१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्लाका विद्यार्थि मतदाता जागरण अभियानमा जुटे

४ मंसिर २०७४, सोमबार १५:१९

नन्दराम जैशी/मंसिर ४, जुम्ला । जुम्लाका विद्यार्थिहरु मतदाता जागरण अभियानमा जुटेका छन् । 

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा किन र कस्तो उम्मेदवारलाई मतदान गर्ने भन्नेबारे मतदाताहरुलाई जानकारी दिदै विद्यार्थिहरु मतदाता जागरण अभियानमा जुटेका हुन् । 

प्राज्ञिक विद्यार्थि परिषद नेपाल, जुम्ला बहुमुखी क्याम्पस जुम्लाका विद्यार्थिहरुले अभियान अन्र्तगत मतदाताहरुलाई किन र कस्तो उम्मेदवार भोट दिने र भोट गर्ने सहि तरीका के हुन सक्छ भनेर अनौपचारीक रुपमा मतदातासँगको भेटघाटमा जानकारी दिन थालेका छन् ।


सोमबार जिल्ला प्रशासन कार्यालय अगाडि औपचारीक पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्राज्ञिक विद्यार्थि परिषद नेपाल, जुम्ला बहुमुखी क्याम्पस जुम्लाका छात्रा प्रमुख सारदा पछाँईले चुनाबमा योग्य र चरित्रवान ब्यक्तिको जित नै विकासको मुख्य आधार भएको भन्दै आसन्न निर्वाचनमा योग्य उम्मेदवारलाई चुन्दै विकास र समृद्धिको बाटोमा लाग्न आम मतदाताहरुलाई अनुरोध गर्नुभयो ।

उहाले भन्नुभयो, हरेक निकाय आ आफ्नो क्षेत्रबाट जुटेर निर्वाचनलाई शान्त, मर्यादीत र भयरहित बाताबरणमा सम्पन्न गर्न भुमिका खेलौ । अमुल्य मतको सहि सदुपयोग गर्दै हाम्रो भन्दा राम्रो ब्यक्तिलाई निर्वाचनमा विजयि गराउँन उहाँले भनुरोध गर्नुभययो । 

राजनितिलाई घृणा र गालि गर्नुभन्दा योग्य र इमान्दार नेतृत्व चयनमा आम युवा तथा विद्यार्थिहरु सक्रिय हुनुपर्ने छात्रा प्रमुख सारदा पछाँईको भनाइ छ ।

पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्राज्ञिक विद्यार्थि परिषद नेपाल, जुम्लाका अध्यक्ष धिरेन्द्र काफ्लेले सबै मतदाताहरुलाई आफ्नो मताधिकारको अनिवार्य प्रयोग गर्न अनुरोध गर्दै सामाजिक स्तरमा चुनाबको महत्व र आवाश्यकताका बिषयमा मतदातालाई सु सुचित बनाउन स्वयंवसेवक र संचार माध्ययमले प्रभावकारी भुमिका खेल्नुपर्ने बताउनुभयो ।


एक दल, एक सिद्धान्त, र एक संस्थालाई बलियो बनाउन होइन, जनतालाई बलियो बनाउने लोकतन्त्रको रक्षा गर्न र संस्थागत गर्न योग्य उम्मेदवारर्ला मतदान गर्नुपर्ने उहाँको भनाइ छ ।

उहाले भन्नुभयो, प्राज्ञिक विद्यार्थि परिषद नेपाल कुनै दल र दाताबाट गठन भएको होइन । यो विशुद्ध नेपालि विद्यार्थि र शिक्षकहरुको साझा संगठन हो । यसले दिएको निर्वाचन विशेष जानकारी र मतदाता जागरण अभियानलाई सबैले आत्मसाथ गर्नुपर्ने अध्यक्ष धिरेन्द्र काफ्लेले बताउनुभयो । 

पत्रकार भेटघाट कार्यक्रममा जिल्ला स्थीत विभिन्न संचार माध्यमहरुमा कार्यरत संचारकर्मि पत्रकारहरुको सहभागिता रहेको थियो ।     


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी