नन्दराम जैशी, कार्तिक २८ जुम्ला । निशुल्क आँखा शिविरका अवसरमा जुम्लाका ८१ जना जेष्ठ नागरीकलाई कम्बल र कपडा बितरण गरीएको छ । 

सोमबार सम्पन्न भएको ३२ औ आँखा शिविरका अवसरमा आँखाको शल्यक्रिया गरेका २१ जना जेष्ठ नागरीकलाई कम्बल बितरण गरीएको छ ।  ६० जना बिरामिलाई कपड"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी, कार्तिक २८ जुम्ला । निशुल्क आँखा शिविरका अवसरमा जुम्लाका ८१ जना जेष्ठ नागरीकलाई कम्बल र कपडा बितरण गरीएको छ । 

सोमबार सम्पन्न भएको ३२ औ आँखा शिविरका अवसरमा आँखाको शल्यक्रिया गरेका २१ जना जेष्ठ नागरीकलाई कम्बल बितरण गरीएको छ ।  ६० जना बिरामिलाई कपड"/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

निशुल्क आँखा शिविरमा जेष्ठ नागरीकलाई कम्बल र कपडा बितरण

२८ कार्तिक २०७४, मंगलवार ०३:३०

नन्दराम जैशी, कार्तिक २८ जुम्ला । निशुल्क आँखा शिविरका अवसरमा जुम्लाका ८१ जना जेष्ठ नागरीकलाई कम्बल र कपडा बितरण गरीएको छ । 

सोमबार सम्पन्न भएको ३२ औ आँखा शिविरका अवसरमा आँखाको शल्यक्रिया गरेका २१ जना जेष्ठ नागरीकलाई कम्बल बितरण गरीएको छ ।  ६० जना बिरामिलाई कपडा वितरण गरीएको हो । हिमालयन आँखा अस्पतालको आयोजना तथा नेपाल सरकार, स्वास्थ्य मन्त्रालय  र नेपाल नेत्र ज्योती संघ शाखा जुम्लाको सहयोग र समन्वयमा सम्पन्न भएको आँखा शिविरमा सत्य साईभजन समुह जुम्लाले जेष्ठ नागरीकलाई कम्बल बितरण गरेको छ । 


लायन्स क्लबको सहयोगमा ६० जना बिरामिलाई कपडा वितरण गरीएको छ । माइनस डिग्रीमा पुगेको चिसोलाई मध्यनजर गर्दै जेष्ठ नागरीकको सेवाका लागि कम्बल बितरण गरीएको सत्य साईभजन समुहकि अध्यक्ष बिणा क्षेष्ठले बताउनुभयो । 

दान पेटिकामा जम्मा भएको सानो रकममा केहि रकम थपेर सेवाका लागि जेष्ठ नागरीकलाई एक एक वटा कम्बल दिइएको छ । कम्बल पाएपछि खुसि ब्यक्त गर्दै तातोपानि गाँउपालिका बाईराँकाका ६० बर्षिय जेष्ठ नागरीक हिरामनि नेपालिले चिसोबाट सुरक्षित रहन टेवा पुग्ने बताउनुभयो । 

तिला गाँउपालिका घोडेमहादेबकि बृद्ध तेउरी रोकायाले भन्नुभयो, घरको आर्थिक अवस्था नाजुक छ । आर्थिक अवस्था कमजोर भएकै कारण समयमै आँखाको उपचार गर्न पाएको थिएन । 

तर यो पटकको निशुल्क आँखा शिविरमा आँउदा आँखाको उपचारसँगै कम्बल पनि सितैमा पाएँ भन्दै खुसि ब्यक्त गर्नुभयो । यस्तै तातोपानि गाँउपालिका २ बाबिराका बिष्णु बहादुर बुढाले कम्बल पाएकोमा राहातको महशुस गर्नुभएको छ । 

उहाले भन्नुभयो, हामिजस्ता आर्थिक अवस्था कमजोर भएका बृद्धहरुलाई थौरै भएपनि भौतिक सामानको खाँचो हुन्छ । घरका परिवारसँग भन्न सकिदैन । त्यसैमा पनि माइनसमा झरेको तापक्रमले बृद्ध बृद्धालाई सारै समस्या गरेको छ । 


यस्तो अवस्थामा कम्बल पाउनु खुसिको कुरा भएको बृद्ध बिष्णु बहादुर बुढाको भनाइ छ । चन्दननाथ नगरपालिका जुम्लाकि मेयर कान्तीका सेजुवालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको शिविरका अवसरमा जुम्लाका ७ सय ९७ जना आँखाका बिरामिले सेवा लिएका छन् । जसमध्य १ सय ७६ जना बिरामिको आँखा शल्यक्रिया गरीएको नेत्र ज्योति सघँ शाखा जु्म्लाका सभापती धन बहादुर बस्नेतले बताउनुभयो । 

उहाले भन्नुभयो, ग्रामिण भेगका आर्थिक अवस्था कमजोर भएका आँखा रोगिलाई मध्यनजर गर्दै हरेक बर्ष शिविर संचालन हुन्छ । जस अनुसार यस बर्षपनि शिविर भब्य रुपमा सम्पन्नभयो । शिविरका अवसरमा बिरामिलाई खाना, नास्ता लगाएत विभिन्न कुरामा सहयोग गर्ने सबै दाताप्रति सभापती धन बहादुर बस्नेतले धन्यबाद ब्यक्त गर्नुभयो ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा