२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानमा ६०औं प्रहरी दिवस मनाइयो

३० आश्विन २०७२, शनिबार ०५:१८

असोज ३०, सल्यान । सहायक प्रमुख जिल्ला अधिकारी रमेश पाण्डेले प्रहरीसंग सबैको समन्वय हुनुपर्ने बताएका छन ।

नेपालका प्रहरी वर्दी सहितका नागरिक हुन तर आम नागरिक वर्दि विनाका प्रहरी हुन भन्ने मान्यतााई सबैले बुझेर प्रहरीको कामलाई सबैले सहयोग गर्नुपर्ने भन्दै उनले त्यसकालागि सबैलाई चेतना हुनुपर्ने बताएका हुन ।

६० औं प्रहरी दिवशका अवसरमा जिल्ला प्रहरी कार्यालय सल्यानमा भएको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै निमित्त प्रमुख जिल्ला अधिकारीको काम सम्हालेका उनले यस्तो बताएका हुन ।

दिवशका अवसरमा प्रहरी नायव उपरिक्षक भोला बहादुर रावलले समाज रहेसम्म प्रहरी रहने र प्रहरीको विकल्पमा मात्र प्रहरी हुने बताएका थिए । विधिको शाषणबाट निर्देशित ६० बर्षे इतिहास बोकेको नेपाल प्रहरी जनताको सुरक्षामा सदैव लागिरहने बताएका थिए ।

कार्यक्रममा सुरक्षा सम्झौता विहिन विषय भएकाले नागरिक सेवामा कुनै स्वार्थ, पुर्वाग्रह र विलम्ब हुन नहुने कुराको जानकारी गराइएको थियो ।
कार्यक्रममा एक बर्षको अवधिका राम्रो गर्ने प्रहरीका विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको जनाइएको थियो । सम्मान हुनेहरुमा प्रहरी नायव निरिक्षक प्रकाश खड्का, प्रहरी हवल्दारहरु जयराम सुनार, दयाराम सुनार, नमराज थापा मगर, दुर्गा घर्ती, प्रहरी जवानहरु गोपाल बोहरा, ओम बहादुर बुढा, भद्र बहादुर वि.क., कविराज कडेल रहेका छन ।

प्रहरी निरिक्षक विनोद खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन प्रहरी निरिक्षक सुरेश गौतमले गरेका थिए भने कार्यक्रममा प्रहरी संगठन प्रमुखले ६० औ प्रहरी दिवशका अवसरमा दिएको शुभकामना मन्तव्यको बाचन प्रहरी नायव निरिक्षक गणेश थापाले गरेका थिए ।

मल्लकाल देखि राजामहाराजाको सुरक्षा गर्ने गरि बनाइएको फौजी संगठनलाई २०१२ असोज ३० देखि प्रहरी ऐनले बैधानिक रुप दिएको दिनलाई प्रहरी दिवसको रुपमा मनाउदै आइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु