२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरामा देउसी-भैलो खेलेको रकमबाट बाढी पीडितलाई न्यानो कपडा वितरण

२०७४, २ मंसिर शनिबार ०४:२१

मङ्सिर १, पोखरा । बाढी पहिरोले क्षती पुरयाएको माछापुछ्रे गाउँपालिका वडानम्बर ५ रिबान हुम्दी डाँडागाउँ, पाथेबस्ती, खरेखोलाका पिडितहरुलाई निर्देशक तथा कलाकारहरुको समूहले देउसी-भैलोबाट रकम संकलन गरि न्यानो कपडा वितरण गरेको छ । 

हालसम्म बस्ने बास, न्यानो कपडा र ओढने नभएको बेला पुजा फिल्म्स्, र डिजिटल चौतारी मिडिया प्रा.लि.का निर्देशक साथै हाँस्य-टेलिसिरियल पुर्पुरोका निर्देशक कुशलभ के.सी. र सो कम्पनीका सह-निर्देशक शिशिर अधिकारी र सम्पुर्ण कलाकार टिमबाट एकलाख बराबरको न्यानो कपडा वितरण गरेको हो ।


“कलाकारहरुले देउसी- भैलो गरेर बाढी पहिरो पीडितलाई सहयोग गर्ने भने पनी देउसी भैलो कार्यक्रम गर्दा धेरैजसो मान्छेले सहयोग नगरेको, आफ्नै टिमले पनि पारिश्रमिक माग्ने र बिचैमा छोड्ने गरेको” निर्देशक कुशलभ के.सि.ले बताउनुभयो । 

“साथीहरूको असहयोगकै कारण रात दिन खट्दा पनि भने जस्तो रकम न उठदा आफुले नै खटेर केहि रकम उठाएको र उठेको रकममा आफुहरुबाट उठाएर जाडोको लागी पीडितहरुलाई सहयोग स्वरूप ज्याकेट, ब्ल्याङ्केट र विभिन्न प्रकारको कपडा बाँडेर आफुले चालेको अभियान सफल बनाएको कुरा सह-निर्देशक शिशिर अधिकारीले व्यक्त गर्नुभयो ।

यस पवित्र कार्यमा सुरुदेखि अन्त्य सम्म साथ दिने व्यक्तिहरु शिशिर अधिकारी, दिपक थापा, धनु मगर, लक्षुमण ढुङ्गाना, क्षेत्र बहादुर नेपाली, मिन पुन, अस्मिता थापा, सिर्जना भुजेल्, दिप्सन र अन्य सम्पुर्णलाई निर्देशक कुशलभ के.सी. र शिशिर अधिकारीले धन्यवाद व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ?