएको छ ।

तालिममा जिल्लामा कृषि क्षेत्रको झलक र साझा चुनौंतिहरु, जिल्लामा पशुपालनको अवस्था र साझा चुनौतिहरु, कुपोषण र खाद्यान्नमा आधारित रणनीतिहरू, घरायसी खाद्यन्न उत्पादन, घरायसी खाद्यान्न उत्पादनका लागि आवश्यक कार्यहरु, सिफारिस कुखुराका जातहरू, वगैचा नक्सांकन, स्थानीय स्तरमा उपलब्ध स्रोत र साधनबाट घरायसी बालीहरुको रोग कीरा व्यवस्थापन, नर्सरी व्यवस्थापनका विषयमा तालिम प्रदान गरिएको थियो ।

यस्तै सस्तो तथा सुलभ सिंचाई व्यवस्थापन, गुणस्तरिय बीउ उत्पादन, कुखरापालनको लागि आवश्यक उन्नत व्यवस्थापन अभ्यास, स्थानीय स्तरमा दाना तयारी कुखुराका मुख्यमुख्य रोगको रोकथाम तथा नियन्त्रण, प्रजनन रणनीति, घरायसी खाद्यान्न उत्पादनमा लैङ्गिक सबाल, ग्रामिण नमुना र्फम अवधारणा, स्थानीयस्तरका सेवाप्रदायक सँगको सम्बन्धतथा समन्वय लगायतका विषयमा प्रशिक्षण दिइएको थियो ।

भदौ १४ गते देखि ६ दिन सम्म चलेको तालिममा जिल्ला कृषि विकास कार्यालय सल्यानका वरिष्ठ कृषि विकास अधिकृत टेक प्रसाद लुईटेल, वालि संरक्षण अधिकृत सुरेन्द्र सुवेदी, कृषि प्रसार अधिकृत नवराज श्रेष्ठ, जिल्ला स्वास्थ्य कार्यालय सल्यानका जनस्वास्थ्य निरीक्षक अरुण दाहाल, सुआहारा नेपालगंजका कृषि संयोजक गोविन्द राज सेढाई, अर्जुन श्रेष्ठ, जिल्ला शिक्षा कार्यालय सल्यानका विद्यालय निरीक्षक महेन्द्र पराजुली, जिल्ला पशु सेवा कार्यालय सल्यानका पशु विकास अधिकृत सुवर्ण सिंह ठकुरी लगायतले प्रशिक्षण दिनुभएको थियो ।

जिल्ला कृषि विकास कार्यालय सल्यानका कृषि प्रसार अधिकृत नवराज श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रशिक्षक अर्जुन श्रेष्ठ, दलित विकास समाज सल्यानका सचिव लोक बहादुर विक, सुआहारा कार्यालय सल्यानकी अत्यावश्यक सरसफाई कार्य जिल्ला सुपरभाइजर धनसरा विक लगायतले वोल्नुभएको थियो भने जिल्ला शिक्षा कार्यालय सल्यानका विद्यालय निरक्षक महेन्द्र पराजुली, सुआहारा कार्यालय सल्यानका लेखा अधिकृत दिनेश ओझा लगायतको सहभागिता रहेको थियो ।

तालिममा जिल्ला कृषि विकास कार्यालय सल्यान, जिल्ला पशु सेवा कार्यालय सल्यान र दलित विकास समाज सल्यान अन्र्तरगत सुआहारा कार्यक्रममा कार्यरत फिल्ड सुपरभाइजर गरी २५ बढिको सहभागिता रहेको थियो । समापन कार्यक्रमको संचालन डिडियस सल्यान अन्र्तरगत सुआहारा कार्यक्रमका फिल्ड संयोजक पुरुषोत्तम गिरीले गर्नुभएको थियो ।

तालिम प्राप्त प्रशिक्षकहरुले जिल्लाका ११ गाविसमा रहेका ९९ जना अगुवा कृषकहरुलाई तालिम प्रदान गर्नेछन्

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता